वि.सं.२०३१ साल कार्तिक ३ गते धरानको व्रिटिश मिलिटरी हस्पिटल घोपाक्याम्पमा जन्मनु भएका तिलक राई मित्र कुमार राई र मनु राईका साईला छोरा हुनुहुन्छ भने सानै उमेर देखि समाज सेवामा आफुलाई समर्पित गर्नु भएका तिलक राईले धरानको महेन्द्र बहुमुखि क्याम्पस बाटै आई.ए.सम्मको अध्यान पुरा गर्नु भएको छ ।
ने.वि.संघ र तरुण दलको राजनिति मार्फत नेपाली काँग्रेशको राजनितिमा प्रवेश गर्नु भएका तिलक राई पछिल्लो समयमा नेपाली काँग्रेश धरान उप महानगर सभापति हुनुहुन्थ्यो ।
गत स्थानिय निकायको निर्वाचनमा समेत मेयरको प्रत्यासि उमेदवार रहनु भएका राईले त्तकालिन ने.क.पा.का उमेदवार तारा सुब्बा संग केहि मतअन्तरले पराजित हुनुभएको थियो भने आभा अवधि नपुग्दै मेयर तारा सुब्बाको दुःखद निधनले मेयरपद पुन रिक्त हुनगयो । बाँकि अबधि सोहिपदका लागि आगामि मंसिर १४ गते निर्वाचन हुदैछ । प्रस्तुत छ पुन नेपाली काँग्रेशका तर्फबाट मेयरको टिकट प्राप्त गर्नु भयका उनै तिलक राई संग परिवर्तन खबर डट कम डट एन पी का प्रधान सम्पादक अशोक पौडेल ले गर्नु भएको कुराकानिका केहि अंश ः
१. तिकल राई ज्यु, याहाँलाई स्वगत छ परिवर्तन खबर डट कम डट एन पि मा ।
Ò धन्यवाद, नमस्कार
२. नजिकिदै गरेको उप–निर्वाचनमा धरान उप–महानगरपालिकाको मेयरको उमेदवारका लागी तपाईलाई ने.का.पार्टिले उमेदवार चयन गरेको छ । कस्तो महसुस गरिरहनु भएको छ ?
Ò यो मंसिर १४ गते हुन गइरहेको धरान उप–महानगरपालिकाको रिक्त हुनगएको मेयर पदको निर्वाचनका लागी नेपाली कांगे्रस पार्टिबाट आकांक्षी थुप्रै योग्य साथिहरु मध्यबाट मलाई सर्वसम्मत रुपमा लामो छलफल पछि विवाद रहित जनता र मतदाताको भावना अनुसनरको दायीत्व र जिम्मेवारी हामीले पुरा गरेका छौ, र मेरो नाम सर्वसम्मत रुपमा प्रश्ताव भइसकेको छ र नेपाली कांग्रेसले यो अभुतपुर्व एकता देखाएको छ । यसलाई धरानवासी मतदाताले वडो अर्थ पुर्ण ढंगले हेरेका छन । र यो काग्रेसको एकताले मतदाता पनि उत्साहित भएका छन ।
विगतमा जस्तो कांग्रेसमा यसपाली गुट उपगुट रहेन र आन्तरीक विभाजन र विवाद पनि नरहनुले धरानवासीमा सकारात्मक संदेश गएको छ । र यस पटक परिणाम हाम्रो पक्षमा होला भन्ने महशुस गरेको छु ।
३. राज्यसत्तामा कम्युनिष्टहरुको दुई तिहाई वहुमत भएको वेला धरानमा जित्ने कुराको तयारी कसरी गर्दै हुनुहुन्छ ?
Ò राष्ट्रिय राजनितिमा अहिलेको दुई तिहाईको सरकारको जनमत गीर्दो अवश्थामा छ, त्यसको कारण भनेको यो दुइ तिहाइको सरकारको जुन किसिमको दम्म घमण्ड छ र जनताको भावना विपरीत लोकतन्त्रिक संकृतिको विरुद्धमा प्रतिपक्षी दलहरुलाई पेलेर जाने सोच जुन सत्ता पक्षले बतानाई रहेको छ ।
अर्का तिर जनताको दैनिक उपभोग्य वस्तुमा भएको मुल्य वृद्धि, लगायत जनताका विरुद्ध यो सरकार हेपाहा प्रवृतिबाट अगाडि बढि रहेको छ, सरकारका यि कामको विरोध गर्ने सामाजिक अभियन्ता रवि लामिछाने होस अथवा ज्ञानेन्द्र साहि होस वहाँहरुका विरुद्ध सम्म लागेर सरकारले दुइ तिहाइको दम्म, घमण्ड र हेपाहा प्रवृति नै देखाएको भन्नु पर्छ । सरकारको यो चरित्रका विरुद्ध आम जनता आक्रोसित छन, जनताको भावना विपरित कर वृद्धि लगायतका सरकारका जनविरोधि कृयाकलापका कारण जनलहर अहिले हाम्रो पक्षमा छ र चुनावमा हामी यिनै कुरालाई सरकारका विरुद्धका मुख्य मुद्धा बनाएर जाने तैयारी गरिरहेका छौं ।
धरानकै सन्दर्भमा हामी निरन्तर धरानवासीको हितको पक्षमा आवाज उठाइ रहेका छौं, सरकार विरुद्ध निरन्तर आवाज उठाइ रहेका छौं यसले गर्दा पनि यस पटकको जनमत हाम्रो पक्षमा हुने छ भन्ने पुर्ण विश्वासमा छु ।
विगत चुनावमा पनि म मेयरको प्रत्यासी थिए त्यस वेला पनि मलाई धरानवासीले १६१०५ मत दिएर दोस्रो बनाउनु भएको थियो भने त्यसवेला मलाई भोट नदिने साथीहरु पनि अहिले मेरो पक्षमा उभिनु भएको छु झन म युवाहरुको प्रतिनिधित्व गर्ने युवा उमेद्वार भएको हिसाबले त झनै युवा साथिहरु उत्साहित भएर मेरो पक्षमा हुनुहुन्छ, नगरपालिका संचालन गर्ने एजेन्डा समेत दिएर युवा साथीहरुले यस पटक मलाई सघाउँदै हुनुहुन्छ त्यसैले हाम्रो जित निश्चित छ ।
४. धरान उप–महानगरका खास खास समस्याहरु चाँहि के के हुन ?
Ò खासगरी धरान नगरबाट उप–महानगर भइ सक्दा पनि संघियता कार्यान्वयनका बेला घर घरमा सिंहदरबारको सुविधा दिने भन्ने कुरा नारामै सिमित भइरहेको छ । उप–महानगरको सुविधा वार्ड सम्म पनि पुर्याउन सकिएको छैन । कर्मचारी संयन्त्र र जनप्रतिनिधिहरु नगरकै सेवा सुविधामा जनतालाई अल्मल्याउन खोजी रहेका छन । हामी सबै भन्दा पहिला यो समस्याको चिरफार गर्न चाहन्छौं, हैन म मेयर भए पनि मैले नितिगत निर्णयहरु गर्ने हो त्यसको कार्यान्वयन गराउने भने को त कर्मचारी प्रशासनले हो । कर्मचारी प्रशासन अहिले चुस्त दुरुस्त र नियन्त्रण गर्न नसकी रहेको अवस्थामा छ ।
याहाँको कर्मचारी प्रशासनले सिन्डिकेट प्रथा लागु गरेर आफु भन्दा नयाँ सोच भएका कर्मचारीलाई हाजीरै हुन नदिने जस्ता प्रवृति नेताहरुसंग मिलेर देखाइरहेका छन । यस्ता प्रवृतिको विरुद्धमा नगरवासीहरु छन् । यि यस्तै समस्याहरु धरानमा विधमान छन ।
५. धरान नगरका चै खास खास समस्याहरु के हुन ?
Ò खासगरी हामी जो मेयर, उप–मेयर भएपनि नगरपालिकाको कर्मचारी प्रशासनले जुन सेवा सुविधा दिनु पथ्र्यो डेलिभर गर्नु पर्ने हो, भोली म मेयर भए भने मैले त नितिगत निर्णय गर्ने हो, निति नियमहरु पारदर्शी बनाउने हो जन भावना अनुसारको निति नियम बनाउने त्यसको नेतृत्व गर्ने हो, त्यसलाई कार्यान्वयन गर्ने जुन कर्मचारी प्रशासन हो त्यो कर्मचारी प्रशासन चुस्त दुरुस्त र व्यवस्थापन गर्न नसकी रहेको अवस्था छ, चुस्त दुरुस्त नभइ रहेका अवस्थामा अहिले वडावासीले नगरवनसीले त्यसको फाइदा सेवा सुविधा लिन पाइरहेका छैनन् । त्यो एउटा प्रमुख चुनैती छ त्यसलाई हामी निराकारण गर्न चाहन्छौं ।
अर्को कुरा करको कुरा छ । अनावश्यक रुपमा कर वृद्धि भएको छ । यहाँ गरीखाने जुन छ नि मजदुर सुकुम्वासी भनि रहेको छ । त्यसलाई अनावश्यक रुपमा टेम्पो चलाउने सिटि सफरी चलाउनेलाई करको भार थोपरी रहेको छ, साना साना गुन्द्रिमा, नाङ्गलोमा डालोमा दोकान गर्नेहरुलाई कर लागेको छ , मोचिहरुलाई कर लागेको छ , टेलरहरुलाई कर लागेको छ । त्यो कुरालाई हामी पुर्नमुल्याङ्कन गछौं, जुन सुकुम्वासी समस्यालाई जहिले पनि वहाँहरुले चुनावि एजेन्डा बनाएर अगाडी वढिरहेको छ, सुकुम्वासीलाई पक्कै धरानवासी बनाउने हो भने वहाँहरुलाई चाहिने ऐन कानुन, प्रकृया, पद्धतिमा ल्याएर संघिय कानुन अनुसार, प्रदेश कानुन अनुसार वाहाँ हरुलाई धनिपुर्जा बाँढेर धरानवासी बनाउनु पर्यो । बहाँहरुलाई खाली सरकारले घर नम्वर दिएर झुक्याउने काम गरेको छ । घर नम्बर दिनु ठुलो कुरा होइन, यो त २८,३० वर्ष देखिको समस्या हो त्यसलाई निराकरण गर्नु अपरिहार्य भएको छ । याहाँका पेशाकर्मीलाई व्यावसायिलाइ नगरवासिलाई जुन किसिमको सेवा सुविधा र विकास दिनुपर्ने हो त्यो विकास दिन सकिरहेको छैन ।
करको दर होइन दायरा बढाउनु पर्ने हो त्यो गर्न सकि रहेको छैन । धरान उप–महानगरपालीकाको क्षेत्र विश्तार भएको छ । सेउती खोला र सर्दु खोलाको सिमाना कायम गर्न सकिरहेको छैन, अहिले पनि सर्दु खोलालाई बराहक्षेत्र नगरपालिकाले गीट्टी ढुङ्गाको टेन्डर आहवान गरिरहेको छ सेउती खोलाको इटहरी उप–महानगरपालीकाले टेन्डर गरिरहेको छ, त्यो हाम्रो आम्दानी हो । हाम्रो क्षेत्राधिकार भित्र भएको सेउती, सर्दु खोलाको नगरपालीकाले टेन्डर आहवान गर्न सकेको छैन, त्यो करोडौं आम्दानी हाम्रो गुमी रहेको छ । त्यसकारण यी प्रमुख मुद्धाहरु छन् , बसपार्कको कुरा छ । खानेपानी आयोजनाको कुरा छ । एयरपोर्टको कुरा छ । बजार विस्तारको कुरा छ ।
धरानलाई नेपाली कांग्रेसको सरकारले दिएको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले असहज स्थितिमा छ । धरानको मेयर त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्य हुन्छ त्यहाँ धरानवासीको आवाज उसले बोल्नु पर्ने हो तर याहाँको नगर प्रमुख त्याहाँको सत्ता विगठन गर्ने त्याहाँको सत्ता हत्याउने, त्याहाँको प्राध्यापक, भि.सि हरुलाई तलमाथी गर्ने कुरामा मात्रै लागे , त्याहाँको स्टक वृद्धि गर्ने, बजेट व्यवस्थापन गर्ने, त्याहाँको व्यवस्थापनलाई सहज बनाउने, त्याहाँको सेवा सुविधालाई सहज बनाउने कुरामा समन्नय गरेको नेगोसियसन गरेको हामी पाउदैनौ तर भ्यासेक इन्टे«न्टका साथ वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेलर गर्ने तर्फ उद्धत भएको हामीले महसुस गर्यांैं, त्यसकारण यिनै मुद्धाहरुलाई लिएर हामी नगरवासीको मा जाँदै छौं ।
६. तपाइले उठाएका मुद्धा त स्वयम नेकपा कै उमेदवारले पनि उठाउन सक्छन तर मतदाताले चाहिँ तिलक राईलाई नै मत किन दिनु पर्ने ?
Ò प्रतिपक्ष हामी हौं उनिहरु सत्तापक्ष ३० औं वर्ष ३५ औं वर्ष ०४२ सालको पंचायतकालमा बम देवानले चुनाव जिते उनि जनपक्षिय उमेदवार थिए कम्युनिष्ट नै थिए उनि, कृष्ण कुमार राईले पनि प्रगतीसिल जनपक्ष उमेदवारको रुपमै चुनाव लडेर जित्नुभएको हो । त्यो वेला देखि अहिले सम्म लगातार कम्युनिष्टहरुले नै चुनाव जिति रहेका छन त्यसैले वाहाँहरु सत्तापक्ष हो हामी विपक्ष हौ वाहाँहरुले सत्तापक्ष भएर यी यी काम गर्न त त्यस कारण हामी आएर गर्छौ भन्ने कुरा हो , अर्को कुरा निष्पक्ष, भ्रष्टाचार रहित समाज र कर्मचारी प्रशासनको हामीले प्रत्याभुति दिन्छौ, हामी ठुला काम गछौं भन्दैनौ तर निश्पक्ष भ्रष्टचार रहित कर्मचारी प्रशासन र नगरको सेवा सुविधा हामी दिन चाहन्छौं । ठुलो र सानो वार्डलाई वर्गीकरण गरेर ठुलो वार्डलाई ४ करोड ५ करोड , र सानो वाड लाई २ , ३ करोड बजेट व्यवस्था गर्छौ, वडा वासीहरुको सेवा सुविधा पुग्ने गरेर बजेट व्यवस्थापन गर्ने छौं । नगरका स्टेक होल्डरहरुलाई पनि हामी समन्नय गरेर वहाँहरुलाई सहकार्यको माध्यमबाट उद्योग वाणीज्य संघ, व्यापारी, व्यावसायीहरु, पेशाकर्मी याहाँका वुद्धिजिविहरु, सुकुम्वासी अवव्यवस्थीत वसोवासका साथिहरु विषेशगरी पछि धरानमा गमीएका पाचकन्या र विष्णुपादुका गा.वि.स.लाई विषेश रुपमा त्याहाँको विकास निर्माण गरेर हामी अगाडी बढ्ने हाम्रो प्रति बद्धता हो ।