Pin It


१. दाइ स्वागत छ याहाँलाई
Ò धन्यवाद ।
२. अहिले नेपालको राजनितिले कुन मोड र कुन बाटो लिएको छ दाई ?


Ò अहिले नेपालको राजनिति चाहिं चौरस्तामा उभिएको यात्री जस्तो छ । किन भने एउटा कम्युनिष्ट स्लोगनबाट दुई तिहाइको एउटा सरकार छ, अब सम्पुर्ण शक्ति त्यो सरकारमा अथवा विचारधारासंग छ भनेको पारलियामेन्ट को दुइ तिहाइ हुनु भनेको सम्पुर्ण शक्ति र सत्ता एकातिर हुनु हो, किन भने दुइ तिहाइले सरकार शक्तिशाली बन्छ त्यसले न्याय प्रणालीमा पनि प्रभाव पार्छ हामीले विगतमा देखेका छौं । त्यस्तै गरेर त्यसको प्रभाव शासन सत्तामा पर्छ, स्वतन्त्र संस्थाहरुमा पर्छ, मानव अधिकारमा पर्छ, निर्वाचन आयोगमा पर्छ, लोकसेवा आयोगमा पर्छ, अख्तियार आयोगमा पर्दछ, त्यसो भएको हुनाले हरेक नियुक्तीहरु सरकारले गर्ने हो, दुइ तिहाइ एउटै पार्टिको छ एउटै पार्टिको भईसके पछि त्यो विचारधारासंग उनिहरुलाइ स्विकार गर्ने मानिस मात्र त्यहाँ पुग्न सक्ने भए, त्यसो भएको हुनाले अहिले सम्पुर्ण शक्ति एउटै विचारधारा भएको पार्टिमा भएको हुनाले यो लोकतन्त्रका निम्ति खतराको अवश्था हो भन्ने मलाई लाग्छ र त्यहि अवश्थामा चाहि अहिले हाम्रो मुलुक छ ।
३. होइन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेशले अधिनायकवादी राज्य सत्ता बन्यो भनेर आरोप लगाउने गर्छ यो लोकतन्त्र माथी खतरा देख्नु र यसलाई अधिनायकवादी भन्नुमा के अन्तर रह्यो ?
Ò संसारको इतिहास के छ भन्दा खेरी पहिलो कुरो त अधिनायकवादि शक्तिहरु पनि निर्वाचन बाटै अएका हुन्छन चाहे लेनिन होस चाहे मुसोलिनि होस, चाहे हिटलर होस जुनसुकै सत्ता जो अधिनायकवादी छ ति पनि चुनावबाटै आएका हुन्छन, पहिलो कुरा त वैचारीक रुपबाट अहिले पनि कम्युनिजमको आधारभुत सिद्धान्त भनेको अधिनायकवादै हो । त्याहाँ प्रजातान्त्रिक, लोकतन्त्रिक पद्धतिबाट शासन सत्ता संचालीत हुनु पर्दछ भन्ने डक्टिन पनि हुदैन । उनिहरुसंग निष्ठा पनि हुदैन ।उनिहरुसंग सिभिलाइजेसन पनि हुदैन, त्यसो भएको हुनाले बैचारिक कारण बाट यो अधिनायक बादि हो भनेर भन्न सक्ने यो पर्याप्त धरातल हो ।
अर्को कुरा के हो भन्दा अहिले सरकारले के गरिराख्या छ त ? अहिले सरकारले जे जे गरी राख्या छ त्यो पनि अधिनायकवाद हो । किन भने अहिले भ्रष्टाचारको कुरा उठ्या छ, त्यो पनि सत्तासंग नजिक भएका मान्छेहरु भष्टाचारमा निर्लिप्त भएको कुराहरु आइराख्या छन, ह्वाइटबडिको कुरो, एन सेलको कुरा, जलश्रोतका कुराहरु आइराख्या छन त्यसलाई रोक्ने शक्तिको अनुपस्थिति छ हामीकहाँ, धेरै शक्तिहरु त्यसमा पनि स्वतन्त्र पत्रकारीता माथी अंकुश लगाउने विद्येयक ल्याउनु ,स्वतन्त्र मानवअधिकारका संस्थाहरुलाई निश्तेज गर्ने विद्येयकको मस्यौदा तयार पार्नु, राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीको मातहतमा ल्याउनु , ठुला ठुला विकाश वजेटहरु प्रधानमन्त्रीले दिन पाउने गरी प्रधानमन्त्रीको मातहतमा ल्याउनु यो सम्पुर्ण सत्ता प्रधानमन्त्री मातहत गर्न खोज्नु नै को हो भन्दा खेरी त्यो अधिनायकवादी हो । किन भन्दा खेरी प्रजातन्त्रमा, लोकतन्त्रमा तपाइले शक्तिको विकेन्द्रिकरण गर्नु हुन्छ, पावरलाई तल सम्म जनता सम्म लैजानु हुन्छ तर याहाँ के भइरहेछ भने शक्तिलाई केन्द्रिकरण गरिदैछ जब शत्ताले सारा शक्तिलाई केन्द्रिकरण गर्न थाल्छ त्यो बेला अधिनायकवादको जन्म हुन्छ । त्यो राज्य सत्ता भनेको अधिनायकवादी राज्य सत्ता हो ।
४. कम्युनिष्टहरुले मुलुकलाई अधिनायकवाद तर्फ लान खोजे र अधिनायकवाद लादे भने प्रमुख प्रतिपक्ष के गर्छ ?
Ò अधिनायकवाद हाम्रो जस्तो मुलुकमा लाद्न सक्ने अवश्था म देख्दिन र दोश्रो कुरा अधिनायकवाद पनि लोकप्रीय हुनु पर्छ किन भने यो सरकार लोकप्रिय छैन । किनभने अधिनायकवादी कहिलेकाहि के हुन्छ भन्दा खेरी प्रजातान्त्रीक अथवा अरु सिस्टमहरु खतम भएर अधिनायकवाद एउटा पार्टिमा अथवा एउटा मान्छेमा सम्पुर्ण शक्ति भयो भने देश विकाशमा हुन सक्त छ , सेक्युरिटि हुन सक्तछ भन्ने एउटा फिलिङ्ग मान्छेमा हुन सक्तछ । अब हामीकामा चाही कम्युनिष्टहरु सत्तामा छन कम्युनिष्टहरु सत्तामा भएपनि यिनिहरुको चारित्रिक धरातल स्खलित छ । यो चाहि कुनै परिवर्तनको वाहक हो भनेर जनताले महशुस गरेका छैनन, जनतालाई लाग्दैन किन भन्दा खेरी यिनिहरु अरबौ पैसा कमाउने धन्दामा लागेका छन , विलासी क्रियाकलापमा लागेका छन , जनताले एउटा पान वेच्नेले पनि कर तिर्छ । त्यो जनताले दिएको करले ऐस आरामको जिन्दगी विताएका छन । जनतालाई थाहा छ कम्युनिष्टको राष्ट्रपतिलाई डेड डेड अरबको हेलिकप्टर चढ्ने शौख हुन्छ ,त्यहि पार्टिको महासचिव जग्गा प्रकरणमा परेको समाचार हमीले हेरिरहेका छौ । हवाइटवडी प्रकरणमा सरकार मुछिएको प्रमाणित छ । एउटा यस्तो भ्रष्टाचारमा चुर्लुम्म डुबेको , चरित्रिक रुपले स्खलीत भएको यो सरकार, सत्ता अधिनायकवादी राज्य सत्ता संचालन गर्ने हैसियत भने राख्दैन । नेपाल जस्तो राजनैतिक अवस्थामा रहेको माने भौगोलीक याहाको यस्तो अवश्था छ । तल्तिर भारत छ । मास्तिर चिन छ अरु अमेरीका लगाएत सबैको याहाँ भुमिका छ । अरु देशहरुको प्रशस्त भुमिका खोजिएको हाम्रो देश भएको हुनाले कुनै पनि अधिनायकवादी सरकार चल्ने सम्भावना भने छैन तर कोशीस कम्युनिष्टहरुको कोशिस किनभने तपाई हेर्नुस उत्तरकोरीया जान्छन याँहाका कम्युनिष्ट नेताहरु , उत्तर कोरीया जस्तो बर्बर र क्रुर यो संसारमा कुनै राष्ट्र छैन । आफ्ना जनता प्रति अति वर्वर राष्ट्र, जनता भोका छन उसलाइ शक्तीको तृष्णा छ , भोक छ , उ एटम बम बनाउन लागेको छ , जनताको पेटमा एटम बम पड्किसक्यो भनेको भोकले त्यस्तो चाहि यिनिहरुको आदर्श पुरुष छ । त्यस्तै दक्षिणी अमेरीकी देश भनेजुयला जान्छन, भनेजुयलामा चुनावमा धाँधली गरेर सत्तामा आएको पार्टि कम्युनिष्ट विचारधारा बोकेर हिडेको छ त्यो संग रिलेशन बनाउन चाहन्छन, कम्वोडीया जो पुर्व कम्युनिष्ट मुलुक हो त्यसको राष्ट्रपतिलाई यिनिहरु नेपालमा स्वागत गर्छन र यसले उनिहरुको निहित चरित्रलाई प्रष्ट पार्छ । यो परिवेश एकातिर छ भने अर्का तिर विकाशमा यिनिहरुको अन्योलता छ । विकाशका सन्दर्भमा नत निजि क्षेत्रलाई बलियो बनाएर लगीराखेका छन न त विदेशी लगानी कर्ताले भर गरी राख्या छन । त्यो पृष्ठ भुमिमा कुनै पनि सत्ताले अधिनायकवादी हुन खोज्नु भनेको पतनको बाटो तिर जानु हो मलाई लाग्छ कि सरकार पतनको बाटो तिर छ । किन पतनको बाटो तिर छ भने भ्रष्टचार छ , शान्ति सुरक्षा छैन । बलत्कार र हत्या भएकाहरुलाई कानुनि उपचार गर्न सक्या छैन । त्यसो भएको हुनाले अधिनायकवादि इच्छा छ तर त्यो प्राप्त गर्न सक्ने स्थिति , पृष्ठ भुमि , धरातल भन्नुस केहि पनि छैन ।
५. नेपाली काँग्रेशको अबको भुमिका के हुने छ ?
Ò नेपाली काँग्रेशले पर्याप्त भुमिका खोज्नका निम्ति सब भन्दा पहिला नेपाली काँग्रेश भित्र नै त्यो योग्यता निर्माण हुनुपर्छ । त्यो भनेको के हो भन्दा खेरी बैचारीक रुपले जनतामा प्रष्टहुन जरुरी छ । अहिले हामी माथी जनताले बैचारीक प्रश्न तेस्र्याउन थालेका छन । वि.पि. कोइरालको सिद्धान्तलाई यसले छोडयो , राष्ट्रियताको बारेमा कमजोर भयो, आदि इत्यादि हामीलाई आरोप छ । त्यसो भएको हुनाले हामीले आन्तरिक व्यावस्थापन गर्न सबै भन्दा पहिले त पार्टि भित्रको निति निर्माणको तत्व हामीले स्थापना गर्नु छ । हार्दिक एकता स्थापना गर्न पर्यो । हार्दिक एकता ल्याउने तत्व के हो त भन्दा खेरी दुइटा हो , एउटा जस्टिस अर्काे फिलोसपी यी दुइटा तत्वले हामीलाई एक गराउँछ । तपाइ जब ब्यक्तीमा बाँडीनुहुन्छ व्यक्तिमा बाँडीन थाल्नुभो भने झगडा हुन्छ । निजि क्षेत्र निजि भनेको के हो भने आफ्नो मात्र आफुलाइ केन्द्रित गरेर म हुनुपर्छ प्रधानमन्त्री मेरो परिवार हुनुपर्छ , मेरा आसेपासे हुनुपछ र्, भन्न थाल्नु भयो भने त्यसले युनिटि निर्माण गर्न सक्दैन । युनिटि के ले निर्माण गर्छ भन्दा खेरी पार्टि भित्र जस्टीस हुनु पर्यो तपाइलाई जस्टीस भएन मुल आधारभुत कुरो त जस्टिस हो नी...
६. भने पछि याहाँ पनि पार्टि नेतृत्वसंग असन्तुष्ट हुनुहुन्छ ?
Ò म असन्तुष्ट भनेको के हो भने पार्टिलाई सहि दिशाबाट अगाडि बढाउन नसकि रहेको अवश्था हो भन्ने मेरो विष्लेषण र अनुभव छ । यो मेरो ठम्याइ हो ।
७. नेपाली काँग्रेशको चौधौं महाधिवेशन आइरहेको छ काग्रेश भित्र गुट र उप गुट देखि रहेका छन अब यसको निकास के होला पुर्व मन्त्री ज्यू ?
Ò हाम्रो ध्यान र हाम्रो सोच जहिले पनि के हो भन्दा एउटा अमुक मानिस नेता भएपछि त्यसले पार लगाउँछ भन्ने मनोवृति र मस्थिति बोकेर हामी सधै वस्यौं संस्थाहरुमा हाम्रो विश्वास भएन । संस्थालाई निश्पक्ष बनाउने , न्यायीक बनाउने काम हामीले गरेनौं । अब यो गुटै गुट हुन थाल्यो भने के गर्ने त के ले जोडने ? याहाँ चाहि जोडने तत्व आएन खोज्नु पर्ने हुन्छ , हामीले वर्तमान र विगतमा निर्वाह गरेका भुमीकाहरुले के देखिन्छ भन्दा खेरी एउटा विश्वासको संकटको सिर्जना गर्या छ । किनभने पार्टि कार्यकर्ता मै त्यो छ । एउटा विश्वासको संकटको अवश्था छ । त्यसो भएको हुनाले हामीले सबैलाई एक ठाउमा बस्न सकाउने तत्व भनेको के भने पार्टि भित्रका पद्धतीहरुलाई स्ट्रोङ्ग बनाएर लानु पर्यो । त्यसको पालना गर्नु पर्यो , किनभने एउटा व्यक्तिको भुमिका निम्ति डेमोक्रेसि होइन नि त , त्यसको माग गरेर लडेको त होइन नी । हामीले सिस्टमका लागी किनभने हाम्रो विश्वास के हो भन्दा त्यो सिस्टम भयो भने समाजमा जस्टीस हुन सक्छ । जनताको हक अधिकारको रक्षा हुन सक्तछ भन्ने हाम्रो मान्यता हो । पद्धतिमा हामीलाइ विश्वास हुनुपर्यो , पद्धति निर्माण गर्नु पर्यो । को सांसद हुने , को नहुने , को नियुक्ती पाउने , को नपाउने , पार्टि भित्र हुने अवसरहरुमा तपाइले न्याय प्रदान गर्नु पर्यो । न्याय पद्धती स्ट्रोङ्ग बनाउनु पर्यो । मान्छेको योग्यताहरु के हो , त्यो सबै निक्र्योल हुनुपर्यो । त्यो कसले गर्ने भन्दा स्वच्छाचारीताले गर्ने होइन, त्यो चाहि पार्टिमा एउटा पद्धतीले गर्ने हो । त्यो पद्धती निर्माण गर्नु पर्छ हामीले, त्यसले मात्रै पार्टिलाई एक गराएर लान सक्छ । होइन सेर व. लाई मान्नु पर्छ , रामचन्द्र जि लाई मान्नु पर्छ या अर्को लाई मान्नु पर्छ भन्ने व्यक्ती बोकेर हिड्न थाल्यो भने त्यसले झगडा निम्त्याउछ र हामीलाई चाहिएको पनि कुरा जस्टीस चाहिएको हो । पार्टिमा तपाइ अनुसासन कायम गर्नुस, अनुसासन भनेको कसैलाई पार्टिबाट निकाल्ने इम्पोज गर्ने पनि होइन ।


तपाइ पार्टिमा निष्ठा राख्न छाडनु यो पार्टिको सिद्धान्त र अवसरको विरुद्धमा जानु भो यो सब कुरा अनुसासन भित्र आउछ । तर तपाइले अन्याय गर्नु भो तपाइले पाउन पर्ने अवसरमा पक्षपात गर्नुभो भने तपाइले अनुशासनको कार्वाहि गर्छु भनेर त्यो न्यायीक हुन सक्दैन । त्यसो भएको हुनाले मैले भन्न खोजेको सारांसमा के हो भन्दा खेरी हाम्रो पार्टिलाई अगाडी बढाउनको निम्ति नेतृत्व को जे परिस्थिति छ यिनै नेतृत्वलाइ लिएर जानु पर्ने वाध्यता हामीसंग छ । किनभने अहिले राता रात गरेर धामी झाँक्रि गरेर निकाल्न सक्ने अवश्था छैन । यिनैलाई हामीले परिचालीत गर्नु छ । यिनिहरुलाई सहि दिशाबाट अगाडि बढाउनका निम्ति हामीले पार्टि भित्र पद्धति निर्माण गर्नु पर्छ । क्रियासिल कसले पाउने कसले नपाउने त्यो पद्धतिले तय गर्नु पर्छ । नेताले आएर यसले पाउने यसले नपाउने भन्ने स्थिति निर्माण हुनु भएन आर्थिक पारदर्शीता हुनुपर्यो ।
पार्टि भित्र क्रियासिल नेतृत्वको आर्थिक पार दर्शिता हुनु जरुरी छ । म के ले खान्छु मेरो सम्पती के हो । ऐस आरामको श्रोत के हो । यो जनताले थाहा पाउने गरिकन हामीले प्रष्ट हुनु पर्दछ । किनभने हामी पारदर्शि भयौं भने जनताले हामीलाई विश्वास गर्दछन ।
त्यसो भएको हुनाले पार्टि भित्र व्यापक सुधार, सुधार भनेको कसैलाई उप–सभापती दिएर कसैलाई महामन्त्री बनाएर अनि उसलाई पनि पद, पद वाडेर हुने भएत पंचायत टिक्थ्यो होला । राणा शासन टिक्थ्यो होला पार्टि भित्र पदहरुका सिर्जना गरेर यसको समस्याको समाधान हुदैन । पार्टि भित्र पद्धति निर्माण गरेर डेमोक्रेटिक सिस्टमलाई निर्माण गरेर त्यो सबै कुराको निक्र्योल त्यो पद्धतिले गरोस ।
तपाइलाई ठिक वेठिक छुट्याउने पद्धतिले गरोस, जस्तो डाक्टरले तपाइ रोगी के हो भनेर डाइग्नोसिस गर्छ । त्यो विज्ञानको आधारमा गर्छ । त्यसो भएको हुनाले हामीकामा पद्धतिले काम गर्नु छ समाजलाई रुपान्तरण गर्नु पर्ने छ । हाम्रो नेशन लाई स्ट्रोङ्ग वनाउनु पर्ने छ । हाम्रो नेशन प्रतिका चुनैतिहरु छन तिनको प्रतिवाद र प्रतिरोध हामीले गर्नु छ । हाम्रो देशलाई अक्षुण राख्नु पर्छ । त्यसका निम्ति हामी के हुनु पर्छ , हामी जनताका नजरमा हामी स्वयममा शसक्त हुनु पर्दछ । जनतालाई आश्थावान वनाउन सक्नु पर्दछ । एकातिर विकाश निर्माणका निम्ति पनि काँग्रेश सच्चिन, राम्रो भएर आउन जरुरी छ, ने.क.पा. ले पनि त भ्रष्टचार गर्दैछन भन्ने विषयले हामीलाई सुधार्ने होइन त्यो विषय हामीले खोज्ने पनि होइन ने.क.पा.हरु भ्रष्ट होलान तर हामी पनि त सुध्रिनु पर्यो नि अर्को म भन्दा कम अथवा वढि भ्रष्ट छ भने म भ्रष्ट नभएको त ठहरदैन ।
त्यसो भएको हुनाले यो हाम्रो पार्टि भित्र सुद्धिकरण, सुद्धता आउनु पर्यो, प्योर हुनु पर्यो नि , नारा समाजवादको लगाउनु हुन्छ अपराधिक क्रियाकलापमा संलग्न हुनहुन्छ । जनतालाई शोषण गर्ने कुरामा संलग्न हुनुहुन्छ , जनतालाई न्याय दिने कुरामा संलग्न हुनुहुन्न भने पछि त्याहाँ सुद्धता भएन, हामीले त्यस्तो अवश्थामा जनतालाई संगैलिएर जान सकिदैन ।
त्यसो भएको हुनाले पार्टि भित्र सुद्धता पनि हुन पर्यो, आर्थिक सुद्धता हुनुपर्यो, वैचारीक सुद्धता हुनु पर्यो, वैचारीक वहसहरु हुनुपर्यो पार्टि भित्र कुनै वैचारीक वहसहरु हुनुपर्यो । पार्टिभित्र कुनै वैचारीक वहसको सम्भावना देखिराख्या छैन । नियोजित विचारलाई अगाडी वढाउने एउटा घनिभुत वहस जसले मानिसलाई माझ्दछ त्यसमा संलग्न भएपछि म खराब छु भने मैले बानि ब्याहोरा छोइदछु ।
त्यसो भएको हुनाले हामी कहाँ एउटा वैचारीक वहसको वातावरण हुन जरुरी छ, वैचारीक वहसबाटै मात्रै हामी अगाडी वढ्न सक्त छौं भन्ने मलाई लाग्छ । र यी, यी, सुधारहरु गरीयो भने देश आगामी दिनमा अगाडी वढ्न सक्दछ भन्ने मलाई लाग्छ ।
धन्यवाद ।