सेर वहादुर भण्डारी अध्यक्ष उर्लावारी उद्योग वाणीज्य संघ मोरङ्ग
मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा उर्लावारी उद्योग वाणीज्य संघ मोरङ्ग का अध्यक्ष सेर बहादुर भण्डारी संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः स्वागत छ दाई याहाँलाई परिवर्तन खबर डट कम मा ?
उत्तरः धन्यवाद, नमस्कार ।
प्रश्नः मुलुकमा छाएको आर्थिक तरलता ले उर्लावारीको व्यापार व्यावसायमा कस्तो प्रभाव पारेको छ ?
उत्तरः व्यावसाय राम्रो छैंन, क्रय बिक्रय न्युन छ । बैंक तथा वित्तिय संस्थाको दवाव त्यतिकै छ , कोरोना पछिको आर्थिक संकटले कुनै पनि व्यापार व्यावसाय माथि उठ्न सकिरहेको छैन । अब यो ४÷५ वर्षको अवधिमा व्यापार व्यावसाय बढ्नु पर्नेमा सबै व्यावसायहरु धरासायी बनेर गीर्दो अवश्थामा गएको छ । व्यावासायीहरु व्यावसाय छोड्ने, ठाउँ छोडेर हिंड्ने, सामाजिक मानमर्दन सहन नसकेर आत्मादाह गर्ने, आत्माहत्या गर्ने । यस्तो अवश्था सिर्जना भएको छ । अब यस्ता किसिमका घटना भइरहँदा खेरी राज्यको तर्फबाट किन यस्तो भयो । यसबाट आफ्ना नागरीकलाई कसरी सुरक्षित बनाउने । आर्थिक सम्उन्नती गराउनको निम्ति के गर्ने भन्ने कुरा व्यावसायी सम्म तल झरेर बुझ्ने र चासो लिने बुझ्ने काम राज्यको तर्फबाट छैन, र त्यस्तो संकेत सम्म देखा परेको छैन । त्यस कारण व्यावासायीहरु आज दिन गयो भरे रात हुन्छ तर भोली के होला ? भन्न सक्ने स्थिति छैन ।
प्रश्नः अब यो व्यावसायीहरुको संकट र समस्याको समाधान के के हुन सक्ला भन्ने लाग्छ याहाँलाई ?
उत्तरः एउटा त राज्यले लिनुपर्ने जिम्मेवारी पटक्कै छैन । सरकारको स्थिरता पनि छैन । सरकारमा रहेका राजनैतिक पार्टिहरुले आफ्नो कुर्सि जोगाउने खेल देखि अरु कुरामा बहाँहरुको चासो चिन्ता देखिदैन । आम नागरिकहरुको चर्को आवाजको रुपमा चाहिं देखा परिराखेको छ र प्रजातन्त्र पछि गणतन्त्र आयो नेपाली जनताको अपेक्षाको सिमांकन हेर्ने हो भने एक इन्च पनि माथि बढेको अवश्था छैन सबै गीर्दो अवश्था छ । अब साँच्चै भन्ने हो भने मुलुक नागरीकहरु बस्न लाएकको रहेन । युवाहरु त वैदेशिक रोजगारको वहानामा पलायन भए भए अरु नागरिकले पनि बस्न योग्य अवश्था रहेन । नेताहरु यहिँ रोजगार श्रृजना गरेर युवाहरुलाई देशमै रोकेर राख्ने भन्दा विदेश पठाएर रेमिटेन्स आए देखि हामीलाई सजिलो हुन्थ्यो भन्ने चाहन्छन भन्नेकुरा अघोषित रुपमा बुझिन्छ । राज्यको गतिविधिबाटै प्रमाणीत हुन्छ, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा गैर कानुनी काम राज्य आफै गर्दैछ भनेपछि राज्य सत्तामा भएकाहरु नागरीक प्रति कति जिम्मेवार देखिन्छ प्रमाण यहि हो । लगातार मिडियाबाट आइ रहेका खबरले पनि व्यावसायी मात्र होइन समाज र समुदायका मानिसहरु पनि राज्यसंग निरास छन । मुलुकको यो अवश्थाले व्यावसायीहरु चिन्तित र सुस्ताएको अवश्था छ, यो अवश्थाले व्यावसाय घटेको छ कारोबार घटेको छ । मुनाफा घटेको छ । बैंकको ऋण तिर्न नसक्ने, किस्ता तिर्न नसक्ने, व्याज तिर्न नसक्ने भएकाले बैंकले पनि व्यावसायीको धितो (सम्पती) कालोसुचिमा राख्ने । लिलाम गर्ने र तिन पुस्ता सम्म केहि गर्न नसक्ने बनाइदिने भनेर बैंक, वित्तिय संस्था र सहकारीहरुले पटक पटक सुनाइ रहेका छन् । अहिले दोकानमा बस्ने अवश्था छैन, वस्यो भने बैंकको मान्छे आएर खोइ तपाइको किस्ता समयमा अएन भन्ने किच किच गर्ने थर्काउने गर्छन, किन तपाईहरुको यस्तो अवश्था आयो, यसमा हामीले के गर्न सक्छौं, के गर्दा सहज हुन्छ भन्नुको सट्टा व्यावसायीलाई उल्टै हतोत्साहि बनाउने काम भइरहेको छ ।
प्रश्नः भने पछि सरकार र बैंक तथा वित्तिय संस्थाहरु व्यापसायीलाई उँभो लगाउने पट्टी अहिले सम्म लागेका छैनन् ?
उत्तरः छैनन् ।
प्रश्नः दाइ अब सरकारले के गरिदियो भने व्यावसायीलाई सहज हुन सक्छ ?
उत्तरः सरकार पुर्ण रुपमा जिम्मेवार भएर आउनु पर्छ । जिम्मेवार भएर आइसके पछि याहाँ व्यावसायीले गरेको व्यावसायलाई प्रमोट गर्न को निम्ति बैंकिङ्ग क्षेत्रलाई सरलीकरण गर्नु पर्यो । बैंकबाट लिइएको ऋण, कर्जालाई अवघि बढाउने कुरामा मौद्रीक निति ल्याएर अगाडि बढ्नु पर्यो । उनिहरुलाई समय र मौका दिनु पर्यो र अर्को कुरो के छ भने नेपाल एउटा कृषिमा आधारीत उत्पादन क्षेत्र भएको हुँदा कृषिलाई सबै भन्दा धेरै उत्पादन बढाउने कुरामा सरकारले हदै सम्म सुविधा किसानहरुलाई दिएर कृषिलाइ अगाडी बढाउने हो भने कृषिमा आधारीत उद्योग धन्दाहरु जुन छन तिनले उत्पादन गरेका कुराहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग भयो भने किसानहरुले उत्पादन गरेको कुराको पनि मुल्य पाउने हुन्थ्यो र स्वरोजगार श्रृजनाहुने हुँदा युवाहरुले पनि यहिँ रोजगार पाउने हुँदा बैदिशिक रोजगारमा जाने संख्ख्यामा कटौति हुन्थ्यो ।
प्रश्नः अहिलेको अवश्थामा अर्थतन्त्र के भइदिए देखि चलाएमान हुन्थ्यो ?
उत्तरः अहिलेको अवश्थामा राज्यले चाहिँ अर्थतन्त्रको कुरामा पँुजीगत खर्च राज्यले अहिले सम्म बाहिर निकाल्न सकेको छैन । निर्माण क्षेत्र ठप्पै भएको छ । पुँजी परिचालन गर्न सकेको छैन । स्थानिय स्तरमा कर बढाउएर व्यापारी व्यावसायीलाई लाद्ने काम र ढाड सेक्ने काम मात्र भएको छ । जवकी व्यावसायीलाई आफ्नो रोजीरोटी चलाएर घर वहालकर तिर्न सकेका छैनन् । बैंकको किस्ता तिर्न सकेका छैनन् । यस्तो अवश्थामा राज्यका तर्फबाट जिम्मेवार ढंगले प्रश्तुत हुन सकेका छैनन् । अर्थतन्त्र चलाएमान भएको छैन ।
प्रश्नः दाई अब अन्त्यमा उद्योग वाणीज्य संघ उर्लावारीका तर्फबाट तरल अर्थतन्त्रलाई उकास्नको निम्ति सामुहिक सुझाव छोटोमा के छ याहाँ को ?
उत्तरः उर्लावारी उद्योग वाणीज्य संघले अर्थतन्त्र उकास्न व्यावसायलाई चलाएमान गर्नको निम्ति व्यावसायीले जुन संस्था संग कर्जा लिएर व्यावसाय गरेको छ । त्यो कर्जालाई सरलीकरण गर्नु पर्यो । ६ प्रतिशतमा सम्झौता गरेको ऋणको व्याज १७÷१८ प्रतिशत पुगेको छ । त्यसलाई घटाउनुपर्यो । निक्षेपमा राज्यले आफैँ नियन्त्रण गरेर व्याज घटाउनु पर्यो । कम्तिमा पनि त्यसो गर्ने हो भने जुन यो बैंकले लिने प्रिमियम छ । त्योघटाएर अगाडि बढाउनु पर्यो र यहाँ चाहिँ राज्यको तर्फबाट जति पनि गरिनु पर्ने पुंजीगत खर्च हो । त्यो पुंजीगत खर्च गरेर एक दम पारदर्शी ढंगले अगाडी बढाउनु पर्यो । हामी सबै जिम्मेवमर नागरिक हौ जिम्मेवार नागरिक भएकोले गर्दा हामी भावनात्मक र नैतिक ढंगले देश प्रति समर्पित हुनुपर्छ । हामीले काम गरे वापत मात्र खर्च गर्ने अन्य कुरामा लालयीत भएर जानु हुदैन भन्ने कुरामा जानु पर्छ । किनभने तल देखि माथि सम्म कमिशन खोरको जालो भ्रष्टचारको जालोले गर्दा सम्पुर्ण जनता र सबै क्षेत्रमा आहत पुगेको छ । यो कुरालाई नियन्त्रण गर्न राज्य नै खरो रुपमा उत्रिएर आउनु पर्छ । किन भने यसका विरुद्ध ठाउँ ठाउँमा अभियान र अभिन्ता उत्रन थालेका छन, भोली जनता सबै एकत्रित भएर ठुलो संख्यामा यसको विरुद्धमा निश्किए भने राज्यमा ठुलो दुर्घटना हुन सक्छ ।
प्रश्न हव्स दाई यो महत्वपुर्ण कुराकानीका निम्ति समय उपलब्ध गराइ दिनुभएकोमा याहाँलाई धेरै धेरै धन्यवाद ।
उत्तरः तपाइ र तपाइको मिडियालाई पनि धन्यवाद आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा र तपाइको मिडिया मार्फत गएको बडादशैं आउँदै गरेको शुभदिपावली, छठ, नेपाल सम्वत र उधौली उभौली पर्वको सबैमा शुभकामना दिन चाहन्छु ।