बिराटनगर, कार्तिक ३ गते, नेपाली काँग्रेश बिराटनगर वाड नं.४ वडा समितिको आयोजनामा कंचनबारी स्थित आधारभुत बिधालयको प्राड्डणमा हिजो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।
प्रदेश एकका नेपाली काँग्रेश संसदिय दलका सचिब माननिय चुमनारायण तबदारको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले २०३३ सालमा वि.पि.ले राष्ट्रिय मेल मिलाप , सामाजिक एकता र सदभाबका निम्ति चलाएको चियापानको कार्यक्रमनै अहिले नेपाली काँग्रेशको संस्कृति भएको बताएका तिए। हरेक बर्ष बडा दशैंको लगतै कोजाग्रत पुर्णिमाको दिन गरिने चियापानले सामाजिक सद्भाब र भाईचारा कायम गराउने बक्ताहरुको कथन थियो ।
चार नम्बर वडा सभापति राजकुमार तबदारको सभापतित्वमा आयोजित सो कार्यक्रम लाई प्रमुख अतिथि माननिय चुमनारायण तबदार , पुर्बमन्त्रि शिबकुमार बस्नेत , ने.का.जिल्ला सदस्यहरु अशोक रिजाल , राजु मास्के , आशा माझी , क्षेत्रिय सचिब चेतराज रेग्मि लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।