बिराटनगर, चैत्र २३ गते मुलुकमा आर्थिक मन्दीले हा–हाकार छाएको बेला राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने मुल नाराका साथ आज विराटनगरमा ट्रान्सपोर्ट एसोसियसनले आफ्नो चौंधौ साधारण सभा सम्पन्न गरेको छ ।

Comment

 

 

२४ चैत, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

Comment

 
 
 

२२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरु भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष सहित उनीहरुलाई प्रतिवादी बनाउने निर्णय गरेको हो ।

Comment

 

 
 
 
 
  • ब्रह्मदेव यादव, विराटनगर

सोमबार, चैत्र १९, २०८० 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संघीय सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कुर्सी जोगाउन भ्रष्टाचारीलाई छोडी रहेको आरोप लगाएका छन् । पार्टीले सोमबार विराटनगरमा आयोजना गरेको अवस्था बदलन, व्यवस्था बदलौँ, जनजागरण सभामा लिङदेनले भ्रष्ट्राचार सँग प्रधानमन्त्री प्रचण्डले सम्झौता गरेको किटानी आरोप लगाए ।

Comment

 
 

११ चैत, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।

बसन्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिन्छन् ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षि होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउँछन् । ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब’, उनले रासससँग भनेका छन्, ‘सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।’

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकिङ गरिरहेका छन् ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन र लोला हान्न पाइँदैन । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गर्ने प्रहरीले जनाएको छ ।

              

 

   

Comment