Pin It

 

निर्माणाधीन एभरेस्ट भ्यू टप

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आफ्नो लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ । गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो सुरु गरेको गाउँपालिकाका अध्यक्ष मेजर राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरूको शीर्षकमा उल्लेख हुनेछ ।’

भित्री मधेसको जिल्ला भएर पनि उदयपुरको यो पालिकाबाट सर्वाेच्च शिखर सगरमाथासहित आधा दर्जनभन्दा बढी हिमालय शृङ्खलाहरू देख्न सकिन्छ । सगरमाथा देख्न सकिन्छ । सगरमाथा देख्न सकिने विन्दुलाई गाउँपालिकाले ‘एभरेस्ट भ्यू टप’ भनेर प्रवर्द्धन गर्दै आएको छ ।

यस्तो बन्ने , ‘एभरेस्ट भ्यू टप

टावर एकदमै आकर्षक बन्नेछ । टावरको उचाइ १२० फिट ३ इन्चको हुनेछ । टावरको टुप्पोमा ९ फिटको पहिलो कलरको आकर्षक चिण्डो रहनेछ भने टावरको वरिपरि चारधाम निर्माण गरेर लिम्चुङबुङलाई पर्यटन र धार्मिक हिसाबले केन्द्र बनाइनेछ ।

टावरको पहिलो तलामा १ हजार, ५ सय, ३ सय क्षमताको ३ वटा व्यावसायिक हलहरू रहने छन् । उक्त हलहरूमा सभा, सम्मेलन, सेमिनार, गोष्ठी र व्यावसायिक तालिमहरू सञ्चालनमा ल्याइनेछ । दोस्रो तलामा मिठामिठा परिकार सहितको होटेलहरू सञ्चालन हुनेछ ।

टावरको १०० फिट उचाइमा पर्यटकहरूको लागि लक्षित गरेर १५० जना जति अटाउने रेष्टुरेन्ट सञ्चालन हुनेछ । त्यही रेष्टुरेन्टबाट पर्यटकहरू सगरमाथा सहित ८ हजार भन्दा माथिका ६ वटा हिमालहरू, अति नै सुन्दर सूर्योदय र सूर्यास्त हेर्न सकिनेछ भने यसको साथसाथै पहाडका अनगन्ती सुन्दर थुम्काहरू र मधेसका फाँटहरूलाई एकैसाथ नियाल्न वाईनाकुलर समेत प्रयोगमा ल्याइनेछ ।

लिम्चुङबुङ सगरमाथाको दृश्यावलोकन गर्न, मदेशबाट गर्मी छल्न, लालीगुराँस, सूर्योदय, सूर्यास्त हेर्न, मगर, तामाङ, शेर्पा,किरात संस्कृति र खानपानको साथमा र त्रिधाम तपोभूमि हलेसीको दर्शन प्याकेजमा, सुनकोशीमा स्विमिङ, र्याफ्टिङ गर्न, सेताम्य बगरहरूमा खेल्न समेत लिम्चुङबुङ पर्यटकहरूको रोजाइमा पर्ने छ ।

टावर धमाधम निर्माण भइरहेको छ । निर्माणाधीन टावरको अवलोकनका लागि दैनिक थुप्रै पर्यटक पुग्न थालेका छन् ।

 तिम्बुङ पोखरी

 

प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साबिकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम चौडाइ रहेको छ । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन ।

सम्भवतः काेशी प्रदेशको सबैभन्दा सुन्दर र भर्जिन गन्तव्य हो, तिम्बुङ पोखरी । यो पोखरी धार्मिक र प्राकृतिक दुवै कोणमा महत्त्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो । यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी हिउँ पर्ने बेलामा हिउँले ढाकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ ।