यात्रा तथा यातायातको लागि बनाईएको सडकलाई सुरक्षित तरिकाबाट प्रयोग गर्नु पर्दछ । सडकमा कुनै पनि अवरोध खडा गर्नु हुँदैन । यो नै दुर्घटनाको कारण बन्न सक्छ । त्यसैले सडक तथा सडक पेटिमा अवरोध नगरौं ।
१. सडक चिन्ह नझिकौं, अन्य पर्चा टाँसेर चिन्ह नदेखिने नबनाऔं । सडक चिन्हले सडक सुरक्षित गर्दछ ।
२. घरको पानी तथा कुलो नहरको पानी सडकमा बग्न नदिऔं । डिजल तथा मोबिलहरु सडकमा नपोखौं ।
३. सडकमा फोहोर नफालौ. ।
४. निर्माण सामाग्रीहरु सडकमा नछाडौं÷नराखौं ।
५. सवारी आवागमनलाई बाधन÷खतरा पार्न सक्ने कुनै पनि चिजहरु सडकमा नराखौं ।
६. सडकमा बालिनालि नसुकाऔं, पशुपंक्षी छाडा नछाडौं ।
७. सडक वा पेटिमा बसेर सामान नबेचौं ।
८. सवारी मर्मत गर्न सवारी प्रयोग नगरौं ।
९. सडक÷पेटिमा बसेर घाम ताप्ने गफ गर्ने कार्य नगरौं ।
१०. सडकमा नखेलौं र बाल बच्चाहरुलाई पनि खेल्न नदिऔं ।
११. सडक पेटि भएको ठाउँबाट सडकमा नहिडौं, सडक पेटिको प्रयोग गरौं ।
१२. सडक आवागमनको लागि हो, यसको दुरुपयोग गरी क्षति पुप्याएमा तपाई हाम्रै कारणबाट जनधनको क्षति हुनसक्छ ।
१३. एक उत्तरदायि नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस् ।
                                                                   

 

                                                               जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ्ग

Comment

विराटनगर असार १८ गते, नागरिक श-सक्तिकरणका लागी जागरण अभियान नेपालले आज भ्रष्टाचार विरुद्ध पदयात्रा गर्दै चेतावनि सहित को ज्ञापन पत्र बुझाएकोे छ ।
अभियानले आज बिहान ११ बजे पदयात्रा गर्दै जिल्ला प्शासन कार्यालयमोरङ्ग पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत चेतावनी सहितको १४ बुँदे ज्ञापन पत्र पठाएको छ ।

Comment

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको अनुमानित बिनियोजन पेस गरेको छ ।

Comment

१५ असार, विराटनगर। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको  कार्यालयलाई  पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाएको हो ।

Comment

१० असार, विराटनगर । जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको छ ।

Comment