१३ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् ।
आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
१३ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् ।
आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।
बालुवाटारमा बसेकाे आठ दलकाे बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले ८ दलबीच राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन।
१२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् ।
उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले शुक्रबार मेयर साहलाई पत्र बुझाएका छन् ।