Pin It


विराटनगर, मंसिर ३ गते, सिद्धार्थबाल क्लब तथा बुढीगंगा थुवा क्लबद्धारा प्रश्तुत जनचेतना मुलक छोटो चलचित्र मंगलीको आज एक समारोहका विच शुभ मुहुर्त तथा गीत विमोचन गरियो ।


अतिथिले भरि भराउ स्टेजमा मंगलीका निर्देशक राजदेव चौधरीले क्यामेरा रोल भन्ना साथ कंकलीनी श–सस्त्र प्रहरी गणका गणपती नेत्र व. कार्कीले एक्सन भन्ना साथ कालाकार मंगली बौलाहि जस्तो हाँस्दै र रुदै एक्कासी स्टेजमा निश्किएर चिच्याउँदै आफु वलाकृत भएकोले न्याय माग्न आएकी भन्दै सबै अतिथि तिर नमस्कार गर्दै थिइन कार्यक्रमकि प्रमुख अतिथि बुढिगंगा गाउँ पालीका की उपाध्यक्ष अमृता गच्छदारले नरिवलको दाना स्टेजमै फुटाएर चलचित्र मंगलीको शुभ मुहुर्त भएको घोषणा गर्नु भयो ।
सिद्धार्थ बाल क्लबका अध्यक्ष देवराज तामाङ्गको अध्यक्षतामा सुरु भएको गीत विमोचन तथा मंगलीको शुभ मुहुर्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गच्छदारले पानसभा बत्ति बालेर गर्नु भएको थियो भने सुटिङ्ग भइ सकेका चलचित्र मंगलीको मुख्य गीत “कौन गल्ती रहै भगवान” को कम्प्युटरको स्विच थिचेर गस्त प्रोजेक्टरबाट पर्दामा प्रदर्शन गर्दै प्रमुख अतिथि गच्छदारले विमोचन गर्नु भएको थियो ।
बुढिगंगा १ स्थित टंकिसिनवारीको जेसिज भवनमा आयोजित कार्यक्रमलाई, प्रमुख अतिथि अमृता गच्छदार, निर्काण सहयोगी निर्माण संयोजक जित नारायण थापा, प्राध्यपक कविराज न्यौपाने कंकालीनी गणका गणपती नेत्र व. कार्की, बुढीगंगा युवा क्लवका सचिव अनिश भट्टराई लगाएतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।