विराटनगर, मंसिर ११ गते, विराटनगर महानगरपालीका वार्ड नं. ३ ले जेष्ठ नागरीकका लागी आयोजना गरेको आँखा तथा कान निःशुल्क शिविरको उद्घाटन पूर्व अर्थमन्त्री महेश आचार्यले पानसभा वत्ती वालेर जेष्ठ नागरीक हातेमालो सेवा समाजको भवन विराटनगर –३ मा गर्नु भयो ।
उदघाटन कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्नेक्रममा पुर्व मन्त्री आचार्यले अधिकांश जेष्ठ नागरिकहरुलाई उच्च रक्तचापको विरामले च्यापने गरेको र यसका कारणले पक्षघात भएर घरमा बेसिहार, भएर अप्ठारो संग परिवारको हेला भएर वाँच्न वाध्य हुनु पर्ने भएकाले जेष्ठ नागरिकहरुलाई यस्तो परिस्थितिबाट बचाउन रक्तचाप सम्बन्धिका शिविरहरु पनि संचालन सुझाव दिनु भयो ।
विराटनगर –३ मा जेष्ठ नागरिकका लागी विराटनगर महानगर पलीकाले जग्गा उपलब्ध गराइदिएको भवन निर्माणका लागी आर्थिक सहयोग उपलब्ध गराइदिएको प्रति कृतज्ञता ब्यक्त गर्दै ३ महिना मै भवन बनाइ सकेर संचालन थाल्न सफल भएको प्रती प्रमुख अतिथि आचार्यले जेष्ठ नागरिकहरुको कार्य ब्यावस्थापनको खुलेर प्रसंसा गर्नु भएको थियो ।
विराटनगर महानगरपालीका वार्ड नं. ३ का वडाध्यक्ष, विनोद कुमार वस्नेतको सभापतीत्वमा संयलीत समारोहलाई महानगरका मेयर भिम पराजुली, प्रदेश सभा सदस्य शान्ता पौडेल, उपमेयर इन्दीरा कार्की, काँग्रेश महासमिति सदस्य विश्वनाथ रिजाल लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।