Pin It

गत २०७४ साल को स्थानिय निर्बाचनमा नेपाली काँग्रेश पार्टीले टिकट नदिए पछि पार्टीको बागी उमेदवारको रुपमा उठेर पनि पार्टीका आधिकारीक उमेदवार लाई बहुमतले हराउदै वडामा पयानलै बजिय गर्नु भएका बद्रिनारायण सरदार यस पटक पार्टीले आफु लाई आधिकारीक उमेदवार बनाउने र आफु पुन बिजयि भएर आउने दावि गर्नुहुन्छ ा आफु पुन बिजयि भएर आए अर्को पाँच बर्षमा १९ नं वडालाई बिराटनगर महानगरको नमुना वडा बनाउने वाहाँको योजना छ । आफु बिजयि भएर आए पछि पनि यो वडालाई महा नगरले वाडा स्तरीय बजेटको अधिकार नदिए पनि महानगर स्तरीय बजेट बाट पनि निम्न कामहरु वडामा सम्पन्न गरेको बताउनुहुन्छ ।

 


विराटनगर महानगरपालिका प्रदेश १ को राजधानीमा पर्दछ । २०६८सालको जनगणना अनुसार महानगरपालिकामा २ लाख १४ हजार ६ सय ६३ मानिसको बसोबास छ । महानगर पालिका ७७ वर्ग किलोमिटरमा फैलिएको छ । महानगरमा विभिन्न जातजाती भाषा भासिको बसोबास छ ।
यो पालिकामा १९ वटा वडाहरु छन । ति वडाहरु मध्येको एउटा वडा हो । विराटनगर १९ । २०६८ सालको जनगणना अनुसार वडा न. १९ मा ५ हजार ६ सय ४० मानिसहरु बस्दछन भने यो वडा ८ दशमलव ३५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । यो वडामा बाहुन ,क्षेत्री ,राई , लिम्बु , सरदार , मुस्लीम , आदिवासी जनजाती मधेशि , ,पिछडा वर्ग ईत्यादिको बसोबास छ ।

वडा न. १९ ले २०७३ सालमा जनप्रतिनिधि पाए देखि निक्कै राम्रा विकास निर्माणका कामहरु गरेको छ ।
वडा स्थित पञ्च कन्या स्कुल जाने बाटोमा पाँचसय मिटर रिटेनिङवाल
निर्माण गर्नुका साथै सडक समेत निर्माण भएको छ ।
त्यसैगरी थान टोल देखि स्थानीय खाप टोल सम्म ग्राभेल दुई सय मिटर सम्म सडक निर्माणको काम सम्पन्न भएको छ ।
वडा कार्यलय नजिकै बाट गोर्खा पत्रसंस्थान सम्म जाने ५०० मिटर ग्राभेल सडक निमाण सम्पन्न भएको छ ।
त्यसैगरी ड्रिम गार्डेन अघाडिको रोड देखि जमर कटेल समाजको कार्यलय सम्म ५ सय मिटर सडक ग्राभेल सडक निर्माण कार्य सम्पन्न भएको छ ।
स्थानीय दुर्गा मन्दिर हुदै झापा बैजनाथपुर रंगशाला ४० फिट ग्राभेल सडक चौडा निर्माण कार्य सम्पन्न भएको छ । त्यसैगरी सार्वजनीक मावि स्कुल अघाडिको ग्राभेल सडक र कलर्भट निर्माण कार्य सम्पन्न भएको छ ।

वडा कार्यलय देखि भौडाहा जाने डेढ किलो मिटर ग्राभेल सडक निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी खवास टोल देखि भौडाहा जाने एक किलो मिटर पक्कि सडक निर्माण कार्य समपन्न भएको छ ।
त्यसैगरी धनपुरा देखि भौडाहाजाने २५० मिटर लम्बाई र ४० फिट चौडाई भएको सडक ग्राभेल निर्माण कार्य सम्पन्न भएको छ ।
वडा न. १९ ले विभिन्न स्थानमा कलर्भट निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी शोभालाल राजबंशिको घर देखि मिलनचौक सम्म जाने २ किलो मिटर ग्राभेल सडक बाटो पुर्व पश्चिम निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी खद्रा थान देखि २ सय ५० मिटर लम्बाई र ४० फिट चौडाई भएको पिच सडक निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी श्री राम जानकी सामुदायिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी धनपुरामा १ थान र ऋषि मोहनको भट्टा छेउमा १ थान कलर्भट निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी खोरीया टोल देखि खद्रा टोल सम्म जोडने १०० मिटर सडक पनि निर्माणको काम सम्पन्न भएको छ ।
धनपुरामा वन्ने भनिएको अन्तराट्रिय सभाहल अघाडि ४० फिटको सडकको ट्र¥याक खोल्ने काम सम्पन्न भएको छ ।
त्यसैगरी वडा न. १९ ले आफ्नो वडा कार्यलयको भवन समेत निर्माण कार्य सम्पन्न गररेको छ ।
विराटनगर १९ सबै भन्दा पछाडी परेको वडा हो । यसको बिकास गर्न महानगरपालिकाको ध्यान जान जरुरी छ ।