विराटनगर  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो ।

Comment

 

 

२६ साउन, काठमाडौं । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

Comment

३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको छ ।

Comment

 

३१ असार, काठमाडौं गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए  परिमार्जन हुने बताएका छन्

Comment

१५ असार, झापा । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

यता जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

पानीको सतह घटेपछि गौरीगञ्ज–१ दास चौरीका १२ परिवार, भद्रपुर–८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार, बाह्रदशी–२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी–२ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज–१ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी–४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज–१ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।

यता रेडक्रस झापाले गौरीगञ्ज–१ का विस्थापत परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ ।

 

 

१५ असार, झापा । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comment