उर्लाबारी , माघ १५ गते , आगामि माघ २१ ग्ते देखि २९ गते सम्म चल्ने प्रादेशिक औधोगीक , ब्यापार , कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारीएको छ ।
उर्लाबारी उधोग बाणिज्य संघ मुख्य आयोजक रहेको र नेपाल उधोग बाणिज्य महासंघ , दमक नगरपालिका , पथरि सनिश्चरे नगरपालिका , रतुवामाइ नगरपालिका , मिक्लाजुङ गाउँपालिका सह आयोजक र उर्लाबारी नगरपालिका संरक्षक रहेको उर्लाबारी प्रादेशिक महोत्सव तैयारी हाल सम्म पचहत्तर प्रतिशत र स्टल बुकिङ पचहत्तरै प्रतिशत भैसकेको महोत्सव आयोजक समितिका संयोजक एवं उर्लाबारी उधोग बाणिज्य संघका पुर्व अध्यक्ष भरत भट्टराईले जनकारी दिनुभयो ।
दैनिक उपभोग्य वस्तु , कृषिजन्य बस्तुहरु , साना तथा घरेलु उत्पादनहरु , हस्तकलाका उत्पादनहरु , गार्मेन्टका उत्पादनहरु , फुटबेयर , अटोमोबायल्स , होटल तथा रेष्टुरेण्ट , शैक्षिक तथा वितिय संस्था , निर्माण सामाग्री , इलेट्रोनिक तथा इलेक्ट्रिक सामाग्री , फर्निचर तथा फर्निसिङ , जडिबुटि तथा औषधिजन्य बस्तुहरु , विभिन्न साँस्कृतिक एवं मौलिकता झल्किने बस्तुहरु गरि १५० स्टलहरु रहने यस महोत्सवमा २५ करोडको आर्थिक कारोबार हुने र २ लाख स्वदेशि तथा विदेशी अबलोकन कर्ताले महोत्सव अबलोकन गर्ने अनुमान गरिएको महोत्सवका सह संयोजक एवं उर्लाबारी उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष प्रितम खडगीले बताउनु भयो ।
आगामि माघ २१ ग्ते देखि २९ गते सम्म ९ दिन चल्ने उक्त महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकार हरुले दैनिक प्रश्तुति दिने साथै बाल उध्यान तथा मनोरन्जनात्मक खेल तमासा समेत रहने उक्त महोत्सवमा भारत बंगलादेश र पाकिस्तानको समेत सहभागीता हुने उर्लाबारी उधोग बाणिज्य संघका अध्यष्ष सेर बहादुर भण्डारीले बताउनुभयो ।
बिक्रि तथा प्रदर्शनिमा राखिने बस्तुको बिमा गरीने , महोत्सव स्थलमा २४ सै घण्टा सुरक्षाको ब्याबस्था गरिने , महोतसव स्थलमा इन्टरनेटको ब्याबस्था गरिने , बस तथा हवाइ सेवाका लागी टिकट बुकिङ काउन्टर राखिने , समुहका लागी स शुल्क प्याकेज टुरको ब्याबस्था गरिने , स्थानिय स्तरका पत्रपत्रिका हरुको दैनिक निशुल्क वितरण गरिने ,उत्कृष्ट स्टलहरु लाइ सम्मान तथा पुरस्कृत गरिने , उर्लाबारी उधोग बाणिज्य संघका महा सचिब हेम गुरुङले परविर्तन खबर लाइ बताउनु भयो ।