युबराज फूयल दक्षिणकोरीया
आज देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन बिकराल बन्दैछ । कर्मचारीतन्त्र भ्रष्टाचारमा व्यास्त छ सरकारमा बसेकाहरु देशमै रोजगारीको अवसर खोज्नुको सट्टामा लाखौ युवालाइ बिदेशमा बेचेर आएको रेमिटेन्सले नै देश चलाउन सकिन्छ भन्ने भ्रममा फसेर युवा बेच्न नया नया गन्तव्यको खोजिमा लागि रहेका छ्न। देशमा भएका उधोगहरु दिनदिनै बन्द हुँदै गइरहेका छ्न भने नया खुल्ने त कुरै नगरौ। यहि केही गर्छु भन्ने सोच भएका हरुका लागि पनि लगानी सुरक्षाको कुनै प्रत्याभूति छैन। आखिर देश किन यस्तो भइरहेको छ। आम नागरिकको नजर बाट के देखिन्छ यसै विषय लाई मध्यनजर गर्दै रोजगारीको सिलसिलामा मोरङ बाट दक्षिण कोरियामा बस्दै आउनु भएको युबराज फुयाल सग परिवर्तन खबरले समसामयिक विषयमा गरेको कुराकानी ।
प्रश्न ः स्वागत छ युबराज जि कहिले देखि कोरियामा कार्यरत हुनुहुन्छ ?
उतरःः म रोजगारीको सिलसिलामा सन 2017 देखि निरन्तर दक्षिण कोरियामा कार्यरत छु।
प्रश्न ः यसरी देश छोडेर कोरिया जानू पर्ने खास कारण के होला ?
उतरःः पहिलो कुरा के हो भने हामी आम श्रमजीवी निम्न वर्गीय युवाहरुको बिदेश जानुको मुख्य उदेश्य भनेको नै देशमा श्रम बजारको उचित व्यवस्थापन राज्यले गर्न नसक्नु नै हो । नेपालीहरू विदेशिनुमा शिक्षित तथा वौद्धिक वर्गले पनि आफ्नो क्षमता अनुसारको रोजगार नपाउनु, गरिबी मौसमी रोजगारी,नेपालमा भन्दा धेरै कमाइ गर्न सक्ने जस्ता कारणहरु छन् । यसैगरि नेपालि उद्योगबाट उत्पादित सामानले विदेशी उत्पादन सित प्रतिस्पर्धा गर्न नसकि धाराशायी हुनु पनि बिदेश जानुको एउटा प्रमुख कारण हो । बिगत केही दशक यता देशमा निकै ठुला ठुला परिवर्तनहरु भए जस्तै माओवादी जनयुद्द, 062/063को जनआन्दोलन , संविधानसभा निर्वाचनको हुँदै हामी संघीयता सम्म पुगेका छौ। जसरी यति छोटो समयमा हामिले यतिधेरै परिवर्तन गर्न सफल भयौ त्यही अनुरुप आम जनमानसको चाहाना अनुसार देशले बिकासको गतिमा फड्को मार्न सकेको देखिदैन।
त्यसै गरि पछिल्लो समय देशमा देखिएको अस्थिर राजनीति पनि एक प्रमुख कारण बनेको छ। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक बिकासको पक्षमा लामो समय सम्म दीर्घकालीन असर पार्ने गर्दछ।देशका राजनीति दलहरु आज जनभावना अनुरुप सत्तामा पुगेर काम नगरी कुर्सिका लागि मात्रै गरिने राजनीतिले गर्दा पनि आज आम श्रमजीवी युवा बिदेसिन बाध्य बन्दैछ्न।देशमा प्रयाप्त मात्रामा नयाँ उधोग हरु नखुल्नु , राज्यको तर्फ बाट साना तथा मझौला उधोगहरुलाइ प्रोत्साहन गर्ने खालका नितिहरु नबाउनु । यहि केही गरौ भन्ने युवाहरुको पनि दिनानुदिन मनोबल खस्किदै जानु र राज्यले त्यसलाइ उचित संबोधन गर्न नसक्नु जसले गर्दा आज हामी जस्ता युवाहरु दैनिक हजारौको भिड लागेर दोश्रो मुलुक तिर श्रम बजारको खोजिमा लागिरहेका छ्न
प्रश्न ः नेपाल र कोरियाको आर्थिकसामाजिक विकासको तुलना कसरी गर्नु हुन्छ ?
उतरःः एकदमै गहन प्रश्न गर्नु भयो। हुन त म अर्थ राजनीति र सामाजिक विकास जस्ता विषयमा विज्ञता हासिल गरेको मानिस त होइन तर पनि बिगत 7/8 वर्षको कोरिया बसाइको अबधिमा मैले देखेकोभोगेको कोरिया र नेपालको आर्थिक एबम सामाजिक अबस्थाको तुलाना गर्ने हो भने हामी धेरै नै पछि छौ जस्तो मलाइ लाग्छ।इतिहास हेर्ने हो भने सन 1950-60 को दशक सम्म कोरिया विश्वका गरिब मुलिकहरुको सुचिमै भएको हामिले देख्न सक्छौ। त्यो बेला नेपाल र कोरियाको प्रतिव्यक्ति आयको तुलना गर्दा लगभग उस्तै देखिन्छ।दोश्रो विश्वयुद्धपछि पुन करिब 4 वर्ष चलेको उत्तर र दक्षिण कोरियाको युद्द पश्चात् दक्षिण कोरिया भोकमरी र गरिबीको चपेटामा परेको इतिहास प्रष्ट छ। त्यो बेला नेपालले पनि कोरियालाइ खाद्यान्न निर्यात गर्ने गरेको बेलाबेला सुन्न पाइन्छ। तर बिगत 50/60 वर्षको अबधिलाइ हेर्ने हो भने आज आएर दक्षिण कोरियाले द्रुतगतिमा आफ्नो सामाजिकआर्थिक अबस्थामा परिवर्तन गर्दै आफुलाइ विश्वका उदयमान अर्थतन्त्र भएका देश हरुको सुचिमा राख्न सफल हुदैछ।सन 2023 को डाटा अनुसार यो देशको प्रतिव्यक्ति आय वार्षिक 33 हजार अमेरिकी डलर भन्दा माथी रहेको छ ।त्यसैगरी नेपाललाइ हेर्ने हो भने हामी भर्खर कछुवाको गतिमा रहेको प्रष्ट छ। हाल नेपालको प्रतिव्यक्ति आय लगभग 1 हजार 4सय अमेरिकी डलर मात्र रहेको पाइन्छ । यसै बाट पनि अनुमान गर्न सकिन्छ कि नेपाल र कोरियाको आर्थिक एमब सामाजिक अबस्थामा कति भिन्नता छ भनेर।
प्रश्न ः यहाँ हामिले एउटा महत्त्वपूर्ण बहसको विषय देख्न सक्छौ।करिब छ दशक अगाडी सम्म विश्वको आर्थिक एबम सामाजिक मानचित्रमा एउटै धुर्बमा रहेका कोरिया र नेपाल आज कोरिया किन नेपाल भन्दा यति धेरै विकसित र समुन्नत राष्ट्र बन्न सफल भयो त ?
उतरःः यो एउटा गम्भीर प्रश्न हो हाम्रो लागिकोरियाको यो छरट दशक मै यति धेरै आर्थिक एबम सामाजिक बिकास हुनुमा प्रमुख कारण भनेको नै देशको राजनैनिक नेतृत्वमा भएको राष्ट्र निर्माणको दृढ संकल्प र दुरदर्शिता नै हो। राजनैनिक नेतृत्वमा भएको त्यही संकल्प र दुरदर्शिताले गर्दा नै आज कोरियाले आफ्नो आर्थिकसामाजिक बिकासमा यस्तो चमत्कारी परिवर्तन गर्न सफल भएको देख्न सकिन्छ।कोरियाको आर्थिकसामाजिक परिवर्तनलाई हेरेर के भन्न सकिन्छ भने देशमा सक्षम ,दुरदर्शि र दृढ संकल्प भएको स्थाइ राजनैतिक नेतृत्व पाएमा जस्तोसुकै परिस्थितिमा पनि बिकास र परिवर्तन सम्भब हुन्छ ।
पहिले पहिले कोरियाले पनि रोजगारीको लागि आफ्नो देशका युवाहरूलाई साउदी , कतार लगायतका विभिन्न देशहरुमा काम गर्न पठाउने गरेको पाइन्छ । यसरी वैदेशिक रोजगारिमा गएका युवाहरुले देशमा निकै ठूलो मात्रामा रेमिटेन्स भित्र्याएको र त्यही रेमिटेन्स लाई सरकार र नेतृत्वदायी भुमिकामा भएका हरुले उचित सदुपयोग गरेर बिस्तारै बिस्तारै आफ्नै देशमा उधोगहरु संचालन गर्दै ती युवालाइ पनि आफ्नै देशमा गरिखाने वातावरण सिर्जना गर्दै आज आएर आफै विश्वका लाखौ लाख युवाहरूलाई समेत रोजगारी दिने अबस्थामा पुगेको छ।
तर दुखका साथ भन्नू पर्दा आज हामी नेपाली युवाले जसरी बिदेशमा आफ्नो ज्यानको बाजि राखेर देशमा रेमिटेन्स पठाइरहेका छौ त्यसको उचित प्रयोग हाम्रो देशमा भएको छैन।राजनैतिक नेतृत्वमा रहेकाहरु आफुलाइ सत्तामा कसरी लामो समय सम्म टिकाइराख्न सकिन्छ भन्ने सोचमै मस्त र व्यास्त छ्न। युवाहरूलाई बिदेशमा बेचेर आएको रेमिटेन्सले नै देश चलाउन सकिन्छ भन्ने संकृण मानसिकता बाट ग्रसित छ्न।त्यसैले गर्दा नै आज हाम्रो आर्थिक स्तर दिनानुदिन विश्वसामु खस्किदो छ। राजनैतिक नेतृत्वमा दुरदर्शिता नहुदा ,राज्य जनताका आधारभुत आबश्यकता परिपुर्तिमा उत्तरदायी नबन्दा र आज नेपालले आफ्नो आर्थिकसामाजिक बिकासमा आफुलाइ विश्वका अगाडी कमजोर स्थितिमा राख्न हामी बाध्य छौ।
प्रश्न ः कोरियाली राजनीति बाट नेपाली नेताहरुले सिक्नु पर्ने कुरा के हो जस्तो लाग्छ तपाइको बिचारमा ?
उतरःः गएको सात दसक भन्दा लामो अबधिमा नेपालले एउटा स्थिर व्यवस्थाको अबलम्बन गर्ने सकेको छैन। हाम्रो देशमा जसरी परिवर्तनहरु क्रमिक रुपमा हुँदै गए ती केबल राजनीतिक दलका घोषणापत्रमा र संविधानका धाराहरुमा मात्र सिमित भएको अनुभव आम नागरिकले गरिरहेका छ्न। हामी सग प्राकृतिक श्रोत साधनको प्रचुर सम्भावना हुदा हुँदै पनि आज विश्वको सामु हामी अल्पविकसित राष्ट्रमा पर्दछौ। यसको प्रमुख कारण भनेको नै बिकास र परिवर्तन सम्बन्धि दुरदर्शिताको अभाब नै हो। हामिले हाम्रो व्यवस्था जति सुकै परिवर्तन गरे पनि त्यसको प्रयोग आफ्नो सत्ता स्वार्थ र पुर्वाग्रहका लागि गरिने राजनीतिले गर्दा नै देश आज यो अबस्थामा पुगेको छ। देश बिकासको पहिलो खुड्किला भनेको नै त्यस देशको शिक्षा लाई लिन सकिन्छ । यहाँ हाम्रा विध्यालय र क्याम्पस हरु आज राजनीति दलहरुले आफ्नो कार्यकर्ता उत्पादन गर्ने फ्याक्टी जस्ता बनाएका छ्न। कर्मचारीतन्त्रमा भ्रष्टाचार प्रमुख उदेश्य जस्तै बनेको छ। रोजगारीको अवस्था लगभग शन्यू जस्तै छ। आज कम्युनिस्ट मेनिफेस्टो पढेर समाजवाद ल्याउछु भनेर हिडेका हरुले त्यसलाइ परिवारवादमा लगेर तथास्थु गरेर सत्ताका लागि मात्रै राजनीति गरिरहेका छ्न / हामी सग प्रयाप्त मात्रमा दक्ष जनशक्तिको अभाव बढ्दो छ केही मात्रमा बचेका छ्न भने पनि उनिहरुको अन्तिम गन्तव्य भनेको बिदेश नै भइरहेको छ।
हुनत सत्ता र राजनीति एक अर्काको परिपुरक नै हुन जहाँ सत्ता हुन्छ त्यहा राजनीतिको खेल अबस्य हुन्छ नै तर हाम्रो देशमा बिगत लामो समय देखि राजनीति ब्यापार बनाइएको छ। हाम्रा राजनीति दलहरु प्राइभेट कम्पनी जस्ता भएका छ्न जबाफदेहिता बिहिन निर्जीव छन । पार्टीको घोषणापत्रमा एउटा कुरा लेखिन्छ तर त्यसलाइ कार्यनयन गरिदैन । भ्रष्टाचार ,हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधका मुद्दा लागेका हरु नै आज मन्त्री प्रधानमन्त्री बनेका छ्न। त्यसैले त आज देशको अबस्थामा दिनप्रतिदिन नाजुक बन्दै गएको छ। तसर्थ हाम्रा राजनीति दलहरु अब आत्मा समिक्षा गरेर सुध्रिनु जरुरी छ। राजनीति दलहरुले आम अन्तर्राष्ट्रिय जगतलाइ हेरर के बुझ्नु जरुरी छ भने राष्ट्र हितका मुद्दामा तेरो र मेरो नभनी संविधानतम एकजुट हुन नसक्ने हो भने यो स्थित बाट कहिले पनि बाहिर निस्कन सक्दैनौं । राजनीति सत्तामा आफुलाइ थामिराख्ने ब्यापार होइन यो देश र जनाताका लागि निस्वार्थ भाबले गरिने सेवा हो भन्ने बुझ्नु जरुरी छ।
प्रश्न ः विदेश गएका नेपालिहरुलाइ देशमै रोजगारी सिर्जना गर्न सरकारले के कस्ता कदम चाल्नु पर्छ जस्तो लाग्छ तपाईं लाई ?
उतरःः कुनै पनि देशका नागरिक एक देश बाट अर्को देशमा शिक्षा अथवा रोजगारीका लागि जानू सामान्य कुरा नै हो।तर नेपालको पछिल्लो डाटालाइ हेर्ने हो भने यो अलिक भयावह नै देखिन्छ।भौगोलिक एबम प्राकृति रुपमा नेपाल र कोरिया लाई नै तुलना गर्ने हो भने हामी सग प्रयाप्त श्रोत साधन हुदा हुँदै पनि त्यसको सहि सदुपयोग गर्न नसकेर वा उत्पादित बस्तुले आफ्नै माटोमा लगानी अनुरुपको उचित मुल्य नपाएर हामी यहीँ केही गर्ने इच्छा हुदा हुँदै पनि बाध्यताबस बिदेशिन पर्ने अवस्था आएको छ।
हामी आफुलाइ कृषिप्रधान देश भनेर गर्वका साथ भन्ने गर्छौ तर देशको कृषिको अबस्था हेर्ने हो भने सारै नै दुख लाग्दो छ। हाम्रो भुमिहरु आज बाजो बसेका छन दिन प्रतिदिन हामी सानो कुरामा पनि छिमेकी राष्ट्र सग निर्भर बन्दै जादैछौ। जसको फलस्वरूप हामिले खरबौ रुपैया बर्सेनि आयातमा खर्चंदै आएका छौ । यसले देशको आर्थिकसामाजिक विकासलाइ प्रत्यक्ष असर गरेको छ।हाम्रा कृषक दाजुभाइले उत्पादन गरेका उत्पादनले बजार नपाएर बारिमै फाल्नु पर्ने बाध्यता छ।यसको प्रमुख कारण भनेको नै राज्य स्तर बाट स्थानीय उत्पादन लाइ प्रोत्साहन गर्ने खालका कुनै ठोस योजना नबन्नु र बनिहाले पनि त्यो कार्यनयन नहुनु साथै बजारको उचित व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान नदिनु नै हो।
वर्तमान अबस्थामा रोजगारीका अवसर सिर्जान गर्न हाम्रा स्थानीय निकायहरुले महत्त्वपूर्ण भुमिका खेल्नु पर्छ । प्राकृतिक श्रोत र साधनको उपलब्धता स्थानीय स्तरमा नै हुने गर्दछ। त्यसको पहिचान र परिचालन गरेर स्थानीय स्तर बाट नै बेरोजगारीको हल खोज्न लाग्नु उचित हुन्छ । बिदेशमा बसेका नेपालीहरुलाइ वा देशमै भएका जनशक्तिका लागि आफ्नै देशमा रोजगारीको व्यवस्था गर्न राज्यले निम्न कार्य गर्ने हो भने केही सहज बन्दै जान्छ जस्तो लाग्छ मलाइ ।
१, राज्यले प्रदान गर्ने केही नितिगत सुबिधाहरु जुन निकै नै झन्झटिलो छन यस्ता सुबिधा लाई आधुनिक प्रबिधिको प्रयोग गरेर छिटोछरितो बनाउनु पर्यो।
२, हामि कहा बर्सेनि खरबौ खरब रेमिटेन्स आइरहेको छ त्यसको राज्यले उचित उपयोग गरेर राज्य स्तर बाट नै उधोगहरु स्थापना गर्दै जाने।
३, साना तथा मझौला उधमिहरुलाइ प्रोत्साहन गर्ने खालका नीति ल्याउने र यथासिघ्र कार्यनयन गर्ने।
४, कर्मचारितन्त्रमा मौलाएको भ्रष्टाचार लाई नियन्त्रण गर्न भ्रष्टाचार सम्बन्धि मुद्दामा कडा भन्दा कडा सजायको व्यवस्था गर्ने।
५, देशको कृषि क्षेत्रलाइ आधुनिकीकरण गर्ने र कृषि उत्पादन लाई राज्यले उचित बजारको व्यवस्था गर्दै लगानी सुरक्षाको प्रत्याभूति गर्ने।
६, व्यापार होटल र स्थानीय स्तर देखि पर्यटन प्रवर्द्धन लाई प्रोत्साहन गर्ने।
७, नेपालमै केही गर्छु भन्ने सोच भएका युवाहरूलाई राज्यकोषबाट केही प्रतिशत अनुदान प्रदान गर्ने र त्यसको उत्पादन लाई उचित बजारको व्यवस्थापन गर्न सहयोग गर्ने।
८, देशको शैक्षिक अवस्था लाई सुधार गर्दै विध्यालय तह देखि नै जीवन उपयोगी सिपहरुको बिकास गर्ने।साथै शिक्षा प्रणाली, जनशक्ति र बजारबीचको समन्वयबाट रोजगारीका अवसर सिर्जना गर्ने र बेरोजगारीलाई कमी गर्दै विदेश गएका र जाने युवाहरूलाई स्वदेशमै रोजगार हुन सक्ने यथेष्ट सम्भावना रहेको छ ।
प्रश्न ः कोरियाको प्राकृति सौर्न्दर्य र जलवायुको बारेमा केही जानकारी दिनुहोस न ?
उतरःः भौगोलिक र जलवायूको आधारमा तुलना गर्ने हो भने केही समानताहरु पाउन सकिन्छ। तर पनि मलाई लाग्छ प्राकृति रुपमा हामी कोरिया भन्दा निकै सुन्दर छौ। हामी सग हिमाल,पहाड र तराइ जस्ता रमणीय भौगोलिक क्षेत्रहरू छ्न। विश्वको सर्बोच्च शिखर सगरमाथा लगायतका थुप्रै हिमशिखर हामी सग छन तर पनि हामिले यसको सहि सदुपयोग गरेर फाइदा लिन भने सकिरहेको छैनौं।
भौगोलिक अबस्थितिमा कोरिया पुर्वी एसियामा अबस्थित रहेको छ। यो देशको पश्चिममा चिन पुर्वमा जापान र उत्तरमा उत्तर कोरिया रहेको छ।प्राकृति बनावट लाई हेदा साना साना टापु जस्ता भिरालो पहाड र समथल मैदान हरु रहेका छन। नेपालका जस्ता अग्ला पहाड खासै नभएकोले गर्दा सडक संजाल बिस्तार र रेलमार्ग बिस्तारमा निकै सहज भएको देख्न सकिन्छ। हान नदिलाइ यहाको प्रमुख नदिको रुपमा मानिन्छ पुर्व बाट बग्दै आएको नदि राजधानी सौलको बिच भाग हुँदै पश्चिम् तिर बगेको छ। यसले प्राकृति दृश्यलाई त मनोरञ्जनात्मक बनाउने भयो नै आर्थिक हिसाबले पनि कोरिया लाई मजबुत बनाउन निकै ठूलो भुमिका खेलेको छ। हानरासान यहाको सबै भन्दा अग्लो पहाड हो जुन दक्षिणी भागमा रहेको जेजुदो भन्ने टापुमा अबस्थित छ। प्राकृति हिसाबले निकै नै रमणीय रहेको यो क्षेत्रमा बर्सेनि हजारौ पर्यटकहरू आउने गर्छ्न। जसले देशको आर्थिक क्षेत्रमा पनि निकै महत्त्वपूर्ण भुमिका खेलेको छ।भौगोलिक अबस्थितिका कारण आफ्नै समुन्द्रीक बन्दरगाह भएकोले गर्दा आयत निर्यातमा निकै सहजता देख्न सकिन्छ ।यहाँ खास गरि ४ वटा ऋतुहरु रहेका छ्न। जसमा हिउदमा अत्यधिक हिमपाह हुने र तापक्रम निकै तल झर्ने गर्दछ। त्यस्तै बसन्त ऋतुको सुरुवात सगै मौसम तातो हुँदै जाने समय समयमा वर्षा हुने फुलहरु फुल्दै जाने गर्दछ्न। त्यस्तै अन्य ऋतुहरुमा पनि क्रमश त्यही अनुरुपको न्यानो मौसम हुने गर्दछ। बर्खायाममा तापक्रम घद्धरघछड्ढ सम्म पुग्ने गरेको पाइन्छ। हिउदको समयमा हिमपातका कारण खासै खेतीपाती नगरिने भएकाले गर्दा अरु समयमा खेतीपाती प्रसस्तै लागाउने र त्यसले भित्र्याउने कार्य निकै गरिन्छ।समग्रमा भन्नू पर्दा कोरिया भौगोलिक अबस्थिती र जलवायूको हिसाबले निकै सुन्दर देश नै छ भन्नू पर्छ।
प्रश्न ः अन्त्यमा नेपालीहरुका लागि यहाको केहि सन्देश छ कि ?
उतरःः आज देशको सार्वजनिक समस्या भनेको नै बेरोजगारी हो अहिले को अबस्थामा बिदेश त्यसको बिकल्प बनेको छ। म चाहिँ के सोच्ने गर्छु भने बिदेश विकल्प हो तर दीर्घकालीन समाधान पक्कै हैन । राज्य र सरकारले चुस्तदुरुस्त गतिमा जनभावना अनुरुप काम गरेर जनताका आधारभुत आबस्यकता परिपुर्तिमा ध्यान दिनु पर्यो। नगरिकले आफ्नो कर्तव्य र दायित्व बुझेर राज्यलाइ एउटा समुन्नत राष्ट्र बनाउन सहयोग गर्नु पर्यो । यदि यति गर्ने हो भने साउदी ,कतार, मलेसिया ,कोरिया, युरोप बनाउने हाम्रा पौरखी हातहरुले तपाइ हाम्रै पालामा समृद्धि नेपाल बनाउन कसो सम्भव नहोला । धन्यवाद