Pin It

 

 विराटनगर , चैत्र ६ गते करिब दश विगाह जग्गामा २३ वटा पोखरी निर्माण गरी गत साल देखि नै आफ्नै ह्याचरी बाट उत्पादन गरिएका बिभिन्न जातका माछाका भुरा बेच्न थालेको तबदार बिराट कमर्सियल एग्रिकल्चर एण्ड इन्भ्यारोमेनट कम्पनि प्रा लि ले आगामि २०७९ सालमा आफ्नै ह्याचरि बाट उत्पादन गरेका बाह्र करोड भुरा बेच्ने लक्ष्य राखेको जनाएको छ ।


बुढिगंगा गाउँपालिका वाड नं.६ को कोयलपुरमा रहेको तबदार विराट एग्रिकल्चर एण्ड इन्भेस्मेन्ट कम्पनि प्रा लि ले बिगत पाँच बर्ष देखि लोकल कुखुरा , टर्कि कुखुरा , बाख्रा , बंगुर , हाँस र माछा पालन गर्दै आएको थियो । यस क्षेत्रका माछा पालक किसान ले सहज र शुलभ मुल्यमा स्वस्थ्य माछाका भुरा पाउन भन्ने उदेश्यले गत बर्ष देखि आफ्नै कम्पाउण्ड भित्र साना , ठुला गरेर अर्बौं माछाका भुरा उत्पादन क्षमता भएका ह्याचरी निर्माण गरि गत बर्ष देखिनै केहि संख्यामा माछा बिक्रि सुरु गरेको छ ।

 


कम्पनिका संचालक एवं प्रोपराइटर चुमनारायण तबदारले परिवर्तन खबर डट कम लाई दिनु भएको जानकारी अनुसार माछा र माछाका भुरालाई वाहाँ आफ्नै मिलबाट चारो उत्पादन गर्नुहुन्छ । वाहाँका अनुसार माछाका भुरा उतपादन गर्नका निम्ति कुनै लपनि जातको पोथि र भाले माछा दुई के जि भन्दा माथिको हुनुपर्छ । भुरा उत्पादन गर्ने माउ माछा दुई के जि भन्दा तल वजनको भयो भने त्यसको अण्डा बाट उत्पादित भुरा कमजो र हतपत नबढ्ने खालका हुन सक्छन । स्वस्थ्य र राम्रा भुरा उत्पादनका निम्ति दुई केजि भन्दा माथि तौल भएका माउ माछाहरु मात्र परिपक्क मानिन्छन । माछाको एउटा भुरा अण्डा उत्पादनका लागी बयस्कहुन एक देखि दुई बर्ष सम्म पोखरीमा पाल्नु पर्नेहुन्छ । कुनै पनि जातको एउटा बयस्क पोथि माछाले एक बर्षमा एक पटकमा दुई लाख सम्म अण्डा दिन्छ दुई लाख अण्डा लाई बिर्य सेचन गर्न दुई वटा बयस्क भाले चाहिन्छन भने एक पटकमा एक करोड भुरा उत्पादन गर्न कम्तिमा २५ वटा पोथि र ५० वटा बयस्क भाले माछा चाहिन्छ । संचालक तबदारका अनुसार हरेक बर्ष बाह्र करोड भुरा उत्पादन गर्न नौ सय वटा बयस्क भाले पोथि माछा हुर्काउनु पर्नेहुन्छ ।

 


भुराको उत्पादन दुई तरिकाले गरिन्छ एउटा प्राकृतिक र अर्को कृतिम तरिकाले । प्राकृतिक तरिकामा ह्याचरिमा माछाले आफै अण्डा दिन्छ भने कृतिममा प्राविधिकले अण्डा र बिर्य निकालेर ह्याचरिमा सेचन गराउछन । अण्डा सेचन भएको ७२ घण्टामा भुरा निस्कन्छन । भुरा निस्किए पछि छ दिन सम्म ह्याचरिमै खाएर बस्छन , छ दिन पछि पोखरीमा सारिन्छ र दुई हप्तामा आधा देखि एक इन्च लम्बाईका भुरा हुन्नछन र र्दुई हप्ताका भुरा एक रुपैया गोटा बेच्न थालिन्छ ।
आगामि दिनमा माछा पालक किसान लाई रहु , भ्याकुर , नैनि , ग्रासकार्फ , बिगहेड कार्फ , कमनकार्फ , र बाटा जातका माछाका भुरा उपलब्ध गराउन ठुला , मझौला र साना गरि तिन खाले हयाचरि निर्माण गनुृका साथै चौबिसै धण्टा पानी सप्लाईका लागी सवालाख लिटरको रजिर्बभायर बनाई हाल संचालनमा रहेको र आगामि दिनमा निरन्तर विधुत सप्लाईका लागी सोर्य प्यानल जडान गरि किसान ले मागेका बेला कुनै पनि समयमा भुरा उपलब्ध गरनउन सक्नेगरि करोडौंंको लगानिमा काम भई रहेको भन्दै यति ठुलो लगानिमा यो क्षेत्रमा यति ठुलो संख्यामा भुरा उत्पादन गर्न सक्ने यो एक मात्र कम्पनि भएको संचालक तबदार दाबि गर्नुहुन्छ । विराटनगर , चैत्र ६ गते करिब दश विगाह जग्गामा २३ वटा पोखरी निर्माण गरी गत साल देखि नै आफ्नै ह्याचरी बाट उत्पादन गरिएका बिभिन्न जातका माछाका भुरा बेच्न थालेको तबदार बिराट कमर्सियल एग्रिकल्चर एण्ड इन्भ्यारोमेनट कम्पनि प्रा लि ले आगामि २०७९ सालमा आफ्नै ह्याचरि बाट उत्पादन गरेका बाह्र करोड भुरा बेच्ने लक्ष्य राखेको जनाएको छ ।
बुढिगंगा गाउँपालिका वाड नं.६ को कोयलपुरमा रहेको तबदार विराट एग्रिकल्चर एण्ड इन्भेस्मेन्ट कम्पनि प्रा लि ले बिगत पाँच बर्ष देखि लोकल कुखुरा , टर्कि कुखुरा , बाख्रा , बंगुर , हाँस र माछा पालन गर्दै आएको थियो । यस क्षेत्रका माछा पालक किसान ले सहज र शुलभ मुल्यमा स्वस्थ्य माछाका भुरा पाउन भन्ने उदेश्यले गत बर्ष देखि आफ्नै कम्पाउण्ड भित्र साना , ठुला गरेर अर्बौं माछाका भुरा उत्पादन क्षमता भएका ह्याचरी निर्माण गरि गत बर्ष देखिनै केहि संख्यामा माछा बिक्रि सुरु गरेको छ ।
कम्पनिका संचालक एवं प्रोपराइटर चुमनारायण तबदारले परिवर्तन खबर डट कम लाई दिनु भएको जानकारी अनुसार माछा र माछाका भुरालाई वाहाँ आफ्नै मिलबाट चारो उत्पादन गर्नुहुन्छ । वाहाँका अनुसार माछाका भुरा उतपादन गर्नका निम्ति कुनै लपनि जातको पोथि र भाले माछा दुई के जि भन्दा माथिको हुनुपर्छ । भुरा उत्पादन गर्ने माउ माछा दुई के जि भन्दा तल वजनको भयो भने त्यसको अण्डा बाट उत्पादित भुरा कमजो र हतपत नबढ्ने खालका हुन सक्छन । स्वस्थ्य र राम्रा भुरा उत्पादनका निम्ति दुई केजि भन्दा माथि तौल भएका माउ माछाहरु मात्र परिपक्क मानिन्छन । माछाको एउटा भुरा अण्डा उत्पादनका लागी बयस्कहुन एक देखि दुई बर्ष सम्म पोखरीमा पाल्नु पर्नेहुन्छ । कुनै पनि जातको एउटा बयस्क पोथि माछाले एक बर्षमा एक पटकमा दुई लाख सम्म अण्डा दिन्छ दुई लाख अण्डा लाई बिर्य सेचन गर्न दुई वटा बयस्क भाले चाहिन्छन भने एक पटकमा एक करोड भुरा उत्पादन गर्न कम्तिमा २५ वटा पोथि र ५० वटा बयस्क भाले माछा चाहिन्छ । संचालक तबदारका अनुसार हरेक बर्ष बाह्र करोड भुरा उत्पादन गर्न नौ सय वटा बयस्क भाले पोथि माछा हुर्काउनु पर्नेहुन्छ ।
भुराको उत्पादन दुई तरिकाले गरिन्छ एउटा प्राकृतिक र अर्को कृतिम तरिकाले । प्राकृतिक तरिकामा ह्याचरिमा माछाले आफै अण्डा दिन्छ भने कृतिममा प्राविधिकले अण्डा र बिर्य निकालेर ह्याचरिमा सेचन गराउछन । अण्डा सेचन भएको ७२ घण्टामा भुरा निस्कन्छन । भुरा निस्किए पछि छ दिन सम्म ह्याचरिमै खाएर बस्छन , छ दिन पछि पोखरीमा सारिन्छ र दुई हप्तामा आधा देखि एक इन्च लम्बाईका भुरा हुन्नछन र र्दुई हप्ताका भुरा एक रुपैया गोटा बेच्न थालिन्छ ।
आगामि दिनमा माछा पालक किसान लाई रहु , भ्याकुर , नैनि , ग्रासकार्फ , बिगहेड कार्फ , कमनकार्फ , र बाटा जातका माछाका भुरा उपलब्ध गराउन ठुला , मझौला र साना गरि तिन खाले हयाचरि निर्माण गनुृका साथै चौबिसै धण्टा पानी सप्लाईका लागी सवालाख लिटरको रजिर्बभायर बनाई हाल संचालनमा रहेको र आगामि दिनमा निरन्तर विधुत सप्लाईका लागी सोर्य प्यानल जडान गरि किसान ले मागेका बेला कुनै पनि समयमा भुरा उपलब्ध गरनउन सक्नेगरि करोडौंंको लगानिमा काम भई रहेको भन्दै यति ठुलो लगानिमा यो क्षेत्रमा यति ठुलो संख्यामा भुरा उत्पादन गर्न सक्ने यो एक मात्र कम्पनि भएको संचालक तबदार दाबि गर्नुहुन्छ ।