पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो।

जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए।

बेपत्ता यात्रुको खोजी जारी रहेको उनले बताए।

Comment

 

११ असोज, काठमाडौं । सरकारले यसअघिको ऋण तालिका संशोधन गरेर पहिलो त्रैमासमै ठूलो मात्रामा आन्तरिक ऋण उठाउन लागेको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । तर, त्यसमा परिमार्जन गर्दै यो त्रैमासमै ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी सरकारले गरेको छ ।

Comment

प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे सदनलाई गराए जानकारी

 

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन्।

उनी राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाँदैछन्। अमेरिकाबाटै असोज ५ मा चीन भ्रमणमा जाने तालिका छ। प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभालाई असोज ४ गते सम्बोधन गर्ने छन्। उनले सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनीतिक उपलब्धबारे जानकारी गराउने बताए।

Comment

 

१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासाबाट छेन्दु जाँदै छन् । छेन्दुबाट उनी शनिबार स्वदेश फर्किनेछन् ।

Comment

टोखा-छहरे सुरुङमार्ग बनाउन चीन सकारात्मक, प्रधानमन्त्रीको भ्रमणमा एजेन्डा बन्ने

 

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन्।

लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा मन्त्री महतले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि एक अर्ब रुपैयाँ छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताएका हुन्।

Comment