
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराज प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले यस अगाडी नै सहयोगको घोषणा गरेका थिए । प्रदर्शनमा एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजक र सवारी चालक सविन महर्जनको मृत्यु भएको थियो । रजकको राजावादीका प्रदर्शनकारीले लगाएाके आगोमा परेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रदर्शनका क्रममा भाटभटेनीमा समेत ढुङगा मुडा र चोरी भएको थियो ।
प्रदर्शनकारीले तिनकुने क्षेत्रमा आग्जानी तथा जडिबुटी प्रशोधन केन्द्रमा समेत आगो लगाएर ध्वस्त बनाएका थिए । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले राजावादीले गरेको नोक्सानीका बाबजुत पनि पिडितहरुलाई सहयोग गरेका हुन् । अझ गुरुङले भाटभेटी लुटपाटका क्रमम भाटभटेनी जोगाउने सुरक्षा गार्ड तथा कर्मचारीलाई सम्मान सहित पुरस्कृत समेत गरेका थिए । त्यहि क्रममा उनले रजकको परिवारलाई ५ लाख तथा महर्जनको परिवारलाई ३ लाख सहयोग साथै रोजगारी दिने पनि बताएका थिए । गुरुङले मृतकका परिवारलाई भेट गरी आज बिहान चेक हस्तान्तरण गरेका हुन् । पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पु¥याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए
त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए । अब भाविसालाई भाटभटेनीमा काम गर्न अबसर दिने उनले बताएका छन् ।उक्त हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणा लगायत ७३ जनालाइृ पक्राउ गरेको छ ।
यता घटनाका मुऋय नाईके दुर्गा प्रसाई अहिले सम्म फरार छन् । उनी भारत भागेको अनुमान गरिएको छ । नेपाल प्रहरीको एक टोली पनि यतिबेला भारतमै छ । तर, प्रसाई हात पर्न सकेका छैनन । राजावादीहरले १५ गते बितण्डा मच्याए पछि राप्रपाको आजको कार्यक्रममा भने सुरक्षा सर्तकता अपनाईएको छ । भारी मात्रामा सुरक्षाकर्मी खटाईएको छ । १५ गतेको राजावादीको आन्दोलनमा सुरक्षा दिन चुकेको प्रहरी आज हाई अलर्टमा राखीएको छ । १५ गतेको प्रदर्शनमा सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन नसक्दा मानविय क्षति तथा भौतिक क्षति दुबै भएको थियो । त्यस्ैले सम्भावित घटनालाइृ मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको हो ।