विराटनगर, मंसिर १२ गते बुढिगंगा गाउपालीका वार्ड नं. २ वगवनमा रहेको लोटस सार्वजनिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा ब्याग विवरण कार्यक्रमको उद्घाटन पानसभा वत्ती बालेर १ नं. प्रदेशसभा सदस्य माननिय चुमनारायण तबदारले गर्नु भयो ।
कार्यक्रमलाई प्रमुख अतिथि माननिय चुमनारायण तबदार, विशिष्ट अतिथि बुढिगंगा गाउँपालीका प्रमुख बालचन्द माझी, अतिथि बुढिगंगा गाउपालीका उपाध्यक्ष अमृता गच्छदार, नेपाली काँग्रेश ६ नं. क्षेत्रिय सचिव चेत राज रेग्मी लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रम समापन पछि प्रमुख अतिथि सांसद तबदार, विशिष्ट अतिथि माझी, उपाध्यक्ष गच्छदार, नेका सचिव रेग्मी लगायतका अतिथिहरुको हातबाट लोटसका मसिना विद्यार्थीहरुलाई व्याग सहित लगाउने पोशाक र कपि वितरण गर्नु भएको थियो ।
एकसय उन्नसठी विद्यार्थी र ७ जना शिक्षक रहेको सो सार्वजनिक विद्यालयलाई उचित शैक्षिक अवसर प्रदान गर्न माननिय सांसद चुमनारायण तबदारले सांसद कोषबाट रु ५ लाख प्रदान गर्नु भयो भने बुढिगंंगा गाउपालीका अध्यक्ष वालचन्द माझीले गाउँपालीकाबाट आधारभुत विकाशका लागी सहयोग उपलब्ध गराउने वचन दिनुभएको थियो ।