सीता घिमिरे सापकोटा अध्यक्ष गैरआवासीय नेपाली सङ्घ एनआरएन बेल्जियम ।
प्रस्तुत छ नेपालको विकास र समृद्धिको विषयमा परिवर्तन खबरसँग बेल्जियमको राजधानी ब्रसेल्सबाट गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमकी अध्यक्ष सीता घिमिरे सापकोटाले गर्नुभएकोकुराकानीको सारसंक्षेप :-
परिवर्तन खबर :- सीताजी यहाँलाई हार्दिक स्वागत छ परिवर्तन खबर युट्युब च्यानलमा ?
सीता घिमिरे सापकोटा :- हार्दिक धन्यवाद अशोकजी thank you .
परिवर्तन खबर :- सीताजी अहिले बेल्जियमको हावापानी र नेपालीहरूको स्थिति के छ अलिकति बताइदिनु न ?
सीता घिमिरे सापकोटा :- बेल्जियमको हावापानी अहिले एकदमै राम्रो छ। टेम्परेचर तलमाथि भइराख्छ। दुई चार डिग्री तर २४-२५ २६ त्यस्तै हाराहारीमा छ। यहाँको टेम्परेचर एकदम राम्रो छ।बेल्जियममा नेपालीहरूको पनि राम्रो छ, सुरुवाती दिनमा जुन स्ट्रगल गरे, विश्वमा जहाँ गए पनि अत्यन्तै मेहनती छन्। परिश्रमी छन् याहाँका व्यवसायीहरुले होटल ,रेस्टुरेन्ट, व्यापार ,व्यवसाय ,कृषि हरेक क्षेत्रमा नेपालीहरुलाई पाएसम्म अरुलाई राख्दैनन् यहाँका मानिसहरूले, सुरुवाती दिनहरूमा निकै संघर्ष गरे र अहिले राम्ररी स्थापित भएका छन्। नेपालको चार भागको एक भाग जति सानो देश छ ,बेल्जियम भनेको लगभग १५ हजारको हाराहारीमा हुनुहुन्छ नेपालीहरु ।पाँच छ सयको हाराहारीमा नेपालीका व्यवसायहरू छन्। अहिले त नेपालीले नेपालीलाई जागिर दिँदै हुनुहुन्छ। जे होस् बेल्जियममा नेपालीहरू राम्ररी स्थापित हुनुभएको छ। नेपाली कम्युनिटी एकदमै राम्रो र बलियो भएर बसेको छ।
परिवर्तन खबर :- बेल्जियम कस्तो देश हो र त्यहाँको आर्थिक जनजीवन कस्तो छ ?
सीता घिमिरे सापकोटा :- सीता घिमिरे सापकोटा :- अत्यन्तै सबल देश छ, एकदमै सक्षम देश सानो देश हो । एकदमै अर्थतन्त्र बलियो देश,उदाहरणकाे लागी हिजो कोभिडको बेलामा दुई वर्षसम्म यहाँको सरकारले हरेक व्यक्तिलाई तलब भत्ता दिएर बचायो। नेपालमा भएको भए काम गर्नेहरु, व्यवसायीहरु सबै ब्यबसायीहरु , ज्यामीहरु खान नपाएर ब्याबसाय डुबेर सडकमा जानुपर्ने अबश्था थियाे तर याहाँ केही हलचल भएन ।कोही व्यवसायमा घाटा आफ्नो लाग्यो होला। कोही खान लाउनबाट स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुन परेन। राज्यको यति राम्रो व्यवस्था भएपछि अत्यन्तै मानव अधिकार भएको देश पनि हो जसले गर्दा बेल्जियमको अर्थतन्त्र एकदमै राम्रो छ यहाँ विकास गर्ने ठाउँ खोजिन्छ। अब किनभने त्यति विकास भइसकेको देश हो यो ।
परिवर्तन खबर :- भनेपछि नेपालले बेल्जियमबाट शिक्षा लिनलाई के गर्नुपर्छ ?
सीता घिमिरे सापकोटा :- अवश्य पनि एउटा राजनीतिक भ्याकुम यहाँ पनि थियो । १७, १८ महिना सरकार नबनेर । एकलौटी सरकार बन्न सकेन । एकमना सरकार बन्न सकेन । मिलिजुली सरकार बन्दै गर्दा बारम्बार यहाँ पनि सरकारहरु भत्केका अवस्था छन्।सरकार भत्केको अवस्थामा पनि देशको राष्ट्रिय नीति र परराष्ट्र नीति यहाँ कहिले पनि परिवर्तन हुँदैन। जसले गर्दा आफ्ना कामहरु भइराखे तर हाम्रो मुलुकसँग फरक यही छ कि हाम्रो मुलुकमा अदालत किनिन्छन् , नेता किनिन्छन् ,जज किनिन्छन् ,नेपालीलाई भुटानी बनाएर बेचिन्छन् अनेक खालका ताण्डवहरु नेपाल मै हुने गर्छन ।
परिवर्तन खबर :- भनेपछि बेल्जियममा जति इमान्दार नेताहरू छन् नेपालमा त्यस्ताे छैन। मूलरूपमा नेपाली नेताहरूले बेल्जियमका नेताहरूसँग नैतिकताकाे पनठ सिक्न जरुरी छ हैन ?
सीता घिमिरे सापकोटा :- अवश्य पनि, सेकेन्ड वर्ल्ड वार पछि ध्वस्त भएको हो नि त बेल्जियम पनि। ध्वस्त भएको देशलाई यहाँका नागरिकहरुले एकजुट भएर कसरी अगाडि बढाउन सकिन्छ भनेर रातदिन राष्ट्रिय इसुमा जहिले पनि एक हुन्छन् ।यहाँ पनि विभिन्न दलहरू छन्। भला अहिले हाम्रा नेपालीहरू पनि सानातिना नगरपालिका वार्डमा लडिराख्नुभएको छ। यहाँ विभिन्न दलहरु हुँदाहुँदै पनि राष्ट्रिय इसुमा जहिले पनिएक हुन्छन् भने हाम्रा नेताहरू कोसँग मिलेर कति दिन सरकार टिकाउनेमा मात्रै सीमित भए यो मानेमा हामीलाई एकदमै दुःख लाग्छ अशाेक जि ।
परिवर्तन खबर :- अब नेपालको राजनीतिक र आर्थिक समृद्धिका निम्ति नेपालीले के गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई। बेल्जियममा बसेर त्यहाँको सामाजिक जीवनलाई राजनीतिक जीवनलाई अध्ययन गरिरहनु भा छ त्यसलाई हेर्दाखेरि नेपाल र नेपालीले नेपाललाई समृद्ध बनाउन के गर्नुपर्छ भन्ने लाग्छ सिताजी यहाँलाई ?
सीता घिमिरे सापकोटा :- म पोइन्टवाइज गर्छु दुई चारवटा कुरा। नम्बर वान भ्रष्टाचार नियन्त्रण हुनुपर्छ।जब भ्रष्टाचार , कालाधन्धा ,ठूलाहरूले ठग्ने , सानाहरूलाई सिध्याउने , ठूलाहरु जहिले पनि कालाबजारी गरेर मौलाउनु भन्ने त्यस्तो खालको व्यवस्थाको अन्त हुनुपर्छ ।दलहरू राजनीतिक इसुमा , मुलुकको इसुमा , जस्तो उदाहरणका लागी भारतले सिमाना मिचेको थियो। त्यो ठाउँमा एक हुनुपर्नेमा आज एउटा गएर एउटा हस्ताक्षर गरेको हुन्छ । अर्कोले गएर अर्को हस्ताक्षर गरेको हुन्छ। त्यस्तो ठाउँमा समेत हाम्रो नेताहरूको इसु मिल्न सक्दैन भनेराष्ट्रिय इसुमा हाम्रा नेताहरू कहिले एक हुन सक्दैनन् । आज एउटाले अर्कोलाई खराब दल भनेर गाली गरेका छन् ।भोलि सत्ता टिकाउन आफ्नो स्वार्थको निम्ति त्यो दल आफूसँग मिल्न आयो भने एक हुन्छन् । यो खराब राजनीति ।यो दलदलको राजनीतिबाट मुक्त हुनुपर्छ ।तेस्रो कुरा इमान्दारिता जबसम्म इमान्दारिता नैतिकता राष्ट्रियता हुँदैन यी तीनवटा शब्द भएन भने मुलुक बन्नै सक्दैन यी सबै नेतामा दलहरुमा हुन जरुरी छ । अहिले नेपालमा एनजीओ आइएनजिओको जुन दबदबा छ । यिनले मुलुक बनाउँदैनन्। मुलुक बनाउने राजनीतिक दल नै हो। राजनीतिक सहमतिले नै हो। संसारको कुनै पनि ठाउँमा एनजीओले मुलुक बनाएको त छैन निभला केही आफ्नो ठाउँमा एउटा सेक्टरमा काम गर्देला। तथापि पनि काम गर्ने भनेको राजनीतिक दलले नै हो। मुलुकका ठूला पार्टीहरुले नै हो। ठूलाठूला नेताहरुले नै सुझबुझको एउटा चिन्तनले हो । राम्रो मान्छे पनि नेपालमा हुनुहुन्छ। तर उहाँहरु छायाँमा पर्नुभयो।जुनसुकै पार्टीमा पनि राम्रो व्यवस्थाका लागि लडेका मान्छेहरु पछाडि धकेलिएका छन्। किनकि उनीहरु कमिसनतन्त्र र घुसखोरीको पछाडि लाग्दैनन् कुनै पनि पार्टीमा इमान्दारिता भएन भने नैतिकता भएन भने त्यो पार्टीले मुभ गर्ने कदमहरु पनि सफल हुँदैनन् ।त्यस्ता पार्टीले मुलुकलाई मुभ गर्न सक्दैनन् । इमान्दारिता र नैतिकता हुन जरुरी छ। यसको अलावा भ्रष्टाचार न्यूनीकरण भनेर मात्र हुँदैन । मुलुकमा पैसा कम छ । मुलुकको अायश्राेत कम छ । विदेशबाट ऋण मात्र लिएर नेपाललाई ऋणको भकारी बोकाएर कहिलेसम्म मुलुक राख्ने त । अहिले विदेशमा बस्ने हामी नेपालीले मुलुकको लागि यत्रो पैसा पठाएका छौं। रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलेको छ भने आज कमसेकम त्यो रेमिटेन्सले चलेको अर्थतन्त्रको निम्ति विदेशमा बस्ने नेपाली पसिनाकाे सम्मान त गर्नुस नेता ज्युहरु ।मुलुकलाई कहीँ न कहीँ केही होस् भनेर हामीले लगानी गर्न खोज्छौं भने फाइल यति अड्काइन्छ त्यहाँबाट त्यहाँ यति घुमाइन्छ घुमाउँदा घुमाउँदा सोझो मान्छे त्यही थाकेर फर्केर आउँछ।मुलुक एउटा सिस्टमले चल्नुपर्छ। यहाँका मुलुकहरु सिस्टमले चलेका छन् तर सिस्टमले चलाउनु पर्यो। टेबल मुनिबाट घुस दिएर काम हुने नत्र नहुने भन्ने सिस्टमको अन्त्य हुनुपर्यो।
परिवर्तन खबर :- सीताजी तपाईँलाई के लाग्छ यी बदमासी गर्न पल्केकाहरू सुध्रिएर देश बनाउलान् ?
सीता घिमिरे सापकोटा :-सीता घिमिरे सापकोटा :- म त्यति ठूलो आशा त राख्दिन।छाेटी मुह बढी बात विदेशमा बसेर कुर्ले भन्नुहोला होइन तथापि चिन्ता त हुन्छ नि हामी देश छोडेका हौँ। भावना ,माटो ,कर्म ,देशभित्रको धर्म ,संस्कृति केही पनि छोडेका छैनौँ। हाम्रो पनि बाध्यता विवसता, नियति थियो होला। हामीलाई नै आउन मन थिएन होला । हामीले स्पेस पाएनौ होला ।त्यसकारण बेटर फ्युचरका लागि परिवारका लागि हामी आयौं होला। बाध्यात्मक परिस्थितिले बस्यौँ होला। तर दुई पैसा कमाएर पनि मुलुकमा लगानी गर्न खोजिरहेका छौं अहिले विदेशमा बस्ने नेपालीहरुलाई कम्तीमा एउटा नागरिकता दिँदा हुने हो ।ल ठीक छ राजनैतिक अधिकार नदिनुहाेस केही छैन। कमसेकम त्यहाँ लगानी गर्ने सुरक्षित अधिकार त दिनुहोस् भन्दै गर्दा विदेशमा बस्ने नेपालीहरुलाई गैर आवासीय नागरिकताको लागि अहिले १८ २० वर्षदेखि लडिरहँदा नि एउटा दलले अर्कोलाई देखाको छ ।उल्ले उल्लाई देखाएको छ गैरआवासीय नेपालीहरूको नेपालमा रहेको प्रपर्टी बिक्री गरेर ल्याएर विदेशमा लगानी गर्दिनुभयो भने नेपालको हालत के हुन्छ ? त्याे बिचार गर्नु भएकाे छ ।अहिले झण्डै ८० लाखको हाराहारीमा नेपालीहरू विश्वभर छरिएर बस्नुभएको छ।यत्तिका धेरै विदेशमा बस्ने नेपालीहरूले भोलि नेपालमा एकाएक रेमिटेन्स पठाउन बन्द गरिदिने हो भने नेपालको हालत के हुन्छ ? यतिका धेरै सङ्ख्यामा विदेश बस्ने नेपालीहरूको नेपालमा रहेको प्रोपर्टीको सुरक्षाको सम्बोधन नेपाल सरकारले गर्न सकेन भने आफ्नो लगानी र सम्पत्ति नेपालमा सुरक्षित भएन भने डेफिनेटली आफ्नो सम्पत्ति त्यहाँ राख्न चाहँदैनन्। त्यसैले त्यो खतरालाई नेपाल सरकारले बुझ्नपर्छ।
परिवर्तन खबर :- सीताजी अब यसको विकल्प के त ?
सीता घिमिरे सापकोटा :-दिन सकिन्छ गैर आवासीय नेपाली नागरिकता , संविधानमा पनि लेखियो। कार्यान्वयन गर्ने भनेर पनि गइयो। तर नियमावली बनाइएन। यसलाई नियमावली बनाएर वितरण गर्न सुरु गरे हुन्थ्यो |
परिवर्तन खबर :-जसको नियतमा नि बदमाशी छ। त्यसलाई नियमावलीले के गर्नु ?
सीता घिमिरे सापकोटा :- त्यो त स्योर त्यही हो। त्यो त बहाना मात्रै हो। किन दिइँदैन हामी आएर मुलुक खप्लक्क खाने त होइन। म जस्ता त लाखौं लाख नेपालीहरु यहाँ हुनुहुन्छ भने उहाँहरुले विदेश बस्नेसँग चुस्न पाएसम्म प्रयोग गर्ने , विदेश बस्ने नेपालीलाई उहाँहरुले के बनाउनुभयो भने चुनावताका जुन पार्टीमा जहाँ बक्सामा पैसा लिएर जान्छन् त्यसलाई प्रयोगको लागि मात्रै गैरवासी नेपाली देखाइदियो। म गर्छु मेरो दलले गर्छ। भोलि म सत्तामा गएँ भने प्रधानमन्त्री भएँ भने मेरो दल सरकारमा गयो भने तपाईंहरुलाई तपाईँहरूका मुद्दा सबै पास हुन्छन् भनेर कुकुरलाई हड्डी देखाएर फकाइन्छ नि त्यस्तै किसिमबाट फकाएको अवस्था छ।
परिवर्तन खबर :-अब यो सम्पूर्ण कुराको निकास अब नेपाललाई समृद्ध बनाउने संकल्प सहितको नयाँ नेतृत्व युवा नेतृत्व नआइकन सम्भव छैन भनेर नेपालभित्र नेपालीले चर्चा गर्ने गरेका छन् । यहाँहरू सहमत हुनुहुन्छ यो कुरामा ?
सीता घिमिरे सापकोटा :-सीता घिमिरे सापकोटा :- उमेरले नयाँ भएर कुरा नयाँ भएर भएन भिजन नयाँ हुनुपर्यो काम काममा जान पर्यो नयाँ दलहरू पनि त कुर्लिए मात्रै काम चाहिँ खास गरेनन् ।जुन हामीले आशा गरेका थियौं तिनीहरूबाट बोल्ने काम बढी भयो। काम चाहिँ फिल्डमा गएर प्राक्टिकल्ली कम भयो। त्यसकारण काम गर्ने नेताहरू संकल्प सहित आउन ,नेपालको माटोलाई छातीमा राखेर सङ्कल्पसहित एकपटक सोचेर आउने नेताहरूको जरुरी छ ।कति हुनुहोला भोलि नहुनुहोला त्यो आफ्नो ठाउँमा छ हेर्दै जाउँला।
परिवर्तन खबर :-तपाईँहरू जस्तो सम्भावना बोकेका इमान्दारिता सिकेका विदेशमा बसेर राजनीतिक नैतिकता सिकेकाहरु नेपालमा आएर राजनीति नै गर्न चाहनुहुन्न नेपालबाट नेतृत्व विकासको सम्भावना देखिएन । नेपालमा वैकल्पिक नेतृत्व विकास कसरी सम्भव छ सिताजी ?
सीता घिमिरे सापकोटा :-नेपालमा कम राम्रो मान्छेहरु हुनुहुन्छ, हरेक दलमा ती राम्रा मान्छेहरूलाई छायाँमा पारी अगाडि आउन उहाँहरुलाई दिँदै दिइएन । दलहरुमा यस्तो जालो छ उहाँहरुलाई अगाडि आउनै दिँईदैन किनकि उहाँहरु भ्रष्ट हुनुहुन्न र भ्रष्टलाई समर्थन गर्न पनि सक्नुहुन्न त्यसकारण त्यो एकदिन न एकदिन त चिरिन्छ किनभने बंगलादेशमा भर्खरै देखियो कत्रा कत्रा नेताहरु भाग्नुपर्यो। रातारात लखेटिनुपर्यो।
परिवर्तन खबर :-भनेपछि अब नेपालमा समृद्धि ल्याउनको निम्ति नयाँ नेतृत्व राम्रा नेताहरु आउनका निम्ति फेरि एकपटक राजनीतिक विद्रोह हुन जरुरी छ ?
सीता घिमिरे सापकोटा :-अब त्याे बिद्राेह भनेर हिजो माओवादी द्वन्दकालमा १५००० मान्छे मार्या जस्तो नहोस् कृपया हामी चाहिँ कुनै पनि नेपाली दाजुभाई दिदीबहिनी एकजना पनि अप्रिय घटना भयो भनेर हामीले सुन्नु नपरोस ।तर राजनैतिक बुझबुझले अगाडि आउन जरुरी छ राजनीतिक परिवर्तनको लागि र नयाँ सोचको लागि विद्रोह हुनैपर्छ।
परिवर्तन खबर :- हवस सीताजी अन्त्यमा नेपालभित्र रहेका नेपाली र विश्वभर छरिएर रहेका नेपालीलाई यहाँको केही सन्देश भए दिनुहुन अनुरोध गर्छु।
सीता घिमिरे सापकोटा :-सबैलाई नमस्कार एकदमै सबैजनालाई, विदेशमा बसेर भएपनि आफ्नो माटोको लागि ,आफ्नो गाउँको लागि ,ठाउँको लागि नेपाल आमाको लागि ,जसले सोच्नुभएको छ नसोचेको भए पनि सोचिदिनु होला । मन यहाँ भएपनि हाम्रो भावना नेपालमा छ। हामीले नेपालको लागि केही गरेका छौं आज हामीले एनआरएनए बेल्जियमले जाजरकोटमा स्कुल बनाउँदैछ केही न केही आफ्नो गाउँमा गाउँको लागि भएपनि गरिदिनुहोला ।दुःखी गरिब असहायका लागि केही गरिदिनुहोला। आफ्नो लागि सबैले गरेका हुन्छन्, त्यसैले मानवताको नाताले अरुका लागि पनि केही गरिदिनुहोला साथै नजिकिएको नेपाली नारीहरूको चाड हरितालिका तीजको सबैमा शुभकामना भन्न चाहन्छु धन्यवाद ।