Pin It

 

बिराटनगर, मंसिर २१ गते , स्व.गाेबिन्द प्रसाद लाेहनी द्वारा लिखित अष्ट्रेलियादेखि युराेपसम्म यात्रा संस्मरणकाे अाज एक समाराेहका बिच लाेकार्पण गरियाे ।

लाेकार्पण समाराेहमा समालाेचकहरु साहित्यकार गाेपाल रेग्मी, साहित्यकार कृष्ण पाेख्रेल, प्रा डा हरिहर भण्डारी, दिनेश श्रेष्ठ, प्रमुख अतिथि साहित्यकार बलराम पाेख्रेल लगायतले कृतिकाे समीक्षा गर्नुभएकाे थियाे भने कृतिका सम्पादक एवं लेखक स्व.गाेविन्द प्रसाद लाेहनीका छाेरा कपिल लाेहनीले कृतिकाे बारेमा प्रष्ट पार्नु भएकाे थियाे ।
बिराट साहित्य संगम द्वारा अायाेजित साे लाेकार्पण समाराेहकाे सभापतित्व विराट साहित्य संगमका अध्यक्ष मधु पाेख्रेलले गर्नुभएकाे थियाे भने स्वागत मन्तब्य साहित्यकार लक्ष्मि युमि र संचालन रामबाबु दहाल ले गर्नुभएकाे थियाे ।