बिराटनगर, कार्तीक १ , आगामि मंसिर १४ गते हुन गई रहेको उप चुनाबमा धरान उपमहानगर पालिका को रिक्त मेयर पदका लागी देशका दुई ठुलादल ने.क.पा. र नेपाली काँग्रेशले आंतरिक रुपमा मेयरपदका उमेदवार तयार गरिसके पनि औपचारिक घोषणा गर्न भने बाँकि छ ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेशले धरान उपमहानगर समितिका सभापति तिलक राई लाई सर्बसम्मत मेयरका उमेदवारका लागी सिफारिश गरिसकेको छ भने ने.क.पामा मेयरको दाबेदारी र झगडा हालसम्म जारी छ ।
ने.क.पा.सुत्रका अनुसार आगामि कार्तिक १० गते मात्र उपमहानगर समितिले उमेदवारको नाम टुङ्गो लगाउने छ । हाल लाई जिल्ला कमिटि सदस्य प्रकाश राई र प्रदेश कमिटि सदस्य विजय राई का बिचमा तिब्र प्रतिष्पर्दा देखिएको छ । प्रकाश राई ने.क.पा.का धरान क्षेत्रमा चिनिएका ब्यक्तित्व भएपनि उनि माधब नेपाल खेमाका भएकाले के.पि.ओलि समुहका तर्फ बाट विजय राईको सम्भावना पनि नकार्न नसकिने सुत्रको दावि छ ।
सुनसरीमा ओली खेमा भन्दा नेपाल खेमा दरिलो भएकाले प्रकाश राईको नब्बे प्रतिशत बलीयो सम्भावना रहेको सुत्र बताउ छ ।
ने.क.पा. दुई तिहाई बहुमतका साथ सत्तामा भए पनि पछिल्लो समयमा देशमा भएका विभिन्न काण्डै काण्डले गर्दा हाल सत्ता विरोधि जनलहरले गर्दा धरान सहित देशका धेरै ठाउमा यो पटक काँग्रेशको जित सुनिश्चित हुने निर्वाचन सर्वेक्षकहरुको अडकल छ ,भने दुई तिहाई बहुमतका साथ सत्तामा रहेको ने.क.पा. पनि आफ्नो साख बचाउन यो चुनाबमा सत्ता देखिकै जोडबल लगाउने तयारीमा जुटेको निर्वाचन विश्लेषक हरुको भनाई छ ।