उदयपुर, मंसिर २ गते, नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले त्रियुगा नगरपालीका वार्ड नं. ५ श्रीपुर स्थित जलधारा टोल विकाश संस्थाका महिलाहरुलाई ४ थान निःशुल्क सिलाई मेसिन वितरण गर्नुभएको छ
।
महिला विशेष आय आर्जन शिपमुलक कार्यक्रमका लागी वितरण गरिएका सो मेसिनहरु हिजो एक कार्यक्रमका विच हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा प्रदेशसभा सदस्य हिमाल कार्की, नगर सभापती सरोज वस्नेत, वडा अध्यक्ष केदार थापा, थुवा नेता लवराज अधिकारी लगाएत कांग्रेश नेताहरुको उपस्थिति थियो ।