यो हप्ता युरोपियन मुलुक आयरल्याण्डको राजधानी डबलिनमा होटल ब्याबसाय गर्ने युगल जोडी गणेश प्रसाई र देवी प्रसाई शिवाकोटीको २५ औं हिरक बिबाह महोत्सबमा सुटिङ गरिएको म्युजिक भिडियो अजम्बरी र्चचाको सिखरमा छ ।
झापा जिल्लाको धाइजन निवासी गणेश प्रसाई र मेचिनगर काकडभिट्टा निवासी देवी शिवाकोटीको बिबाह आज भन्दा २५ बर्ष अगाडी वि स २०५५ साल बैशाख १६ गते झापामै भएको थियो । बिबाह पछि गणेश प्रसाई सन १९९९ मा जिविकोपार्जनका निम्ति युरोपको आयरल्याण्ड पुग्नु भएको थियो भने वाहाँ कि धर्मपत्नि देवि त्यसको ५ बर्ष पछि आयरल्याण्ड पुग्नु भएको थियो ।
सोहि समय देखि आयरल्याण्डको डबलिनमा होटल ब्याबसाय गर्नुहुने वाहाँहरुका एक छोरा उतै जन्मे र उतै पढ्दैछन । संयोग यस पटक बैशाखमा वाहाँहरुको २५ औं हिरक बिबाह महोत्सब पर्यौ । सोहि अबसरमा म्युजिक भिडियो निर्माण सहित काठमाण्डौको बुढानिलकण्ठ स्थित आफ्नै निवासमा भब्यतासाथ हिरक महोत्सब मनाउने उदेश्यले दुबैजना नेपाल आउनुभयो ।
नेपाल आउना साथ म्युजिक भिडियो निर्माणमा जुट्नु भएका प्रसाई दम्पतिले लामो मेहनत पछि अजम्बरीको सुटिङ बिबाह महोत्सबकै दिन काठमाण्डौको बुढानिलकण्ठ स्थित आफ्नै निवासमा आयोजना गर्नुभयो । आफ्नो हिरक बिबाह महोत्सब पारेर म्युजिक भिडियो सुटिङ सहित भब्यकार्यक्रमको आयोजना गर्ने नेपाली हरुमा संसारमै वाहाँहरु पहिलो हुनुहुन्छ भन्दा फरक पर्दैन ।
बिबाह महोत्सब पनि पहिलो र म्युजिक भिडियो पनि पहिलो नम्बरकै बनेको छ । पुरुष गायन तर्फ नेपाली गायकहरुमा फरक स्वरका धनि मानिएका तुलसि शिवाकोटी छन भने महिला स्वर भने देवी शिवाकोटी आफैले गाउनु भएको छ ।
“अजम्बरी बनोस हाम्रो मायाँ जुनि जुनि , तिमि मेरै सधैंसधैं म त तिम्रै हुँ नि । हामि संगै जन्म जन्म यो सृष्टि रहुन्जेल सम्म” । नबराज शर्मा (नारद)को रचनाको यो गीत देवी शिवाकोटीको अनौठो र नेपाली गायन क्षेत्रमा अलग प्रकारको मिठो स्वरले यो म्युजिक भिडियो लाई उच्च प्रकारको बनाएको छ ।
निदेर्शक प्रहिल कार्की को निर्देशनमा कलाकार आकाश श्रेष्ठ , गरिमा शर्मा स्वयम गणेश प्रसाई र गायीका देवी शिवाकोटी को अभिनय पनि उत्कृष्ट भएको म्युजिक भिडियो मा सि डि विजय अधिकारीले उत्कृष्ट संगीत दनिुभएको छ ।
नेपाली गायन क्षेत्रमा अलग प्रकारको स्वरकी धनि गायीका देवी शिवाकोटीले नेपाली श्रोता र दर्शकको मन यसरी नै जित्न सफल हुनुभयो भने वाहाँ नम्बर एक गायीका को रुपमा गायन क्षेत्रमा स्थापित हुने बिराटनगरका गायक प्रबलदिप विश्वास बताउछन ।
गणेश प्रसाई आफैं निर्माता रहनु भएको म्युजिक भिडियोको दाश्रो गीत भने सार्बजनिक हुन अझै केहि समय लाग्ने निर्माता प्रसाईले जानकारी दिनुभया