Pin It


बिराटनगर, असार २३ गते, महिला सरोकार समाज बिराटनगर ले आज पाँचौं दिन पनि बिराटनगर १ र २ नं वार्डको सिमाना धनावत फेक्टरी आसपासका बस्तिमा १ नं. प्रदेशसभा सदस्य माननिय विधान्नद चौधरी र बिराटनगर महानगरपालीका उप प्रमुख इन्दिरा कार्की को उपस्थितिमा जनजागरण घरदैलोर माक्स बितरण कार्यक्रम सम्मन्न गरेको छ ।


कोरोना भाईरशको महामारीबाट समुदायलाई जोगाउन घरदैलो अभियान थालेको महिला सरोकार समाज बिराटनगरले अभियानको पाँचौं दिन सम्म सिंगीया नदि किनारका बस्तिका ६०० घर परिवारमा सचेतना कार्यक्रम गरिसकेको र अब अझै ४०० घरपरिवारमा लगातार जनजागरण ,माक्स तथा साबुन र पर्चा बितरण गरिने जानकारी संस्थाकी कोषाध्यक्ष नानु रिजाल ले जानकारी दिनुभयो ।