बिराटनगर , चैत्र १८ गते , बिराटनगर ४ नं. वडाको सहयोग र सामथ्र्य समुहको आयोजनामा वाड का अपाड्डता भएका ब्यक्तिहरुको दुई दिने भ्रमण टोली लाई आज वडा सदस्यहरुले वडा कार्यालय अगाडी कंचनबारी बाट बिदाई गर्नु भयो ।
सामथ्र्य समुहका अध्यक्ष चेतनाथ पोख्रेल ले दिनुभएको जानकारी अनुसार धरानमा रहेको दृश्टि बिहिन हरुको सहकारी संस्था र दृश्टि बिहिन संस्था दुबैको अबलोकन सहित तरहरा, बेलबारी र सुन्दरहरैचाका बिभिन्न संस्थाको दुई दिन अबलोकन गरिनेछ ।
सामथ्र्यका कोषाध्यक्ष होमराज पराजुलीका अनुसार गत चैत्र १७ गते दहाल प्रष्ठिानको हलमा संस्थाको तर्फ बाट आयोजना गरिएको एक र्कायक्रममा अपाड्डता भएका तिस जना लाई सहयोग सामाग्री , खाध्यान्न , ट्वार्यलेट चेयर , डाइफर , ब्याबसायिक सामाग्री , सिलाई मेसिन लगायत षमता अभिबृद्घि का सामाग्री बाढिएको थियो ।
अबलोकन भ्रमणको बिदाईका अबसरमा सामुहिक तश्बिर खिचाउदै वडा नं.४का वडा सदस्य बलकराम राजबंशीले यस वडाका अपाड्डता भएका नागरिक लाई आफ्नो क्षमता अभिबृद्घि गर्न यो भ्रमणले सहयोग पुगोस भनेर वडाले भ्रमण लाई सहयोग गरेको बताउनु भयो ।