२१ फागुन, विराटनगर । नेकपा (एमाले) माेरङकाे नयाँ नेतृत्वका लागि भएको मतदानमा ८ सय ८८ मत खसेकाे छ ।

विराटनगरमा जारी १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि आज बिहानबाट मतदान सुरु भएको थियाे । मतदानका लागि ताेकिएकाे अवधिमा ८ सय ८८ मत खसेकाे मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए । २३ जना प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

Comment

 

 

 

 प्रश्तुत छ   परिवर्तन खबर अनलाइन पत्रिकाले बिराटनगरको बिकास  संग सम्बन्धित भएर बिराटनगर महानगर पालिका का मेयर नागेश कोईराला संग गरेको कुराकानीको सार संक्षेप ः

परिवर्तन खबर  तपाईं निर्वाचित भएर मेयर बन्नुभएको पनि झन््डै आधाभन्दा बढी समय भयो। मेयरको हैसियतले भन्नुपर्दा विराटनगरका समस्याहरु के के हुन् र तिनको समाधान कसरी गर्दै हुनुहुन्छ ? .

नागेश कोइराला  विराटनगर महानगर कोेशी प्रदेशको एक मात्र महानगरपालिका हो । प्रदेशको राजधानीसमेत रहेको यो महानगर नेपालको राजनीतिमा धेरै जना प्रधानमन्त्री जन्माउने राजनीतिक सहरका रूपमा पनि चिनिन्छ । म २०७९ को स्थानीय तह निर्वाचनमा  महानगरको प्रमुखमा निर्वाचित भएर आएको हुँ । म यस महानगरपालिकाको प्रमुखमा निर्वाचन भएर आएको पछिल्लो अढाई वर्षमा ३५ किलोमिटर सडक कालोपत्रे भएको छ । ४६ किलोमिटर सडकमा ग्राभेल र ४८ किलोमिटर नाला निर्माण भइसकेको छ । १८३ वटा कलभर्ट बने । ६४ किलोमिटर आरसिसी सडक ढलान र ९२ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको छ । वडा नं. १ मा बालउद्यानको निर्माण तीव्र गतिमा भइरहेको छ । विराटनगरको वीरेन्द्र सभागृहलाई जीर्णोद्वार गरिसकेका छौँ । वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि बिएफएम हुँदै केशलिया रोडसम्म नाला, कलभर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ ।

Comment

 

 
 

१६ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।

आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

Comment

 
 

१७ फागुन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई अभिभावकीय भूमिका दिएर नवीन समझदारी गर्न कांग्रेस र कम्युनिष्टलाई आग्रह गरेका छन् ।

पार्टीले शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शासन गर्ने नभई दलहरूलाई खराब र गलत काम गर्न नदिने भूमिकामा राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्थामा सहमति गनुपर्ने बताए ।

Comment

विराटनगर फाल्गुण ११ गते विराटनगर ११ स्थित जनपट टोलमा स्थापित गोल्डेन अस्पतालले आफ्नो स्थापनाको १४औं वार्षिक उत्सव बनाएको छ।

अस्पतालको सेमिनार कक्षमा बनाइएको १४औं वार्षिक उत्सवको अध्यक्षता अस्पतालकी सञ्चालिका आरती आनन्द रौनियारले गर्नुभएको थियो। समारोहलाई स्वागत मन्तव्य दिँदै अस्पतालले तयार पारेको प्रगतिपत्र पढेर अस्पतालका कार्यकारी प्रमुख अधिकृत ज्याउ लकले सुनाउनुभएको थियो ।

Comment