विराटनगर ,चैत्र ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अब मुलुकको निम्ति योगदान गर्ने बेला आयो पार्टीको निम्ति होइन मुलुकको निम्ति भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनुभयो। आगामी आन्दोलन राजसंस्था पुनर्स्थापनाका निम्ति अहिंसात्मक र शान्तिपूर्ण हुने भएकाले तोडफोड र रक्तपातको कल्पना नगर्न अनुरोध गर्नुभयो
आन्दोलनको नाममा राप्रपा अब फेरि तोडफोड र रक्तपात चाहँदैन मुलुकले अब फेरि रक्तपातपूर्ण क्रान्ति थाम्न नसक्ने भएकाले हामी कसैलाई निषेध नगरी सबै राजनीतिक दलहरूको सहमतिमै राजसंस्था हिन्दु राष्ट्र फर्काउन चाहन्छौं भन्दै राप्रपा अध्यक्ष लिङ्देनले एमालेले गाउँ गाउँमा प्रतिकार समिति बनाएर प्रतिकार गर्ने भनेको प्रतिकार गर्ने सत्तामा बसेर कसको विरोध गर्ने विरोधै गर्ने गर्ने भए सत्ता छाड्नुस् हामी सत्तामा बस्छौं र तपाईँहरू विरोध गर्नुस् भन्नुभयो
मुडभेटको राजनीतिले कसैलाई भलो नहुने भन्दै अध्यक्ष लेनदेनले नविन सहमतिका निम्ति सबैलाई आह्वान गर्नुभयो।
हिजो चैत्र ८ गते राप्रपाको कन्काई नगर अधिवेशनको उद्घाटन गर्दै झापाको सुरुङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले चाहेको भए राजा फर्काउन माओवादी जस्तो बन्दुक बोकेर जनयुद्ध गर्न सक्थ्यो। मान्छे मारेर विध्वंस मच्चाएर देश उभो नलाग्ने भएकाले राप्रपाले शान्तिपूर्ण परिवर्तनका निम्ति नविन समझदारीको बाटो रोजेको बताउनुभयो
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय प्रवक्ता एवं कोशी प्रदेशका पूर्व वाणिज्यमन्त्री भक्तिप्रसाद सिटौलाले नेपाल वैदेशिक सनातन हिन्दु राष्ट्र भएको र यसका राजा विश्वकै एकमात्र हिन्दू सम्राट थिए। त्यसलाई गणतन्त्रवादी भन्नेहरुले विदेशी डलर खाएर विदेशीको इशारामा समाप्त पारिदिए पारिदिएको आरोप लगाउँदै उहाँले गत २५ गते काठमाण्डाैंमा राजाको स्वागतमा उभिएको भिड आफ्नो जीवनकालमा अहिलेसम्मकै सबैभन्दा धेरै जनता स्वतस्फुर्त निस्केको ठूलो भीड आफुले देखेको र त्यसले गणतन्त्रका विरुद्ध राजसंस्था स्थापना हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेजीका लागि गणतन्त्रवादीहरुलाई चुनौतीको संकेत भएको उहाँले बताउनुभयो
कार्यक्रमलमा केन्द्रीय सदस्य श्यामसुन्दर ओली झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा। बिर्तामोड नगरकी पूर्व सभापति रन्जु प्याकुरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले श्री ५ बडा महाराजा धिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी उद्घाटन गर्नुभएको कन्काई नगर अधिवेशनले गोपाल चुडालको अध्यक्षतामा २१ सदस्य नयाँ नगर कार्यसमितिको चयन गरेको घोषणा गरिएको थियो भने कन्काई नगरका १८ जना जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै सयौँको सङ्ख्यामा एमाले कांग्रेस पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश गराइएको थियो।अधिवेशनको प्रारम्भमा निवर्तमान अध्यक्ष टिका बरालले प्रतिवेदन पाठ गरेर सुनाउनुभएको थियो भने कार्यक्रमको सभापतित्व पनि उहाँकै थियो। कार्यक्रमको सञ्चालन निवर्तमान नगर सचिव चन्द्र भट्टराईले गर्नुभएको थियो।