Pin It

 

बिराटनगर, श्राबण २ गते , कोरोेना भाईरशको संक्रमण रोक्न माक्स , साबुन र जनचेतना मुलक पर्चा सहित गत असार १८ गतेबाट घरदैलो अभियान थालेको महिला सरोकार समाजले हाल सम्म १५ सय घर परिवारमा घरदैलो सन्देश पुर्याई सकेको छ ।


बिराटनगरको पुर्वि सिमाना सिंगीया नदि किनारमा बशोबास गर्नै ंसुकुम्बाशी , दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई कोविड १९को संक्रमण बाट कसरी बाँच्ने भन्ने ज्ञान , माक्स , र हातधुने साबुन बाड्दै महिला सरोकार समाजले हिजो कामतटोल , सरस्वती टोल र दुर्गा मन्दिर आसपास गरेर १५० घरपरिवारमा घरदैलो सकेको बताईएकोछ । हिजो समेत गरी जम्मा १५ सय घरपरिवारमा घरदैलो सम्पन्न भएको बताउदै संस्ंथाकि कोषाध्यक्ष नानु रिजालले अघभयान निरन्त्र जारि रहने बता(नु भयो ।