वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले पवित्र स्नान गरेका छन् । सोमबार भारत पुगेका उनले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रयागराजस्थित त्रिवेणी सङ्गममा आस्था व्यक्त गर्दै डुब्की लगाए ।

राजा वाङ्चुक र मुख्यमन्त्री आदित्यनाथ विशेष सुरक्षाका साथ लखनउबाट बमरौली विमानस्थल हुँदै महाकुम्भ क्षेत्र पुगेका थिए । सङ्गम स्नानपछि दुवैले गङ्गा पूजा पनि गरेका थिए । सो पश्चात् उनीहरू लेटे हनुमान मन्दिर र अक्षयवट मन्दिरमा समेत दर्शन गरेका थिए ।

Comment

 

त्रिभुवन विमानस्थलमा सञ्चालन अवधि थपिएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा घट्ने आशा

दैनिक १० घण्टा बन्द रहँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवारबाट दैनिक आठ घण्टा मात्रै बन्द रहँदा अन्तर्राष्ट्रिय उडानमा यसअघि महँगिएको टिकट मूल्य थप सस्तो हुने अधिकारी र व्यवसायीले  बताएका छन्।

विमानस्थलको धावनमार्ग विस्तारका कारण यसअघि बिहान ८ बजेबाट राती १० बजेसम्म मात्रै भइरहेका उडानहरू अब बिहान ७ बजे खुल्ने ११ बजे बन्द हुनेछ।

Comment

 
 

१७ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Comment

 

१६ माघ, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो 

Comment

 

             
 
 
काठमाडौं, माघ १३