Pin It

 

बिराटनगर, श्राबण २ गते , केराबारी गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेश मोरङ्गका सदस्य रोहित कार्की माथि आज १२ बजे गाउँपालिका स्थित उपाध्यक्षको कार्यकक्षमा नेकपाको भातृ स.गठन युवा संघका सदस्य किशोर सिं ठकुरी भाले ले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन ।


उपाध्यक्ष शान्ति भुजेलको कार्यकक्षमा कुराकानि गरिरहेको बेला एक्काशि कार्यकक्षमा प्रवेश गरी ठकुरीले दनादन अध्यक्षलाई छुरा प्रहार गरेका थिए । त्यो देखेर अध्यक्षलाई बचाउन गाँउपालिकाका सुरक्षा गार्ड भित्र पशे ठकुरीले घतनै गार्डको खुकुरी खोसेर अध्यक्षको टाउकोमा चार पटक प्रहार गरे र अध्यक्ष ढलेपछि उनि कार्यकक्षबाट बाहिरिए ।
खुकुरी प्रहार बाट गम्भिर घाईतेहुनु भएका रोहित कार्कीको दाहिने हात र दाहिने टाउकोमा गम्भिर चोट लागेको र टाउको को नशा समेत काटिएको र अन्य साना तिना चोटहरु टाउको , पेट र छातिमा पनि लागेकोले वाँहाको बिराटनगर स्थित नोबेल अस्पतालमा भर्खरै अप्रेशन सकेर आई सि यु मा राखिएको र खुकुरी प्रहार गर्ने ठकुरीलाई प्रहरीले पक्राउगरी बेलबारी थानामा राखेको बताईएको छ भने स्थानिय खोलाको गीट्टि , बालुवा ठेक्का लगाई आफूलाई दिनुपर्ने माग राखेका ठकुरीले अध्यक्षले ठेक्का नलगाई अमानतमा कर उठाए(को रिसमा अधयक्षमाथि आक्रमण गरिएको अनुमान गरिएकोछ ।