Pin It

  प्रश्तुत छ । बेलायतको लण्डन बस्नुहुने नेपाली शिक्षाविद,साहित्यकार एवं पत्रकार डा. गोपाल पौड्याल ’मण्डने’ ज्युसंग देशको समसामयीक राजनैतिक परिस्थितिका बिषयमा परविर्तन खबरले गरेको कुराकानीको सार संक्षेप
परिवर्तन खबरःं तपाईको जन्म नेपालमा कहिले र काहाँ भएको हो ?
गोपाल पौडेल : मेरो जन्म काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका वार्ड नम्बर ८ धाइटार मा २०१९ साल असारमा भएको हो।


परिवर्तन खबरःं परिवारमा को को काहाँ , काहाँ हुनुहुन्छ ?
गोपाल पौडेल : मेरो परिवारमा मेरी आमा दुइ भाइहरु र उनिहरुको परिवार नेपालमा छन । मेरो सबै परिवार युके मै छौ।


परिवर्तन खबरःंनेपाल बाट कहिले देखि बिदेशीनु भएको र किन ?
गोपाल पौडेल : म 29th November 1998 मा लण्डन आएको हो । उ बेलामा हामी पन्चायत ब्यबस्थाका कार्यकर्ता, हामिलाइ जहा भेट्यो त्यहि कुट्ने योजना बनाएको थियो बहुदले हरुले, त्यसैले देश छोडेर हिड्नु पर्यो।


परिवर्तन खबरःं तपाईं कहिले देखि बेलायतको लण्डनमा बस्दै हुनुहुन्छ , त्याँहा के ब्याबसाय गर्दै हुनुहुन्छ ?

गोपाल पौडेल :म सन 1998 देखि नै यहि बस्दैछु । सुरुमा बिध्यार्थि हुदा रेस्टुरामा काम गर्थे । पछि आफ्नै रेस्टुरेन्ट खोले, वि वि सी नेपाली रेडियो सेवामा पनि काम गरे र सन २००० मा बोस्टन कलेज अफ लण्डन नामक कलेज खोले ।


परिवर्तन खबरःं के आफ्नो देश छोडेर वेलायतमा सन्तुष्ट हुनुहुन्छ ?
गोपाल पौडेल : जहाँ बस्यो त्यहि सन्तुष्टि लिन जान्नु पर्छ नि । आफ्नो देश छोड्न त कस्लाइ मन लाग्छ र तर बाध्यता परिस्थिति र ब्यबाहारले गर्दा छोड्नु पर्यो ।


परिवर्तन खबरःं नेपालमा के भयो भने नेपालीहरु बिदेशीनु पर्दैन ?

गोपाल पौडेल अशल जनउत्तरदायि जिम्मेवार र सच्चा प्रजातन्त्रबादी सरकार र बिद्वान देशभक्त र इमान्दार योजना आयोग भयो भने रोजगारीका अबसरहरु आफै श्रृजना हुनेछन । पार्टिका गुण्डाहरुको मनोपोलिले बैदेशिक लगानि भित्रिन सकेकोछैन जो भित्रियो ति सबै रुदै रुदै हिडेका छन ।
परिवर्तन खबरःं अब बिदेशीएका नेपालीहरु लाई देशमै रोजगार सहित फर्काउन सम्भब छ ?
गोपाल पौडेल अबश्य सम्भब छ यदि बुद्धका तिन सन्देश मात्रै मान्ने हो भने ।


परिवर्तन खबरःंति के के हुन् त ?
गोपाल पौडेल  बुद्धम शरणम गच्छामि, धमम शरणम गच्छामि,सङ्हम शरणम गच्छामि । मतलब एउटा बुद्ध चाहियो । बुद्ध भनेको नेता हो । सङ्हम शरणम गच्छामि, सङ्हम भनेको सस्था,पार्टि हो एउटा जन उत्तरदायी पार्टी चाहियो । धमम सरणम गच्छामि एउटा प्रिन्सपल उद्देश्य विधान चाहियो । बस यति तिन कुरा भए पुग्छ ।


परिवर्तन खबरःं तपाईं त साहित्य लेखन पनि गर्नुहुन्छ, आफ्नो देशमा बसेर साहित्य सृजना गर्नु र बिदेशमा बसेर गर्नुमा के अन्तर छ ?
गोपाल पौडेल आहा कति राम्रो प्रश्न । साहित्य श्रृजना गर्नेलाइ आफ्नो देश मा गरे नि ठिकैछ । बिदेशमा गरे नि ठिकै छ ,तर हामिले डायोस्पोरामा बसेर साहित्य साधना गर्दा बहुत दुख भोग्नु पथ्र्याे । जस्तो कि मैले लण्डन बाट सगरमाथा टाइम्स नामक पत्रीका हातले लेखेरै चलाएपछि नेपाली एम्बेसिमा कम्प्युटर किनेर ल्याए पछि राजदुत सुर्य प्रसाद श्रेष्ठले टाइप गराउन मद्दत गर्नु भो र छापा अक्षर मा निकाल्न सकियो । नेपालमा भए सजिलो हुन्थ्यो । यहा सिकाउने कोहि हुन्नन आफैले जे जति जान्यो त्यत्ति हो ।


परिवर्तन खबरःं नेपाली अर्थतन्त्र को बारेमा केहि भनिदिनु हुन्छ कि ?
गोपाल पौडेल नेपालको अर्थतन्त्र नेतामुखि भयो । जनमुखि बनाउनु पर्यो । नेपालमा राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटक पटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले र वार्षिक बजेट अर्कै अर्थमन्त्रीले ल्याए । बजेट कार्यान्वयन गर्ने समयमा पुनः सरकार परिवर्तन भयो र मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मा अहिलेको अर्थमन्त्रीको काँधमा आएको छ । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितका दलहरुको गठबन्धनमा नयाँ सरकार बनेपछि भने राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको छ तर सम्भब छैन ।


परिवर्तन खबरःं कोभिड महामारीपछि सुस्ताएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको छ भन्छन नि ?
गोपाल पौडेल हाहाहा गज्जबको कुरा गर्नुभो आम्दानि भन्दा बढि तलब खुवाउछन, कार्यकर्ता पाल्छन, के को बिकास हुनु खोइ ? मुलुकको विद्यमान अर्थ राजनीतिक अवस्था, चुनौती, समाधानका लागि सरकारले केहि प्रयास गरेन र आगामी योजनाबारे पनि कुनै ठोस योजना नै छैन।


परिवर्तन खबरःं मुलुकको समग्र अर्थतन्त्रलाई यहाँले कसरी हेर्नुभएको छ ? अहिलेको अवस्था के हो ? समस्या कहाँ छ ?
गोपाल पौडेल  नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । कतिपय आर्थिक सूचकहरु नकारात्मक छन् । समग्र मागमा न्यूनता आएको छ । राष्ट्रिय उत्पादन घटिरहेको छ । त्यसको प्रभाव रोजगारीमा परेको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकालेर अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन् । ती प्रत्येक समस्यामा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै संवाहक क्षेत्रलाई त्यहाँ रहेको समस्यामा प्रवेश गरेर समाधान खोज्न सबै दल केन्द्रित हुनुपर्छ ।


परिवर्तन खबरःं निजी क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । सरकारले निजी क्षेत्रसँग कसरी सहकार्य र समन्वय गरे राम्रो होला ?
गोपाल पौडेल  निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनोबल बढाउनु, उत्पादनका निम्ति उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु ,यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो । अर्थ मन्त्रीले लगातार निजी क्षेत्रसँग नियमित संवाद गर्नुपर्दछ । एन आर एन ए हरुलाइ एक पटकको नेपाली सधैको नेपाली भन्ने हक दिलाउनु पर्छ । गाँजालाइ सहज रुपमा खेति गर्न र बिक्रि बितरण गर्न दिनु पर्छ । बिदेशि रक्सिहरु को आयात बन्द गर्नु पर्छ । एन आर एन हरुले भोगिरहेका समस्या के हुन्, समस्या समाधानका लागि निजी क्षेत्रका अपेक्षा के छन् र ती अपेक्षाहरु पूरा गर्न सम्भव छन् वा छैनन् भन्ने कोणबाट इमान्दारिका साथ सबै पार्टीका नेताहरुले नियमित संवाद गरिरहनु पर्दछ ।


परिवर्तन खबरःं अन्तमा नेपाली जनताको लागि तपाईको केही सन्देश छ कि ?
गोपाल पौडेल  पार्टिको दासता बाट मुक्त भएर स्वतन्त्र नेपाली बन्नुहोस र निर्बाचन बाटै गणतन्त्र भन्ने सेतो हात्ति फाल्न तिन ठुला दल हरुलाइ हराइदिनुहोस अनि मात्र भ्रष्ट हरु जेल जानेछन र अर्थतन्त्रले लय लिनेछ । संघियता खारेज हुनेछ र देश टाट पल्टिन बाट जोगिनेछ । धन्यबाद!