Article Index

Pin It


प्रश्तुत छ, आगामी माघ १२ गते देखि माघ २६ गते सम्म सुर्णाहुती हुने सीताराम नाम जप माहायज्ञ २०७६ परम तपश्वि संत श्री आत्मानन्द दास महात्यागी चट्टी बाबा (नेपाली बाबा) को तत्वधानमा वुढिगंगा गाउँपालीका र ग्रामथान गाउँपालीकाको सिमान दोहमन घाट त्रिवेणी संगम गीदनियामा सम्पन्न हुन गइरहेको महायज्ञ तथा मेलाको आयोजक हनुमान आरधना मंडल नेपाल, मोरङ्गका अध्यक्ष पुलिस विश्वाससंग गरिएको कुरा कानीको छोटो अंशः
१. स्वागत छ तपाइलाई परिवर्तन खबर डट कम डट एन पी मा ।
Ò धन्यवाद ।
२. तपाइ लामो समय देखि सीताराम नाम जप संकृतनमा लागी रहनु भएको छ कति समय भयो ?



Ò योे सीताराम नाम जप अखण्ड संस्कृतन भदौ २४ गते देखि १ सय २७ दिन देखि भव्यताका साथ चालु छ । आगामी माघ १२ गते १२७ दिन पुग्छ र माघ १२ गते देखि विषेश सीताराम नाम जाप महायज्ञ १००८ मन्दिर बनाएर १००८ मण्डली द्धारा माघ २६ गते सम्म पुर्णाहुती गर्छौ ।
३. तपाइहरुको तैयारी हेर्दा खेरीत एकदम विशाल नेपालमा पहिलो चोटि नै जस्तो देखिन्छ ?
Ò यो ऐतिहासिक नै कार्यक्रम हो नेपालको अहिलेसम्म कै ठुलो हो, यसको स्वरुप हेर्दा खेरी नै विशाल लाग्छ । महायज्ञ नै लाग्छ, अखण्ड सीताराम नाम जप संकृतन महानै हो यस्तो ठुलो अहिले सम्म नेपालमा भएको थिएन ।
४. यस यज्ञमा कस कसको सहभागीता छ ?
Ò यसमा हनुमान आरधना मण्डल नामको संस्था छ । देशब्यापी यसको संगठन छ । म त्यसको मोरङ्ग जिल्ला अध्यक्ष हो । मुल आयोजकमा हामी छौं र सहयोग भने पछि देशवासी कै सहयोग छ । सम्पुर्ण जनताको सहयोग छ राज्य कै सहयोग छ । सरकारको साधु सन्त सबैको सहयोग छ ।


५. तपाइले यो महायज्ञ आयोजना गर्नुको पछाडिको उद्धेश्य के हो ?
Ò विश्व कल्याणार्थ सीताराम जप महायज्ञ हो विराटनगर धार्मीक नगर भएको र धार्मिक परम्पराले सु–सज्जित भएको जिल्ला मोरङ्ग त्यस माथी पनि विराटराजाको जगरी, परापुर्वकाल देखि नै होम होमादीले वातावरणमा सुद्धता पनि ल्याउछ त्यसकोलागी पनि यो महायज्ञ र होम आवश्यक छ ।
६. महायज्ञ समापन पछि यज्ञ स्थलमा के स्थापना गरिन्छ ?
Ò महायज्ञ सकि सके पछि यसलाइ पवित्र धामकै अथवा तिर्थ स्थलकै रुपमा परिवर्तन गर्ने हाम्रो सोच छ ।
७. मन्दिरहरु पनि मुर्तिहरु निर्माण हुन्छ र त्याहाँ पुल पनि निर्माण हुन्छ, त्यो एक दम दिब्य र पबित्र ठाउँ हुन्छ र तपाइको दुर्लबै हुन्छ, तिन वटा नदिको संगम त्यहि ठाउँमा भएको हुनाले त्यसलाई त्रिवेणीधामको रुपमा स्थापना गर्न हामी लागी पर्या छौं ।