Pin It

 

 

विराटनगर, ६ मंसिर, बाह्रौं राष्ट्रिय कर दिवशको अवसरमा इटहरी उद्योग वाणीज्य संघको आयोजनामा इटहरी स्थित उद्योग वाणीज्य संघको हलमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरियो ।
इटहरी उद्योग वाणीज्य संधका अध्यक्ष जिवन पराजुलीको सभापतीत्वमा आयोजीत उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय

इटहरीका कर अधिकृत सुरेश कुमार महतोले करदाता व्यावसायीहरुलाई प्रशिक्षण दिनुभएको थियो, प्रशिक्षण पछि खुल्ला सत्रमा व्यावसायी, करदाता र आन्तरिक राजश्व कार्यालयका अधिकृतहरु विच अन्तरक्रियात्मक प्रश्नोत्तर कार्यक्रम चलेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुन न्यौपानेले करदाता व्यावसायी र कर कार्यालय विच यस्तै खालका शिक्षाप्रद कार्यक्रमले कर बुझाउन व्यावसायीलाई अभिप्रेरित गर्ने भएकाले बेला बेला यस्ता कार्यक्रमहरु आयोजना गरिनु पर्ने तर्क राख्नु भएको थियो । कार्यक्रममा कर कार्यालयका अधिकृत सुरेश दहाल र रमेश ढकालको उपस्थिति थियो भने कार्यक्रमको संचालन इटहरी उद्योग वाणीज्य संघकामहासचिब बिनोद पौडेल ले गर्नु भएको थियो।कार्यक्रममा इटहरी उद्योग वाणीज्य संघका तर्फबाट विभिन्न श्रण्टा द्धारा रचित कृतिहरु मायाको चिनोको रुपमा कर अधिकृत ज्यूहरुलाई प्रदान गरिएको थियो ।