कोरोना माहामारी र बिकाशनिर्माण बारेमा वर्जु गाँउपालीका वार्ड नं.२ का वडाध्यक्ष आन्नद यादब संग परिर्वन खबर डट कमले यहि२०७७ साल असार २५ गते गरेको कुराकनिको सार संक्षेप ः
१. स्वागत छ दाई यहाँलाई ।
धन्यवाद ।
२. चैैत्र ११ गते मुलुकभर लकडाउन भयो, जेष्ठ ११ गते सम्म याहाँहरुको गाउँँ पालिका पनि ठप्प भयो । सबै क्षेत्र ठप्प भएजस्तो याहाँहरुको पाउँँपालिका पनि ठप्प भयो यो दुइ महिनाको बन्दमा बिकास निर्र्माणको काममा याहाँहरुको वार्डमा कत्तिको अन्त्तर भयो ?
अन्तर भएको हो, कोराना भाइरसको संक्रमण र बचाउतिर बढि ध्यानदियौैं, लकडाउनको अवधिमा, विपन्न, गरिव र ज्याला मजदुरी गरिखाने जनतालाई खानै नपाउने अवस्था भएपछि राहत वाडनु, प¥यो कोरोनाबाट जोगीन मास्क, साबुन लगायत सामाग्री पनि वाडयौं, वर्जुमा कोरोना संक्र्रमणको आशंका भए क्वारेटाइनका लागि वर्जु २ को सितारा फ्याक्ट्रीमा चैत्र १५ गते नै क्वारेन्टाइन उद्घाटन गर्यौ, संग संगै विकाशका कामलाई हामीले रोकेनौ लगातार अगाडी बढाइ राख्यौं ।
३. क्वारेन्टाइनको कुरा गर्नु भो अध्यक्ष ज्यू याहाँले, तपाइको वार्डमा चाहिँ कोरोनाले कति मान्छे संक्रमित भए या के छ स्थिति तपाइको वार्डको ?
मेरा वार्डमा वास्तवमा भन्नुहुन्छ भने यो वार्डमा यहि बशेको लाई त कोरोना पोजेटिभ देखिएन तर दिल्ली बाट आएको ब्यत्ति मेरो वार्डमा साबिक रा.वे. ९ राइटोलमा चाहिं एउटा पोजेटीभ केश देखियो जसको अहिले घोपामा उपचार भइराखेको छ ।
४. एउटा भन्दा अरु कोरोना पोजेटीभ भेटिएको छैन यो वार्डमा ?
त्यो भन्दा अर्को भेटिएको छैन ।
५. कोरोनाको लागी भनेर याहाँको वार्डमा कति जम्मा वजेट खर्च भयो अहिले सम्म ?
झण्डै हामीले राहत भनेर साढे सोह्र लाख रुपैयाँ हामीले गाउँपालीका लाइ एक मुस्ट बुझायौं
६. वार्डको तर्फबाट याहाँले राहत वितरण गर्नु भएन छुट्टै ?
छुट्टै हामीले सेनिटाइजर, मास्क, साबुन वितरण गयौं गाउँपालीकालाई दिएपनि हामीले जुन राहत वार्डमा वाडयौ त्यो पनि हाम्रौ पैसा त होनी । विपत कोषमा जम्मा नभइ खर्च गर्न नमिल्ने भएकाले त्यो पैसा गाउँपालीकाको विपत कोषमा जम्मा गरेर वार्ड मै बाड्यौं ।
७. नयाँ वजेट आउने वेला भएको याहाँको वार्डले कोरोना महामारीका लागी कति बजेट छुट्याएको छ ?
हामीले एक मुस्ट गाउँपालीकाको विपत ब्यावस्थापन मै त्यो वजेट छुट्याएका छौं । पछि त्यस्तो अवश्था आएको खण्डमा एक रुपता हिसावले बाड्ने गरी गाउँपालीकामा एकमुस्ट त्यो रकम छुट्याएको छ ।
८. भने पछि साढे सोह्र लाख रुपैयाँ नै आगामी दिनलाई पनि तपाइका वार्डलाइ काम लाग्ने गरि दिएको पैसा हो ?
त्यो त खर्च भैसकेको पैसा हो, साढे सोह्रलाख त । राहत सामाग्री र अन्य कोरोना रोक थाम सामाग्रीमा खर्च भै सक्यो । अब आउने दिनको लागी गाउँपालीका कै विपत ब्यवस्थापन कोषमा छुट्टै रकमको ब्यावस्था छ ।
९. ए अब चाहि त्यो नयाँ रकमबाट खर्च हुन्छ वार्डमा पनि ?
हजुर, त्यसैबाट सबैवार्डमा खर्च हुने गरि हामीले एकमुस्ट पैसा छुट्याएका छौं ।
१०. भने पछि २ नं. वार्डमा कोरोनाको महामारीले पनि फरक परेन विकाश निर्माणको कामलाई हो ?
सुरुको एक महिना चाहिं हामीले निक्कै नै सतर्कता अपनायौं, त्यसपछि र विकासका कामलाई पनि संग संगै अगाडि वढायौं । र सबै वडा वासीलाई सचेतना पनि दियौं विदेशबाट आउनेले कोरोना ल्याउन सक्छ भनेर सतर्कता अपनाउन जनतालाई पनि सचेत वनायौं र हामी पनि सचेत छौं ।
११. धन्यवाद वडाध्यक्ष ज्यू याहाँलाई अन्त्यमा वडावासीलाई केहि सन्देश छ ?
यो महामारीबाट वच्नको लागी वडावासीहरुमा मेरो नम्र निवेदन छ किः हामीले यो कोरोनालाई हराउनु पर्छ यसका लागी सचेत हुनु पर्छ, मास्क सधै लगाउन पर्यो, साबुन पानीले हात धोइरहनु पर्यो । सामाजिक दुरी कायम गर्नु पर्छ ।