1647925930.jpg)
यही बैशाख १४ र १५ गते अर्थात शुक्रबार र शनिबार विराटनगरमा चौथो नेवाः महोत्सव एवं पर्यटन हाटको आयोजना हुन लागेको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः ले विराटनगर–१० स्थित बंगलामुखी मार्गको झी पुचः सेवा भवनको प्राङ्गणमा नेवाः महोत्सवको आयोजना गर्न लागेको हो ।
झी पुचः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको विशेषताको बारेमा जानकारी गराएको हो । दुई दिने महोत्सवमा नेवारी सहित विभिन्न जातीय परिकारका खानेकुरा स्टल मार्फत बिक्री हुनेछ । कोशी प्रदेशका नेवार संघ संस्थासँग आवद्ध १ सय भन्दा बढि नेवार अगुवाहरूको महोत्सवमा सहभागिता रहने छ ।
सुनसरी बराहक्षेत्रको महाकुम्भ मेलाको भोजन व्यवस्थापनका लागि विराटनगरका १५ जना उद्योगी एवं समाजसेवीहरूले जनही एक लाख एघार हजार रुपैयाँ सहयोग गरेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको वडा नं. १ स्थित चतरामा आयोजना गरिएको १२ वर्षे महाकुम्भ मेलालाई भव्य रुपमा सम्पन्न गर्न विराटनगरका १५ जना उद्योगी एवं समाजसेवीले जनही एक लाख ११ हजार रुपैयाँका दरले सहयोग गरेको हो । मोरङ व्यापार संघका पूर्व अध्यक्ष उद्योगी एवं समाजसेवी सुरेशकुमार शर्माको संयोजकमा कुम्भ मेला आयोजक समितिले भोजन व्यवस्थापन समिति गठन गरेका छन् ।