Pin It


विराटनगर, मंसिर ४ गते, नेपाली काँग्रेशका महामन्त्री डा. शशांक कोइरालाले कालापानी नेपालको भु–भाग भित्र पर्ने र भारतले हाले जारी गरेको नक्सा गलत भएकाले त्यसलाइ सच्याउनु पर्ने वताउनु भएको छ ।
काठमाण्डौबाट धरान जाने क्रममा आज विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै महामन्त्री कोइरालाले पत्रकारहरुको जिज्ञाशाको उत्तर दिदैं नेपाली काँग्रेशको आशन्न चौंधों महाधिवेशनमा सेर व. देउवाको विरुद्ध आफुहरु एक जुट भएर एउटा मात्र उमेदवार खडा गर्ने र पार्टि सभापतीबाट सेर व. देउवा एक्लै एकातिर हुनुहुन्छ र अर्को तिर हामी ८, ९ जना छौं, हामी सबै एकिकृत हुन्छौं र देउवा विरुद्ध एउटा मात्र उमेदवार दिन्छौ, दुइटा, तिनटा उमेदवार भयो भने फेरी देउवा नै पार्टिमा हावी हुनुहुनेछ त्यसैले अब हामी त्यस्तो हुन दिन्नौ सकभर एउटै उमेदवार दिन्छौ ।


फोरम लोकतान्त्रीक काँग्रेशमा एकिकरण भएको दुई वर्ष वितिसक्ता पनि समायोजन भएको छैन केद्रिय सदस्यमा अपराधि र डनहरुलाई पनि राखेकोले काँग्रेशले स्विकार नगरेको भन्ने पत्रकारको प्रश्नलाई नकार्दै महामन्त्रीले आफुले अध्यन गर्न नभ्याएको र अध्यन पछि मात्र बोल्ने बताउनु भयो तथ्य प्रमाण विना त्यसै वोलन नहुने भन्दै महामन्त्री कोइरालाले मोहमद अफताव आलमलाई जवर जस्ती गरेर फसाइएको अहिले सम्म बहाका विरुद्ध कुनै ठोस प्रमाण फेला नपरेको र वहाँका बारेमा काँग्रेशले आफ्नो अवधारणा सार्वजनिक गरी सकेका बताउनु भयो ।