विराटनगरः मधेसवादी दल भनेर चिनिएका जनता समाजवादी पार्टीमा एकल जातिय वर्चस्व बढ्न थालेपछि पार्टी परित्याग गर्नेको संख्यामा वृद्धि भएको छ ।
जसपामा अहिले पनि जातिवादकै राजनीति भइ रहेकाले जातिवादको राजनीति गर्ने पार्टी कहिल्यै पनि राष्ट्रिय पार्टी हुन नसक्ने भन्दै केहिदिन अगाडि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नेको सुचि बढ्न थालेसंगै विराटनगर महानगरपालिका वडा नम्बर १७ का सभापति अमजद आलम आज (मगंलबार) नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन् । बिगत १५ वर्ष देखि तात्कालिन फोरम र अहिलेका जसपामा योगदान गरेपनि पार्टीले आफुलाई केही नदिएको भन्दै उनले काङग्रेस प्रवेश गरेका हुन् ।
नेपाली काङग्रेसका नेता फैयाज रैन , अस्लम आलम लगायतको नेतृत्वमा उनलाई नेपाली काङ्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले पार्टी प्रवेस गराए ।