Pin It



बिराटनगर, असार २१ गते,लापरबाहि र बे वाश्तेपनका कारण समुदायमा कोरोना संक्रमण महामारीको रुपमा फैलने डरले बिराटनगरको वार्ड नं.१,२ लगायत सिंगियानदि किनारका सुकुम्बाशि बस्तिमा महिला सरोकार समाज बिराटनगरले घरदैलो सचेतना कार्यक्रम थालेको छ ।


समाजका कार्यबाहक अध्यक्ष रत्ना श्रेष्ठका अनुसार दैनिक ज्यालादारी गरिखाने, विपन्न , गरिब र सुकुम्वाशी परविारहरु ले अहिले पनि माक्स नलगाउने , शारिरिक दुरी वेवाश्ता गर्ने र रोकथामका कुनैपनि उपाय नअपनाउने गरेकाले भोलिका दिनमा मुम्बईको धाराबि बस्तिमा जस्तो माहामारी डर लाग्दो गरी फैलने ंसम्भाबना भएकाले घर घरमा पुगेर,सम्झाउने गर्नुका साथै जनचेतनका निम्ति पर्चा बाँडने , माक्स र साबुन समेत हरेक परिवारलाई परिवारसंख्य हेरी बितरण गर्ने गरेको बताउनुभयो ।


समाजकी कोषाध्यक्ष नानु रिजालले असार १९ गते बाट थालिएको घरदैलो सचेताना कार्यक्रम आज तेश्रो दिन बिराटनगर १ को शान्तिचौक पुर्ब सुकुमवाशी बस्तिमा चालु रहेको र कम्तिमा ५०० घर परिवार लाई जनचेतना र रोकथामका सामाग्री बाँड्ने संस्स्थाको लक्ष्य रहेको बताउनु भयो । यस्तो प्रेरणा काँहाबाट पाउनुभया ेभन्ने परिवर्तन खबरको प्रश्नमा वाँहाले वि सं २०७३ सालमा ंस्थापना भएको महिला सरोकार समाजले महिलाका हक ,हित स्थापनामा लाग्नुका साथै प्राकृतिक बिपती र सामाजिक जोखिम न्युनिकरणमा भुििमका खेल्दै आएको र हाल यसको कार्य समितिमा का बा अध्यक्ष रत्ना श्रेष्ठ ,सचिबमा मन्जिता संरदार ( हाल कटहरी गा पा उपाध्यक्ष ) , कोषाध्यष नानु रजिाल , सदस्यहरुमा , तुलसा बस्नेत , उर्मिला थापा , बिमला कार्की , प्रमिला निरौला र इन्दु सुबेदी रहेको जानकारी दिनुभयो ।