Pin It

 

विराटनगर ,  ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले विराटनगर भन्सार कार्यालयका एजेन्ट प्रविण जोशीलाई उत्कृष्ट भन्सार एजेन्ट घोषणा गर्दै सम्मान गरेको छ ।  विराटनगर भन्सार कार्यालयले विहिबार आयोजना गरेको कार्यक्रममा प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले जोशीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेश खत्री, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्यायले जोशीलाई बधाई ज्ञापन गरे ।

जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य हुन् । २०५७ सालदेखि विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टको रुपमा कार्यरत जोशी ४ पटक विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष भईसकेका छन् ।

जोशीले लामो समयसम्म विराटनगर भन्सार कार्यालयमा काम गर्दा जहिलेपनि उत्कृष्ट एजेन्ट कै काम गरिरहेका छनु । जोशीको कामको प्रशंसा गर्दै भन्सार विभागले सम्मान गरेको हो