विराटनगर,पौष १५, राप्रपा मोरङ्ग जिल्ला समितिको आज विराटनगरमा सम्पन्न बैठकले श्री ५ वडा महाराजाधिराज पृथ्वि नारायण शाहको ३०१ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवश भव्यता साथ मनाउने निर्णय गरेको छ ।
आगामी पौष २७ गते विहान ८ वजे देखि विराटनगर नगरपालीका को वि प्लटमा रक्तदान त्यसै गरि विराटचौक, उर्लावारी र रंगेलीमा एकै साथ रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै दिउसो विराटनगरमा वडा महाराजाधिराजको तश्विर सहित ¥याली जुलुश र पृथ्वि नारायण शाहको जिवनीसंग संम्बन्धीत विभिन्न विद्धवानहरुलाई आमन्त्रीत गरि अन्रक्रिया कार्यक्रमका साथै दिउँसो ४ वजे देखि चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
साथै बैंठकले आगामी माघ ६ गते शनिवार जिल्लाभरका अगुवा कार्यकर्ता क्षेत्र, प्रदेश एंव केन्द्रका नेताहरुको समेत उपस्थितिमा वेलवारीको बेतौना सिमसारमा वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकको प्रारम्भमा एमाले परित्याग गरि आउनु भएका विराटनगर ५ का देवेन्द्रमान सिंह बस्नेतलाई पार्टि प्रवेश गराइएको थियो ।