Pin It

 

 

 

 

बिराटनगर, चैत्र २३ गते मुलुकमा आर्थिक मन्दीले हा–हाकार छाएको बेला राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने मुल नाराका साथ आज विराटनगरमा ट्रान्सपोर्ट एसोसियसनले आफ्नो चौंधौ साधारण सभा सम्पन्न गरेको छ ।


वुढिगंगा–२ स्थित आरती स्ट्रीप प्रा.ली को पश्चिम पट्टि आफ्नै कार्यालयमा आयोजित उक्त सभालाई प्रमुख अतिथिको आशनबाट ढुवानी व्यावसायी महासंघका पुर्व केन्द्रिय अध्यक्ष सन्त वहादुर डुम्जनले व्यावसायीहरु हालको संकटपुर्ण अवश्थामा एकजुट भएर अगाडी नबढे भोलीका दिनमा व्यावसाय बचाउन निकै गाह्रो हुन सक्ने भन्दै सबै व्यावसायीलाई अहिलेको समय गुट वन्दीको नभएको सन्देश दिनु भएको थियो ।
प्रमुख अतिथि डुम्जनले पानसभा वत्ति बालेर उदघाटन गर्नु भएको साधारण सभाको सफलताका लागी मेघराज सिक्देल नेपाल ट्रक व्यावसायी महासंघका उप महासचिव ,कोशी ट्रक व्यावसायी संघ इटहरीका अध्यक्ष विधापती उपाध्यक्ष, विराटनगर ट्रक व्यावसायी संघका अध्यक्ष लोकनाथ पोख्रेल, ट्रान्सपोर्ट एसोसियसन विराटनगरका संस्थापक अध्यक्ष शुशिल कुमार जोशी, लगायतले शुभकामना दिनु भएको थियो भने सभामा स्वागत मन्तव्य एसोसियसनका उपाध्यक्ष एवं ढुवानी व्यावसायी महासंध कोशी प्रदेश संयोजक सम्भु भट्टराईले गर्नुभएको थियो ।
खुल्ला सत्रमै एसोसियसनका महासचिव खगेद्र सिक्देलले आफ्नो प्रतिवेदन पढेर सुनाउनु भएको थियो भने उदघाटन सत्रको अन्त्यमा अतिथिहरुलाई मायाको चिनो उपहार स्वरुप एसोसियसनका विराटनगर अध्यक्ष एवं कार्यक्रमका सभापती विनोद सिंहले प्रदान गर्नु भएको थियो ।