Pin It


वि.स. २०३७ साल बैशाख २५ गते सप्तरी जिल्लाको सक्करपुरा गा.वि.स. वाड नं. १ मा पिता विनोद प्रसाद देव र माता श्रीमती सुगन्धा देवका पहिलो पुत्रको रुपमा जन्मनु भएका अनुप देव करिब १२, १५ वर्ष देखि मोरङ्ग जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दा गर्दै शिक्षा क्षेत्रमा शिक्षासेविको रुपमा हाल कार्यारत रहनु भएको छ ।
मास्टर डिग्री पढ्दै रहनु भएका अनुप देव २०६२ साल देखि मोरङ्ग जिल्लालाई कर्मथलो बनाएर निरन्तर शिक्षा क्षेत्रमा सामाजिक योदान दिइरहनु भएको छ ।


यु यस आई डि, युनिसेफ, एन जि सि पि जस्ता आधा दर्जन बढि संघ संस्थामा काम गरी सक्नु भएका अनुप देव हाल मोरङ्ग जिल्लाको बुढि गंगा गाउँपालीका वाड नं. २ मा रहेको लोटस सार्वजनिक विद्यालयमा आफैंले केहि आर्थिक योगदान समेत दिएर शिक्षा सेविको रुपमा अंग्रेजी माध्यममा गरिबका छोरा छोरीलाई निशुल्क शिक्षा दिने अभियानको अभियन्ता बन्नु भएको छ । प्रश्तुत छ परिवर्तन खबर डट कम डट एन पि का लागी प्रधान सम्पादक अशोक पौडेलले गर्नु भएको कुराकानीका केहि अंशः–
१. स्वागत गर्न चाहन्छु अनुप सर याहाँलाई परिवर्तन खबर डट कम मा ?
Ò धन्यवाद ।
२. तपाइ एका विहानै उठेर विद्यालय आउनु हुन्छ, अवेर राती सम्म विद्यालयमै रहनु हुन्छ, कस्तो लगाव हो यो विद्यालय प्रतिको ?
Ò सर्व प्रथम परिवर्तन खबर डट कम मार्फत म अनुपको सबैलाई नमस्कार । यो एउटा अभियान हो सर हामीले एउटा अभियान सुरु गरेका छौं । गरिब भन्दा गरिब वालवालिकाहरुलाई जुन शिक्षा भन्ने महत्व पुर्ण कुरा हो, त्यसबाट सहज पार्न जुन उद्धेश्य लिएको छ । विहान के बेलुका के म हरेक दिन ७ बजे देखि बेलुका ७ बजे सम्म बस्छु किन भने हामी संग अहिले श्रोत साधन छैन साथिभाई र दातासंग मागेर काम गर्दै छौं सके सम्म थोर खर्चमा धेरै काम होस भन्ने अपेक्षाले आफैं बशेर काम गराउँ छु । म आफैंपनि इटा उठाउँछु पानी हाल्छु आइपरे जति काम म आफैं पनि गर्छु ।
३. तपाइको निजि स्वार्थ चाहीँ यो विद्यालय प्रति के हो सर ?
Ò केहि होइन सर, यो अभियान देश व्यापि रुपमा मेरो एउटा सपना हो, कि तराईमा खास गरेर जुन रिमोट रिमोट एरियामा विद्यालय त छ सरकारी विद्यालय भने पर्याप्त छ त्याहाँ शिक्षाको गुणस्तर राम्रो नभएको हुनाले हामीले अंग्रेजी माध्यमबाट सरकारी विद्यालयको सहुलियतमा गरिबका छोरा छोरीले पनि अंग्रेजि विद्यालयकै जस्तो शिक्षा पाउन भन्ने हाम्रो अभियानको थालनी यो स्कुल हो । यो अभियान यो वुढि गंगा गाउँपालीका मात्र होइन, यो जिल्ला मात्र होइन यो प्रदेश मात्र होइन देश भरनै यो यस्ता विद्यालय स्थापना गर्ने त्यो मात्र मेरो स्वार्थ हो ।
४. यो विद्यालय कसरी सुरुवात गर्नु भयो ? के सोचमा को को मिलेर गर्नु भयो ?
Ò यो एउटा मेरो सपना हो, जो श्रम गर्छ जसको आम्दनि दैनिक तिन सय रुपैया पनि छैन, जो तरकारी बेचेर कोहि ठेला चलाएर आफ्नो जिविका चलाइ रहेछ, उनिहरुसंग पर्याप्त पैसा आर्थिक श्रोत नभएको हुनाले वच्चाहरुलाई गुणस्तरीय शिक्षा दिन सकिरहेका छैन । तिनिहरुका निमित्त हामीले यो अभियान मोरङ्गबाट सुरु गरेका छौ ।
मोरङ्गमा हामीले सात जनाको एउटा टिम बनाका छौ, जसमा हाम्रो समाजसेवि शिव कुमार कार्की हुनुहुन्छ म छु अनुप देव, बलराम माझि, लक्ष्मि कार्की हुनुहुन्छ त्यसैगरी कुमारी स्वेता जि हुनुहुन्छ, त्यसैगरी धर्मेन्द्र झा भन्ने सर हुनुहुन्छ, त्यसैगरी श्याम कामत सर हुनुहुन्छ । हामी सबै सामाजिक क्षेत्रमा काम गर्ने अगुवा भएको हुनाले, हामी मिलेर एउटा यो निश्वार्थ भावनाले हामीले एउटा उद्धेश्य बोकेर निःशुल्क रुपमा अंग्रेजी माध्यमको विद्यालय संचालन गरौं र त्यस माध्यमबाट वच्चाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरौं र एउटा दक्ष नागरीक बनाएर राष्ट्रलाई शिक्षा क्षेत्रमा सहयोग पुर्याउ ।
५. भनेपछि तपाइहरुले यो स्कुल बोर्डिङ्ग स्कुलको रुपमा खोल्नु भएको थियो ?
Ò यो २०७१ सालमा हामीले बोर्डीङ्गको रुपमा खोलेका थियौं । तर याहाँका वासिन्दाहरुको अवस्था हेरेर त्यति बेला पनि हामी मसिक ३ सय लिएर विद्यार्थि पढाउँथ्यौं गार्जेनलाई त्यो पनि तिर्न गाह्रो हुन्थ्यो । जसले गर्दा हाम्रो म्यानेजमेन्ट टिमलार्इ नै शिक्षक तलब म्यानेज गर्न गाह्रो भइरहेको थियो । यिनै कुराहरुलाई हेरेर हामी बरु निःशुल्क पढाउने कुनै फि नलिइ दाताहरु खोजेर चलाउँ भनेर निर्णय गर्यो, अहिले हाम्रो योगदानलाई हेरेर बुढिगंगा गाउँपालीकाको अध्यक्ष कार्यकारी प्रमुख ज्यु लगायत यहाँका जनप्रतिनिधिहरुले यस विद्यालयलाई सामुदायिक विद्यालय जसलाई हामीले सार्वजनिक शैक्षिक गुठिको रुपमा दर्ता गरेर, सार्वजनिक बनाएर यसमा पुर्ण निःशुल्क रुपमा हामीले वच्चाहरुलाई सेवा दिइरहेका छौं ।
६. दर्ता त भर्खरै गराउनु भयो तर यो विद्यालय कति वर्ष अगाडि स्थापना भयो र कति वर्ष भयो चलाउनु भएको ?
Ò यो २०७१ मा स्थापना भएको हो, ५ वर्ष देखि याहाँ होइन अन्य ठाउँमा चलाइ रहेको थिएँ यहि वर्ष २०७६ श्रावणमा अनुमती प्राप्त गरेर सार्वजनिक विद्यालयको रुपमा चलाइ रहेछौं ।
७. अहिले कति कक्षा सम्म छ र कति विद्यार्थी संख्या छ ?
Ò हाल वाल कक्षा देखि लिएर चार कक्षा सम्म छ । एक सय उनान्सठी जना वाल वालीका पढिरहेका छन ।
८. सात जना शिक्षकहरु हुनुहुन्छ वहाँहरुले तलब पाइरहनु भएको छैन, अब अगामी दिनमा कसरी लैजाने सोच बनाउनु भएको छ ?
Ò यसमा सात जना शिक्षक एकजना म एक जाना विद्यालय सहयोगी (पियन) गरी हामी ९ जना छौ यो स्कुलको अहिले आर्थिक श्रोत कुनै कतैबाट छैन । हामी सबै जना मिलेर स्वयम सेवकको रुपमा खटी रहेका छौं, यसमा हाम्रो शिक्षकहरु कोहि व्याचलर गरेको कोहि मास्टर डिग्री गरेको पनि छन । र वहाँहरु पनि एक दम पुर्ण निस्वार्थ भावनाले हामीसंग खटि राख्नु भएको छ कि भोली यो विद्यालयमा सरकारले श्रोत साधन जुटाइ दियो भने हामी नै मौका पाउँछौं भनेर वाहाँहरु स्वयम सेवकको रुपमा खटि रहनु भएको छ ।
९. अहिले स्थानिय सरकार अथवा जनप्रतिनिधिहरुबाट के आश्वासन पइरहनु भएको छ ?
Ò बुढिगंगा गाउँपालीकाले हाम्रो स्थानिय सरकारले हामीलाई आश्वासन के दिनु भएको छ भने अर्को आर्थिक वर्ष देखि हामी यो विद्यालयको गुणस्तरीय शिक्षाको लागी केहि न केहि सुविधा उपलब्ध गराउँछौ भन्नु भएको छ र हाल सालै हाम्रो विद्यालयलाई ट्वाइलेट र टु्वेलको अभाव थियो, वहाँहरुले एउटा ट्वाइलेट र ट्युवेल उपलब्ध गराइ दिनु भएको छ । हाम्रा १ सय ५९ जना विद्यार्थि गरीबका वच्चा छन विहान घरमा खाना खाएर ८ वजे ८ः३० वजे नै स्कुल आइपुग्छन उनिहरुले जे घरमा खाएर आएका थिए त्यसैको भरमा ४ वजे सम्म पढेर घर जान्थे, भोकै पढ्थे दिन भरी जुन कुरा मलाई धेरै खट्की राखेको थियो । वच्चाहरु दिन भर भोकै कसरी पढछन, टिफिनमा केहि खानेकुरा हुनु पर्छ, किनभने उनिहरुसंग टिफिन लाने हैसियत हुदैन गार्जनहरु कोहि लेवर काम गर्छन कोहि फ्याक्टरीमा काम गर्छन वच्चाहरुलाई टिफिन खुवाउन सकिरहेका थिएनन, अनि हामीले यसै क्षेत्र नं. ६ क का सांसद माननिय श्री चुमनारायण तबदार ज्युलाई अनुरोध गर्यौ, वाहाँले हामीलाई ५ लाख जति टिफिनका लागी पैसा छुट्याइदिनु भएको छ । अहिले यसले काम चलाउदै गर्नु फेरी अर्को वर्ष देखि हामी यस विद्यालयलाई केहि गर्छौ भनेर एउटा आँट र हौसला दिनु भएको छ ।
१०. विद्यालय वडो नाजुक स्थितिमा छ, विद्यालयको यो जग्गा कति छ र यो कस्को हो ?
Ò यो जग्गा अहिले विद्यालय जहाँ संचालन भइरहेछ व्यक्तिगत मेरो श्रीमतीको नाममा छ र यो ३ कठ्ठा छ । यो हामी परिवारले सल्लाह गरेर निःशुल्क रुपमा १५ वर्षको लागी विद्यालयलाई दिएका छौं । भविष्यमा सरकारले हामीलाई केहि सुविधा अथवा अवसर दिने भयो भने हाम्रो परिवारले पनि केहि जग्गा विद्यालयको नाममा निःशुल्क दिने छ भन्ने आश्वासन मेरो परिवारबाट मैले पाएको छु । धन्यवाद ।