Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

बजेट शून्यतामा कोशी प्रदेश अध्यादेश ल्याउने बाटो खोलिदिन माग गर्दै सरकार सर्वोच्च जाने तयारीमा

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 27 August 2023
Hits: 46
कोशी प्रदेश सभा। फाइल तस्बिर।
कोशी प्रदेश सभा। फाइल तस्बिर।
 

निरन्तरको सत्ता दाउपेचले दलहरूबीच बढाएको बेमेलकै कारण आज (आइतबार) देखि कोशी प्रदेश बजेट शून्यतामा गएको छ।

एमाले नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आजदेखि सकिँदैछ। असार १४ मा संसदमा टेबल भएको अध्यादेश ६० दिनभित्र पारित या प्रतिस्थापन हुनुपर्ने थियो। तर, फरक गठबन्धन सत्तासीन रहेको र  संसद् अधिवेशन नै अन्त्य भएका कारण पारित हुने सम्भावना रहेन।

हालकै सरकारले पनि अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई काम चलाउ हैसियतमा खुम्च्याइदिएको छ। दीर्घकालीन महत्वका कुनै काम नगर्न सर्वोच्चले भनेपछि सरकारलाई अध्यादेशमार्फत् बजेट ल्याउने बाटो बन्द भएको छ। यसरी पुरानो अध्यादेश निष्क्रिय हुने र नयाँ ल्याउन पनि नपाउने अवस्थाले प्रदेशमा बजेट होलिडे निश्चित भएको हो।

Read more ...

Comment

ललितानिवासमा १८ अर्ब बिगो दाबी २९० जनाविरुद्ध मुद्दा दर्ता

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 27 August 2023
Hits: 41
 

१० भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए 

Read more ...

Comment

प्रधानमन्त्रीको प्रतिबद्धता तातोपानी नाका पूर्ण सञ्चालनको विषय उठाउने

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 26 August 2023
Hits: 53

सिन्धुपाल्चोक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्।

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर बालुवाटार पुगेको संघीय सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

तातोपानी नाका पूर्ण सञ्चालनको विषय उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता

 

तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवतजावत गर्ने सहमति भइसकेको जनाउँदै सो रुट प्रयोग गरी मानसरोवर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका थिए।

Read more ...

Comment

हङकङलाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 26 August 2023
Hits: 50

 

नेपालले चार देश सम्मिलित टी-२० सिरिज जितेको छ।

Read more ...

Comment

धरान घटनामा देउवाले भने : सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन्न

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 26 August 2023
Hits: 43

 

 

 

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन् ।

‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन’, देउवाले भनेका छन्, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको भन्दै देउवाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको बताए ।

 

Comment

  1. लेखा समितिको सभापतिमा एमालेले ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने
  2. बाह्य क्षेत्रको सुधार कायम राख्ने गरी मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक
  3. कांग्रेसले टुंग्यायो १० एजेण्डा केन्द्रीय समिति बैठक
  4. जबरजस्ती करणीको आरोपमा दाङमा युवक पक्राउ

Page 50 of 133

  • 45
  • 46
  • 47
  • 48
  • ...
  • 50
  • 51
  • 52
  • 53
  • 54

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.