बिराटनगर , मंसिर २९ गते , बुढीगंगा २ स्थित बगबनमा रहेको लोटस सार्वजनिक विधालयका १ सय ५९ बिधार्थि लाई आज एक समारोहका विच १ नं. प्रदेश सभा सदस्य माननिय चुम नारायण तबदारले खाजा खुवाएर पोषण युक्त दिवा खाजा कार्यक्रमको उद्घाटन गर्नुभयो ।
दलित, आदिवासि, जनजाति , र पिछडा बर्गका बाल बालिकाको संख्या अधिक रहेको यस बिधालय लाई बुढीगंगा गाउँ पालिकाले भर्खरै सार्वजनिक बिधालयको सुचिमा दर्ता गरेको थियो ।
भने गत महिना मात्र यस बिधालयका छात्र , छात्रा लाई विभिन्न दाताहरुले पोशाक तथा कपि उपलब्ध गराउनु भएको थियो ।
१ सय ५९ को संख्यामा रहेका विधार्थिलाई ७ जना शिक्षक , शिक्षिकाले विना तलब अध्यन अध्यापन गराई रहनु भएकाले बिधालयको र्भातिक अबश्था सुधार गर्न बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि र उपाध्यक्ष अमृता गच्छदार ले बिधालय क्षेत्र भित्र शौचालय र खानेपानिको ब्याबस्था गराई दिनुभएको थियो भने माननिय प्रदेशसभा सांसद चुमनारायण तबदारले पोषण यक्त खाजाका लागी रु पाँच लाख प्रदान गर्नु भएको थियो ।
आजको कार्यक्रममा विषिष्ट अतिथिको आशन बाट बोल्दै बुढीगंगा उपाध्यक्ष अमृता गच्छदा।ले बिधालयको भित्ता बासको भाटाको भएकोले कंक्रिटको बनाउन सहयोग गर्ने बचन दिनु भयो भने प्रमुख अतिथि सांसद तबदारले बिना तलब काम गरिरहेका शिक्षक , शिक्षिका तर्फ ईसारा गर्दै आफुले सकेसम्म सहयोग गर्ने बताउनु भएको थियो ।
आजको समारोह लाई निशुल्क अंग्रेजि माध्यमबाट संचालन गर्ने अभियानका अभियन्ता अनुप देब , समाज सेवि जैविन यादब , बलराम माझि लगायतका बक्ताहरुले समबोधन गर्नु भएको थियो ।