विराटनगर । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँणबीच आइतबार भेटवार्ता भएको छ ।
भेटमा संघीय संसदको चालु अधिवेशनमै नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
१ असार, विराटनगर । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो ।
१ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो ।
१ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ ।
गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४-५ अर्ब कम आकारको बजेट आउने दाबी गरे पनि चुनावलाई लक्षित गरी ४२ अर्ब बढीको बजेट आउन लागेको सरकारी स्रोतको दाबी छ ।