विराटनगर, मंसिर २ गते १ नं. प्रदेशसभा सदस्य केदार कार्कीले बुढिगंगा गाँउपनलीका वार्ड नं. २ स्थित सकमा हेल्थपोष्टमा नव निर्मित प्रसुती भवनको उद्घाटन भवनकै भित्तामा टाँसिएको सिला लेख पढेर गर्नु भयो ।
चार वर्ष अगाडि भवनको अभावको अभावमा बन्द भएको प्रसुती सेवा सरकारी बजेटमा भवन तयार भए पछि आज एक समारोहका विच प्रमुख अतिथि सांसद कार्कीले कार्यक्रम स्थलमा पानसभा वत्तीवाली, विरुवामा पनी हालेर कार्यक्रमको उद्घाटन गर्नुभयो भने भवनको उद्घाटन शिलालेख पढेर गर्नुका साथै कार्यक्रमका विशिष्ट अतिथि बुढीगंगा गाउँपालीकाका अध्यक्ष बालचन्द्र माझीले प्रसुती कक्षको ढोकामा लगाइएको रिबन काटेर प्रसुती कक्षको सेवा सुचारु गर्न भएको थियो ।
प्रमुख अतिथिको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले यो मंसिर महिना भर यो प्रसुती भवनमा प्रसुती हुने आमाहरुलाई आफ्नो तर्फबाट एक एक वटा साडि प्रदान गर्ने घोषणा गर्नु भयो । त्यसैगरी विशिष्ट अतिथिको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै बुढिगंगा गाउँपालीकाका प्रमुख बालचन्द्र माझीले गाउँ पालीकाका तर्फबाट यो प्रसुती भवनमा पहिलो प्रसुती हुने महिलालनई रु पच्चिस हजार र एउटा कम्बल दोश्रो प्रसुती हुने महिलालाई रु पन्ध्र हजार नगद र एउटा कम्बल साथै तेश्रो प्रसुती हुने महिलालाई रु दश हजार नगद सहित एउटा कम्बल प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा जाग्गादाता स्थानिय हरिचरण विश्वास, भवन निर्माण र प्रसुती सेवा सञ्चालनमा विषेश योगदान पुर्याउने कर्मचारी विष्णु संतोषी घिमिरे र तत्कालीन गा.वि.स. सचिव एवं हाल बुढिगंगा गाउँपालीका कार्यकारी अधिकृत विनोद कुमार न्यौपानेलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
बुढिगंगा वार्ड नं. २ का वडाध्यक्ष रेवती नारायण चौधरीको सभापतीत्वमा संचालीत सो कार्यक्रमलाई बुढिगंगा गाउँपालीकाका स्वास्थ्य संयोजक वासुदेव रेग्मी, स्वास्थ्य कार्यालय मोरङ्गका उत्सव पोख्रेल, प्राध्यापक कविराज न्यौपाने, बुढिगंगा १ का वडाध्यक्ष युवराज पौडेल, बुढीगंगा गाउँपालीका उपाध्यक्ष अमृता गच्छदार नेपाली कांग्रेशका नेता जित नारायण थापा लगाएतका वक्तहरुले सम्बोधन गर्नु भएको थियो ।