Pin It

 

 

विराटनगर, पौष १५ गते आइतबार, राष्ट्रवादी युवा विद्यार्थीहरुको एक समुहले आज साँझ ललितपुरको वालकुमारीमा राज्यद्धारा हत्या गरिएका दुइ युवाको हत्या विरुद्ध विशाल राँके जुलुश सम्पन्न गरेको छ ।


राप्रपा निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रर्विण सापकोटाको संयोजनमा निश्किएको सो जुलुशले गृहमन्त्री राजीनामा दे, हत्यारालाई कार्वाहि गर लगायतका नारा लगाएका थिए भने सो जुलुशलाई राप्रपाका केन्द्रिय सदस्य रमेश रिजाल राप्रपा मोरङ्ग सचिव जय सिटौला, जिल्ला सदस्य पर्शु सुवेदि लगायतको समर्थन र सहभागीता रहेको जनाइएको छ । सोहि समुहले विराटचौकमा साँझ चक्काजाम सहित कोणसभा गरेको बताइएको छ । सोहि समुहले भोली बेलुका ३ वजे पछि विराटचौकमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गर्ने वताएको छ ।