८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई दिएका छन् ।

कांग्रेस–एमाले गठबन्धन सरकार गठन हुँदा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो ।

कांग्रेसभित्र आन्तरिक भागबण्डामा स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहले पाएको थियो । तर भागबण्डामा असन्तुष्टि जनाउँदै कोइराला समूहले नाम नपठाएका कारण २८ भदौमा मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य मन्त्रालय खाली नै रह्यो ।

त्यतिबेला यो मन्त्रालय मुख्यमन्त्री कार्कीले आफूसँगै राखेका थिए । तर डेढ महिनासम्म कांग्रेसबाट कसैको नाम नआएपछि कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

Comment

 

 
 
 

६ कात्तिक, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका छन् । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार पुगेका छन् । सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने राप्रपा केन्द्रीय सदस्य रविकिरण हमालले जानकारी दिए ।

Comment

 

 एजेन्सी
 २०८१ कात्तिक ३ गते 
 
 

३ कात्तिक, काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो ।

प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए 

Comment

 

पक्राउ पर्नुअघि कार्यकर्तालाई सम्बोधन गर्दै रवि लामिछाने
तस्बिरको क्याप्शन,पक्राउ पर्नुअघि लामिछानेले कार्यकर्तालाई सम्बोधन गरेका थिए

कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरीले आजै काठमाण्डूस्थित रास्वपा पार्टी कार्यालयबाट उनलाई गिरफ्तार गरेको हो।

पक्राउ गर्न पार्टी कार्यालयमा पुगेका प्रहरीलाई गिरफ्तारी दिनुअघि उनले कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए।

'जसरी भए पनि जेलमा कोच्ने सम्झौता'

रवि लामिछाने पक्राउ पर्नुअघि रास्वपा कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति थियो
तस्बिरको क्याप्शन,रवि लामिछाने पक्राउ पर्नुअघि रास्वपा कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति थियो

उनले भने, "जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, 'रविलाई जसरी भए पनि जेल कोच्छौँ, तपाईँ चिन्ता नगर्नुस्' भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ।"

Comment

 
सायद २ जना मानिसहरू, मञ्च  र पाठ को फोटो हुनसक्छ
 
असोज २० गते । राजा ज्ञानेन्द्रको भूटान अधिराज्यको "निजी" भ्रमणलाई भूटान सरकारले अघोषित रूपमा "औपचारिक" भ्रमणको हैसियत प्रदान गऱ्यो !
तीनदिने ऐतिहासिक भ्रमण समाप्त गरी राजाको आज बिहान काठमाडौ फिर्ति सबारी भएको छ ।
भूटानले राजा ज्ञानेन्द्रलाई "राष्ट्रप्रमुख" कै रूपमा भव्य स्वागत तथा बिदाई गरेर नेपालको राजसंस्थालाई सम्मान र मान्यता दिइएको छ ।
श्री ५ ज्ञानेन्द्र, भूटान सरकारको आमन्त्रण र सौजन्यमा भूटान अधिराज्यको ध्वजाबाहक ड्रुक एयरमा पारो विमानस्थलमा असोज १६ गते अवतरण गरेपछि पारो अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा राजा ज्ञानेन्द्रलाई भूटानी राजकुमारीबाट हार्दिक स्वागत गरिएको थियो !

Comment