Pin It

जिवन पराजुली अध्यक्ष इटहरी उद्योग वाणीज्य संघ

मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा सुनसरी जिल्लाको इटहरी उप महानगर पालिका स्थित इटहरी उधोग बाणीज्य संघका अध्यक्ष जिवन पराजुली संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः जिवन सर हार्दिक स्वागत गर्न चाहन्छु परिवर्तन खबर डट कममा ।
उत्तरः हवस, नमस्ते


प्रश्नः सर अहिले आर्थिक तरलताले उद्योग वाणीज्यको क्षेत्रलाई असर पारेको र बजारमा किनबेच पनि न्युन रहेको भन्ने सुनिन्छ, इटहरीमा व्यापार व्यावसायको अवश्था कस्तो छ अहिले ?
उत्तरः इटहरीको हकमा मात्र होइन नेपालकै परिवेशमा आर्थिक मन्दि छाएको छ कोरोना पछि आर्थिक मन्दिले पैसाकै कारण धेरै कलकारखानाहरु बन्द भएको अवश्था छ । सन् २०१९ देखि सुरु भएको आर्थिक तरलताले अहिले २०२३ र अब २०२४ सम्म यो ४, ५ वर्षको अवधिमा पनि देशलाई कसरी आर्थिक मन्दिबाट बचाउने भन्ने सोच सरकारले राखेन, अर्थ मन्त्री जहिले पनि भाषणमा के भन्नु हुन्छ भने अर्थतन्त्र सुधारउन्मुख छ । अब सुध्रन्छ भन्नु हुन्छ तर प्रत्येक वर्ष चाँडै नै अर्थतन्त्र सुधारहुन्छ भन्नु हुन्छ तर व्यावहारीक रुपमा ग्रासरुटमा त्यो देखिदैंन । अब अहिले जेनतेन गरेर व्यावसायीहरुले व्याज तिर्ने अवश्था सम्म पुगेको छ । अब यो २०८० सालको दशैं, तिहार, छठ पछि धेरै कलकारखाना र धेरै व्यावसायहरु अब बन्द हुने अवश्थामा पुगीसकेका छन् । त्यसकारण एउटै के मात्र हो भने देखि यो बैंकको व्याजको कारणले गर्दा हो । जब सम्म यो राज्य सत्ताले बैंकको व्याजलाई वान डिजिटमा परिवर्तन गरेर लिएर आउन सक्दैन तब सम्म अर्थतन्त्र धरासायी रहि रहन्छ । व्यावसायीहरुमा अहिले यस्तो निराशापन छाएको छ । अब हामी मर्ने कि गर्ने अवश्थामा पुगी सकेका छौं ।
प्रश्नः व्यावसायीहरु त आत्माहत्या पनि गर्न थाली सक्नु भयो नी ?
उत्तरः आत्माहत्या त राज्य सत्ताले यसलाई सामान्य लिइसकेको छ । संतोष आचार्यको संसद भवन अगाडीको आत्मादाहा सुरुवात थियो । अहिले दिनमा ८, १० जना आत्माहत्या गरिरहनु भएको छ । सुचना पो हामीले पाएका छैनौं त ।
प्रश्नः जिवन सरको भनाईमा यो संवेदनसिल परिस्थिति संग राज्यलाई कुनै पनि मतलब छैन ?
उत्तरः वाहाँहरुलाई सत्तासंग मात्रै मतलब छ, कुर्सिसंग मात्रै मतलब छ । गठबन्धन संगमात्रै मतलब छ । व्यावसायीसंग मतलब छैन । व्यावसायीले कसरी कर तिरिराखेको छ संग मतलब छैन । व्यावसायीले कसरी धानि राखेको छ संग मतलब छैन । बैंकको व्याजहरु कसरी तिरि राखेको छ, संग बाहाँहरुलाई चासो छैन । त्यो कारणले गर्दा व्यावसायीहरु कि छाडेर जानु पर्ने स्थितिमा छ । छोडेर जाँदा पनि काहाँ जाने, अहिलेको परिस्थितिमा हेर्नुस नेपालमै केहि गर्छु भन्ने युवाहरु पनि पासपोर्ट पेश गरेर अहिले विदेश गइरहेका छन् ।
प्रश्नः सर यो निराशा पन बढदै गयो भने के होला ?
उत्तरः अब यहि स्थिति रह्यो भने अब यो देश के रहन्छ र । उद्योग कलकारखाना, व्यापार व्यावसाय सबै डुबेर देश आर्थिक रुपमा टाट उल्टीन्छ । धेरै समय लाग्दैन ।
प्रश्नः सरकारले यस्लाई सम्बोधन गरेन, अर्थतन्त्र पनि सुधारन्मुख बन्न सकेन भने देशको अर्थतन्त्र टाट उल्टीन कति समय लाग्ला ?
उत्तरः धेरै समय लाग्दैन । राज्य सत्ताले यसलाई परिवर्तन गर्न न सक्ने हो भने, व्यावसायीको मागलाई सम्बोधन गर्न नसक्ने हो भने, कलकारखाना यसरी नै बन्दहोस भन्ने तिर वाहाँहरु जानु भयो भने देखि यो धेरै वर्ष लाग्दैन । २÷४ वर्षमै यो देशको सबै टाट पल्टीने अवश्थामा छ । अब हेर्दै जानुस यो छ महिना एकवर्ष भित्र कुनै पनि व्यावसायीहरुले कर र बैंकको व्याज तिर्न सक्दैन, सबै बैंकहरुले सबैका सम्पति लीलाम गर्न वाहेक केहि पनि चल्दैन ।
प्रश्नः यस्तो भयावह स्थिति श्रृजना भएको देख्दा देख्दै पनि सरकारले वाश्ता के कारणले नगरेको होला ? के लाग्छ याहाँलाई ?
उत्तरः यसलाई सम्बोधन नगर्नुको कारण वाहाँहरु सत्ता र कुर्सि जोगाउने खेलकै कारण हो ।
प्रश्नः यसो नि जिवन सर तपाई वहाँहरु सत्ता र कुर्सिको खेलका कारणले यो विषयमा वाश्ता गरिरहनु भएको छैन भनेर आरोप लगाई रहनु भएको छ । भोली राष्ट्र आर्थिक रुपले टाट उल्टीयो भने वाहाँहरुको कुर्सि पनि त बाच्चदैन होइन र ? त्यो कुरा त वाहाँहरुले पनि बुझ्नुभएको होला नी ?
उत्तरः त्यो थाहा छ छैन मलाई जानकारी भएन, थाहा त किन नहुनु थाहा छ तर पनि जब सम्म हामी आर्थिक रुपले बलीयो हुदैनौं हामी अहिले यस्तो अवश्थामा गुज्री रहेका छौं, यत्रो आन्दोलनहरु भइरहेका छन । एउटा पक्षले आन्दोलन गरिरहेको छ भने हामी व्यावसायी आवाज उठाइ रहेका छौं बैंकको व्याज जुन प्रतिशतमा लिएको थियो अहिले १६ देखि १८ प्रतिशत भइरहेको छ । यसलाई सिंगल डिजिटमा ल्याउनुस घटाउनुस भनेका छौं ।
प्रश्नः अनि सरकार त हामीले व्याज घटाउदै छौं भन्छ नि त ?
उत्तरः मुखले भनेर मात्र हुन्छ त व्यावहारमा पो ल्याउन पर्यो त बढाउदा खेरी डबल बढाउने घटाउँदा चाहि १.०५ प्रतिशतमा घटाएर हुदैन नि त अहिलेको अवश्था कस्तो छ भने व्यापार घटेर २५ प्रतिशतमा आयो तर बैंकको व्याज २ गुना बढ्यो नि त त्यो कारणले गर्दा अहिलेको समय अनुकुलता छैंन सरकारको लागी पनि, व्यावसायी बचेन भने राज्य सत्ता बच्छ ?
प्रश्नः सुन्नुन । जिवन सर, खाली यो तरल अर्थतन्त्रको विषयमा आर्थिक संकट आइरहेको विषयमा तपाइ व्यावसायीहरु सरकार तिरै औंलो देखाएर आरोप मात्र लगाउनुहुन्छ नि ?
उत्तरः हामीले आरोप मात्र लगाएका छैनौं ।
प्रश्नः होइन अर्थतन्त्र उकास्ने जिम्मेवारी सरकारको मात्रै हो त ? व्यावसायीको केहि भुमिका सम्म छैन् ?
उत्तरः सरकारले गर्ने वातावरण त दिनु पर्यो नि । अब नचाँहिदो तरिकाले बैंकको व्याज चाँहि डबल बनाइ दिइ सके पछि कसरी तिछ , मसंग सिमित तिर्ने क्षमता थियो तर त्यसलाई डबल बनाइ दियो भने उदाहरणको लागी म ४० किलो भारी बोक्न सक्छु तर मलाई १०० किलोको भारी बोकाइ दियो भने देखि कसरी बोक्न सक्छु त मेरो खुट्टा लर्वराउछ कि म लड्छु, कि दुई पाइला हिडे पछि म ढली हाल्छु मैले बोक्ने कति थियो भने ४० देखि ५० किलो सम्म फेरी माथिबाट त्यति नै थपि दियो भने त एक छिन सम्म पो अडिन सक्छु त ९० मिनेटको खेलाडी म हुन सक्दिन, मलाई ४० किलो मात्र बोकायो, हाम्रो यतिमात्र कुरा होकी उद्योगी व्यावसायीको बैंक व्याज घटाइ देउ । अब यो अबश्थाबाट निश्कनको लागी बैंकहरु संग पुन ऋण खुलाइ दिनु पर्यो । पहिलाको जस्तो सहज बनाइदिनु पर्यो । हामीसंग जति पनि भएको पैसा त व्यापार मै हालेका छौं नि त राखेका त छैनौं ।
प्रश्नः बार, बार तपाईहरुले अर्थमन्त्रीलाई भेटेर पनि मागहरु राखी रहनु भएको छ, त्यसमा केहि सुनुवाइ भएको छैन अहिले सम्म ?
उत्तरः वाहाँहरुले भन्नुभएको छ, हामी प्रोसेसमा छौं गर्छौं, अलिकति समय दिनुस भन्नुभएको छ । आज समय कति दिने, समय दिंदा खेरी हाम्रो व्याज त बढेको बढै छ । फाइन लागेको लागेइ छ । हाम्रा सम्पतिहरु लिलाम भएका भयौं छन् । हामीलाई बैंकले फोन गरेर धम्की दिएर जेलखाना पुर्याएर । आत्माहत्या सम्म पुर्याइरहेको छ । नागरिकको अधिकार के हो त । नागरिकको वाँच्ने अधिकार हो नि त । त्यो सम्म त मिलाउन सकेको छैन भने देखि अब यो दशैं तिहार पछि हेर्नुस यो अझ विकराल परिस्थिति आउन सक्छ । हाम्रा भएका उद्योग कलकारखाना अझै धरासायी हुने अवश्थामा आउन सक्छ त्यो कारणले हामी सरकारलाई झक झकाउन बाहेक के गर्न सक्छौं । हामी व्यापारी चोर्न जान सक्दौनौं । बैंकको व्याज तिर्दिन भनेर भनेकै छैनौं । हामीलाई अलिकती समय देउ, अलिकती सहजता गरिदेउ, समयलाई सारी देउ ।
प्रश्नः सर अब यसको विकल्प भनेको के त ? अब सरकारको मुख ताक्नु मात्र हो यसको विकल्प ?
उत्तरः यसको विकल्प कि हामीले व्यावसाय कलकारखाना बन्दा गरेर सरकारलाई चावि बुझाउनु पर्यो । ल है सरकार हामीले तपाइको उद्योग धन्दा कलकारखाना चलाउन सकेनौं । हामीले बैंकको व्याज तिर्न सकेनौं । हामीले घर भाडा पनि तिर्न सकेनौं । अब यो हाम्रो सम्पती पनि तिमिले लीदेउ । अब हामीलाई जोगी बनाइ देउ भन्न बाहेक के छ ? केहि पनि छैन विकल्प । हामी पनि पलायन हुने अवश्था छ अब हामीले पनि बाटो खोज्ने अवश्था आइसक्यो । अब हामी पनि पासपोट बनाएर विदेश जानु पर्ने, खाडि मुलुककै जानुपर्ने भन्ने खालको विकल्प बाहेक त केहि पनि ।
प्रश्नः अहिलेको परिस्थितिबाट मुलुकलाई र अर्थतन्त्रलाई बचाउने हो भने सरकारले चाँडो भन्दा चाँडौ कुनै निकाश निकालेर व्यापारीहरुलाई अलिकती सहुलियत र ग्रह्यता दिनुपर्यो याहाँको निष्कर्ष त्यहि होइन ?
उत्तरः त्यो पनि गर्नुपर्यो हाम्रा कलकारखाना उद्योगहरु चलाएका व्यावसायीहरुको लागी अहिले खस्किदै खस्किदै अहिले २५ प्रतिशत पनि व्यापार छैन, २५ प्रतिशतबाट झरि सक्योभने पछि हामी तल झर्दै जिरोमा आइसके पछि सबैले हात उठाउन वाहेक तालाबन्दी गर्न बाहेक र सरकारलाई बुझाउन बाहेक केहि पनि उपाय नै छैन् । अब अहिले २५ प्रतिशतमा भएको अलिकती तंग्रीएर अलिकती बलीयो भएर २५, ३०, ३५, ४० हुँदै अब एक दुई वर्ष सम्म चाहिँ पहिला कै रेसियोमा पुगीयो भने देखी त हामी फेरी त तंग्रीयौ नि त । त्यस पछि त फेरी राज्य सत्तालाई कर कहाँ तिर्नु पर्ने बैंकलाई कति तिर्नु पर्ने । हाम्रा सम्पतिहरुको कसरी संरक्षण र सुरक्षा गर्नु पर्ने यी कुरा त फेरी हामीले गरि हाल्छौं नी । जब अर्थतन्त्र नै तपाईको धरासायी, व्यावसायीले हामीले यत्रो कर तिरि रहेका छौं । भने देखि त्यसको कुनै पनि मुल्याड्ढन भएन कुनै पनि सुविधा भएन राज्य सत्ताबाट केहि आसै भएन भने देखि हामीले तिरेको कर के भयो त बालुवामा पानी नै बराबर भयो त ? त्यो पनि त होइन होला नी त ?
प्रश्नः हवस जिवन सर ।
उत्तरः यो मुलुक चलेकै त हाम्रो कर बाट चलिरहेको छ त । सबैले पैसा नतिर्ने कर नतिर्ने भने मुलुक चल्छ त वहाँहरुले कसरी चलाउनु हुन्छ । घरबाट ल्याएर त पक्कै चलाउनु हुन्न । हाम्रै मुखमा ताला लगाएर पट्टि लगाइदिनु भयो र हात खुट्टा वाँधि दिनु भयो भने त के गर्न सकिन्छ केहि गर्न सकिदैन । हो त्यहि कारणले गर्दा राज्य सत्ताबाट चाँडो भन्दा चाँडो व्यावसायीहरुको लागी कलकारखानाको लागी चाहीं चाँडो भन्दा चाँडो पुर्न स्थापना हुने खालको प्याकेजहरु ल्याइदिन म आग्रह गर्न चाहन्छु ।
प्रश्नः हवस याहाँले आफ्नो महत्वपुर्ण समय कुराकानीका निम्ति उपलब्ध गराइदिनु भएकोमा परिवर्तन खबर डट कमको तर्फबाट याहाँलाई धेरै धेरै घन्यवाद ।
उत्तरः ल हवस, मलाई मौका दिनुभयो व्यावसायीको प्रतिनिधि र व्यावसायीको कुरा राख्ने इटहरी उद्योग वाणीज्य संघको माध्यमबाट आम व्यावसायी आम हाम्रा शुभ चिन्तक सरकारलाई यहिबाट म भन्न चाहन्छु चाँडो भन्दा चाँडो, हाम्रो यो व्यावसायीहरुको उद्योग कलकारखानाहरुको लागी सम्बोधन गरिदिनुस, हाम्रा बैंक व्याज घटाइ दिनुस, यसलाई राहतको प्याकेजमा ल्याइदिनुस । अब विज्ञहरु राखेर विदेशमा कोविड पछाडी बाहाँहरु कसरी आर्थिकरुपमा सुध्र्रेर आउनु भयो अनुसन्धान गरेर सुधार गरियोस भन्ने माग राख्दै परिवर्तन खबर डट कमलाई विषेश धन्यवाद दिदै विदा हुन्छु धन्यवाद ।