Pin It

श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालय विराटनगर भित्रका ऐतिहासिक विद्यालय मध्येको एउटा विद्यालय हो । विधिवत विद्यालय स्थापना हुनु भन्दा पहिला श्री राधाकृष्ण मन्दिर विराटनगर – १ को प्राङ्गणमा यस क्षेत्रका छात्र–छात्राहरुलाई ट्यूसनको रुपमा स्व. विष्णुदेव लाल कर्णले पढाउनु हुन्थ्यो । शिक्षाको जागरण सङ्गै छात्र–छात्राहरु बढेर मन्दिरको प्राङ्गणमा ठाँउको अभाव भएकाले मन्दिर अगाडिको श्री कृष्ण प्रसाद पौडेलको घर जग्गामा सारेर २००८ सालमा श्री राधाकृष्ण पाठशालाको नाम वाट विद्यालय स्थापना भएको हो । यसरी विद्यालय सञ्चालनका क्रममा निज कृष्ण प्रसाद पौडेलले नै यस विद्यालयलाई भनेर दान दिनु भएको जग्गामा हाल विद्यालय रहेको छ । विद्यालयको स्थापना गरी संस्थागत रुप दिन तत्कालिन यूवाहरुको ठूलो योगदान रहेको थियो । विद्यालय सञ्चालनको निमित्त भवनको आवश्यकता पनि यसै समाजका यूवा तथा विशिष्ट ब्यक्तिहरुले पूरा गर्नु भयो । यस विद्यालयले निम्न माध्यमिक तहको स्वीकृति २०१३ सालमा र श्री राधाकृष्ण माध्यमिक विद्यालय सञ्चालन गर्ने २०२४ सालमा स्वीकृति पाएको हो ।


विद्यालय सञ्चलनका क्रममा तत्कालिन ब्यवस्था ऐन नियमावली अनुसार स्थानीय स्तरवाट गर्नु पर्ने ब्यवस्थापन आवश्यकता अनुसार हुन नसक्दा विद्यालयको आर्थिक एवं भौतिक स्थिति कमजोर हुँदै जाँदा विद्यालयको अवस्थादयनिय हुँदै गयो । त्यसैले तत्कालिन प्रधानाध्यापक, शिक्षकहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी अभिभावकहरुको सक्रियतामा दाताहरुको खोजी गरियो । यसै क्रममा यस विद्यालयका संरक्षक रहिसक्नु भएका समाजसेवी तत्कालिन बृ.ज श्री भूपालमान सिंह कार्की ज्यूवाट विद्यालयको विकास तथा विद्यालयको भवन निर्माणका लागि रु १०,००,०००÷– (रु दश लाख) दान दिने दाताको रुपमा पाइयो । तत्कालिन शिक्षा ऐन नियमावली अनुसार दश लाख बराबरको सम्पति विद्यालयलाई दिंदा विद्यालयको नामको पछाडि दाताको नाम थप्न पाउने ब्यवस्था भएकाले दाता संगको सर्त वमोजिम श्री राधाकृष्ण विद्यालयमा भूपालमन सिंह कार्की थप गरी ऐन नियम वमोजिम नै विद्यालयको नाम श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालय रहन गएको हो । यसै रकमवाट २०५७÷५८ मा हाल अफिस रहेको ६ कोठा र ५ ओटा सटर भएको भवन निर्माण भएको हो । त्यहीं देखि विद्यालय विकासले गति लिएको पाईन्छ । यस विद्यालयको स्वर्ण जयन्ती २०५९ सालमा भब्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयको भौतिक अवस्थामा क्रमिक सुधार गर्ने क्रममा विद्यालयका पूर्व विद्यार्थीहरु समाजसेवीहरु चन्दा दाता एवं विराटनगर महानगरपालिका तथा जि.वि.स. मोरङको सहयोगमा ६ कोठाको पक्की भवन निमार्ण भई कक्षा सञ्चालनमा रहेको छ । त्यसै गरी विराटनगर महानगरपालिकाको सहयोगमा २ कोठाको वाल मैत्री भवनको निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालय मार्पmत शिक्षा विभागको चारकोठे भवन एवं फर्निचर निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा सभा हल बनेर हाल कार्यान्वयनमा आइसकेको छ । विराटनगर महानगरपालिका वडा नं. १ को सहयोग र विद्यालयको सहभागितामा अत्याधुनिक विज्ञान प्रयोगशालाहरु छुटा छुट्टै विषयका निर्माण भएका छन् । यस कार्यका लागि विराटनगर महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री उद्धव अर्याल लगायत वडा समितिको ठूलो भूमिका रहेको छ ।
श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालयमा हाल अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ सञ्चालन भई रहेको छ । एस.ई.ई. पछि CTEVT वाट सम्वन्धन लिएर diploma in civil Engineering को पढाई सञ्चालनमा छ । यसमा पनि विराटनगर महानगरपालिकाको ठूलो सहयोग रहेको छ । यो विद्यालय हाल विराटनगर भित्रका नमूना विद्यालयमा एउटा नमूना विद्यालय हो । विराटनगर महानगरपालिकाको नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गतको रकमवाट स्कूल बस सञ्चालनमा रहेको छ । ैसंघियता लागु भए पछि नेपालमा तिन तहको सरकार छ । देशको नेतृत्व गर्न केन्द्रिय संघिय सरकार , प्रदेशमा प्रदेश सरकार छ भने स्थानिय तहमा स्थानिय सरकार । भाग्यबश त्यहि स्थानिय सरकारको प्रमुख अथवा बिराटनगर १ का २०४१ सालमा यसै राधाकृष्ण मा.वि. बाट एस.एल.सि उतिर्ण गरेर जानुभएका उद्घब अर्याल वडाध्यक्ष बन्नु भयो ।
वाहाँको सोचमा यो राधाकृष्ण मा.वि.लाई अब अंग्रेजि माध्यमको बिधालय बनाउन वाहाँ र वाहाँको टिम लागेको थियो । बिधालय बयाबस्थापन समिति , शिक्षक बर्ग , स्थानिय जनमानस सहित ८ देखि १० कक्षा अगे्रजि माध्यम बाट पढाई भईरहेको बिधालय लाई अहिले१ देखि १० कक्षा सम्मै अंग्रेजि माध्यम बाट पठन पाठन गर्ने बिधालय धोषित भयो । साथै यसै बिधालय लाई अब प्राबिधिक बिधालय को रुपमा परिणत गरिएको बताउनु हुन्छ पुर्ब बिधार्थि एवं वडाध्यक्ष अर्याल ।
शिक्षित र समृद्द समाज निर्माण गर्न सकेमात्र देशको विकाश सम्भब छ भन्दै आगामि दिनमा यहि बिधायल बाट एस ई ई सकेका बिधार्थिलाई यसैमा प्राबिधिक उच्चशिक्षा हासिल गर्ने थलो निमार्ण गरिएको वडाध्यक्ष अर्याल बताउनु हुन्छ ।
राधाकृष्ण मा वि लाई यो स्तरमा पुर्याउनमा हालका प्रधान अध्यापक डम्बर कार्की सरको अहोरात्र को खटाई र लगनका कारण सम्भब भएको बताउदै यस बिधालयका पुर्ब बिधार्थीहरुको सहयोग को समेत वाहा सह्राआना गर्नुहुन्छ ।